सिलगढ़ीमा फूलपाती, दशैंको सेरोफेरो

  • 2026-05-11 18:10:25

 

सिलगढ़ी अहिलेघरि गोर्खा बहुल क्षेत्रमा विस्तारै परिणत हुँदै गइरहेको छ। पहिले आजभन्दा 60,70 वर्ष अघि पनि गोर्खा वहुल क्षेत्र थियो अनि विस्तारै अहिले पनि यो गोर्खा बहुल क्षेत्रमा परिणत हुँदै गइरहेको प्रत्यक्ष देख्न पाइरहेका छौं। भारतको प्रत्येक जग्गाका मानिसहरूको जम्का भेट यस सिलगढ़ीमा हुनेगर्छ अनि बसोबास पनि रहेको छ त्यसरी यहाँ प्रत्येक साहित्यिक कार्यक्रम, संस्कृतिक कार्यक्रम, चाड़पर्वहरू सिलगढ़ीको प्रत्येक जग्गामा हुनेगर्छ। त्यसरी नै भानु जयन्ती, देवकोटा जयन्ती, गिरी जयन्ती, शहीद मेजर दुर्गामल्लप्रति श्रद्धाञ्जली कार्यक्रमहरू लगायत सिलगढ़ीमा सबैको मनमा बसेको फूलपाती शोभायात्राले प्रत्येक जातिले पनि यस दिनलाई महत्व दिएको छ। 40 वर्षदेखि दुर्गागढ़ी दुर्गा जनकल्याण संगठनले शुरू गरेको यस फूलपाती शोभायात्रालाई अहिले भानुभक्त समितिले यसवर्ष 2020 मा 29औं सिलगढ़ी फूलपाती शोभायात्रा निकालेको थियो। प्रत्येक वर्ष वृहत शोभायात्रा निकालिने गरेको तर यस वर्ष कोरोना माहामारीले गर्दा त्यति वृहत हुनसकेन। शोभायात्रामा मुख्य अतिथिको रूपमा पश्चिम  बङ्गाल सरकारका पर्यटनमन्त्री गौतम देव उपस्थित रहेका थिए भने भानुभक्त समितिका सचिव कृष्ण लामा, देवकोटा सङ्‌घका अध्यक्ष एवं आयकर विभागका उपआयुक्त श्रीमान मिलन रूचाल उपाध्यक्ष श्री दिपक न्यौपाने, अरूण रूचाल लगायत भानुभक्त समिति, देवकोटा संघ, दुर्गा जनकल्याण संगठन लगायत विभिन्न संघ संस्थाका सदस्य/सदस्याहरूको उपस्थिति रहेको थियो। फूलपाती शोभायात्रा समितिका अध्यक्ष गोपाल लामा, उपाध्यक्ष अभय खालिङ, महासचिव बी.एल. सुब्बा लगायत समाजसेवीहरूमा क्रमैले राजेन सुन्दास, दिनेश छेत्री, सञ्जीव छेत्री, राम छेत्री, मनोज साह लगायत सम्पूर्ण सामाजिक, संस्कृतिप्रेमीहरूको उपस्थिति रहेको थियो। त्यसरी नै भानुभक्त समितिको आयोजनामा सिलगढ़ी देवकोटा संघमा 21 अक्टोबरको दिन सिलगढ़ीको विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले रक्तदान शिविरको आयोजनामा देवकोटा संघ अनि ‘लायन्स इन्टरनेशनल’-को विशेष सहयोगमा यो रक्तदान शिविरको आयोजना गरिएकोमा भानुभक्त समितिका सचिव कृष्ण लामाले सबैलाई धन्यवाद दिएका थिए। त्यसरी नै मिलनमोड़ त्रिवेणी संघको आयोजना प्रत्येक वर्ष नवरथा देवी पाठ साथै सांस्कृतिक कार्यक्रम लगायत हाम्रा संघका सहयोगीहरूलाई सम्मान गर्ने कार्यक्रम यस वर्ष पनि भयो यस कार्यक्रममा सबैको सहयोगले नवरथा देवी पाठ सम्पन्न भएको अनि संघको भवन निर्माणमा सहयोग पुऱ्याउनु हुने सबैलाई सम्मान कार्यक्रम 22 अक्टोबरको दिन संघको भवनमा सम्पन्न भयो। 

यस कार्यक्रम सञ्चालन संघका प्रमुख सल्लाहकार श्री दिपक न्यौपानेज्यूले गरेका थिए भने स्वागतमा संघका सचिव जीवन भूजेलज्यूले गरेको थिए। यस कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद शर्माले सबैलाई धन्यवाद दिँदै यस वर्षको कार्यक्रम सम्पन्न गरेका थिए। त्यसरी नै सिलगढ़ीका विभिन्न जग्गामा यस ‘कोविड 19’-को माहामारीमा पनि सामाजिक दुरी, ‘मास्क’, ‘सेनिटाइडर’-को व्यवहार गर्दै यस वर्षको दुर्गा पूजा, फूलपाती सम्पन्न भयो।

अन्य लेखहरू