हाम्रो चियाबारीको कुरा गर्दा

  • 2026-05-09 20:44:07

डा. खेमराज शर्मा, कदमतला,सिलगढ़ी

भूमिका

सन्‌ 1970 पछि हाम्रो चियाबारीको विस्तारितकाल प्रारम्भ भयो। वर्तमान लेखमा म हाम्रो चियाबारीको विस्तारितकाल र संकटकालको एउटा शोधवर्धक कथा-व्यथाहरूको विश्लेषण गर्न गइरहेछु। यस अघिको अंकमा मैले प्रारम्भिककालको शोधवर्धक विवरण प्रस्तुत गरे। 

हाम्रो चियाबारीको विस्तारितकाल (1870-1990) र संकटकाल (1991 यता)

सन्‌ 1870 सालपछि हाम्रो पहाड़की रानीको चियाबारीमा निम्नलिखित परिवर्तन ती साम्राज्यवादी अंग्रेज मालिकहरूले गरे। 

श्रमिक वर्गीकरण : त्यसबेला हाम्रो चियाबारी श्रमिकलाई अति मैलो भाषामा अंग्रेज मालिकले ‘‘लुटी ल्यायो भुटी खायो’’ भन्ने उखानको झटारो हान्थे। चियाबारीमा कुल्ली वर्गीकरण यसरी गरे : (क) मरद (ख) औरत (ग) छोकड़ा/छोकड़ी र (घ) लोकड़ा/लोकड़ी सामाजिक दर्पणछाँयामा मरदको प्रतिष्ठा औरतको भन्दा उच्च स्तरीय मानिन्थ्यो भने औरत र छोकड़ा/छोकड़ी साथै लोकड़ा/लोकड़ीको स्तरमा आकाश-पातालको अन्तरता पाइन्थ्यो। त्यस बखत, एउटा जात धुराको कुल्ली अर्को जात धुरामा जान पाइन्दैन थियो। लोेकड़ा/लोकड़ीलाई कमानको कोठीमा कामगर्न लगाइन्थ्यो र लोकड़ालाई कोठीमा निम्न दर्जाको काम गराइन्थ्यो जस्तै साहेबको जुत्ता पालीस गर्नु, साहेबलाई मालीस गर्नु, बेलुकी साहेबलाई रक्सी खुवाउनु इत्यादि इत्यादि। लोकड़ीले चाहिँ कोठीभित्र सिंगरा-पटार गर्नु, साहेबलाई मनोरञ्जन गर्नु आदि थियो। यस्ता धेरै लोकड़ीबाट प्रर्याप्त अपसश्रे-छशरिश्रळ/ॠेीज्ञहर सन्तानहरूको जन्म पनि भयो र साहेबको कमानमा कार्य मियाद समान्त भएपछि नजिकको बजारतिर एउटा काठको घर बनाइ दिइकन ती अपसश्रे-छशरिश्रळ/ॠेीज्ञहर सन्तानलाई थुपारी आफ्नो स्वदेशतिर सुईकुच्चा ठोक्थे। सरदारहरूले नियुक्त गरेको बेला दिएको वचन अनुरूप श्रमिकले औंल र लेखतिर खेती गर्नु, गाई-वस्तु पाल्नु चाहिँ स्यालको सिङको कथा झैं भयो। यस विस्तारित कालमा यो कहिले पनि भएन। यो कालको (विशेष सन्‌ 1870 देखि सन्‌ 1930 सम्म) अंग्रेज साहेबहरूले कमानमा निम्नलिखित परिवर्तन ल्याए आफ्नो कमान राज (झङअछढजउठअउध) स्थापन गर्न हेतु :

(क) कमानलाई बाहिरी जगतसँग सम्पूर्ण रूपले अलग्गै राख्नु, (ख) कुल्लीका परिवारको सबै सदस्यलाई काम दिनु, (ग) श्रमिकलाई कम्ती रोज (हाजीरा) दिनु मरदलाई 4 आना, औरतलाई 3 आना, छोकड़ा/छोकड़ीलाई 2 आना र लोकड़ा/लोकड़ीलाई 6 पैसा, (घ) प्रारम्भिक कालमा जस्तो जो पायो त्यसलाई काम दिने प्रथा बन्द भयो केवल सरदारले ल्याएको मान्छेले मात्र काम गर्न पाउने भए। यो सरदारी प्रथा वंश परम्परागत भयो, (ङ) साहेबको कमान राज स्थापना गर्नु थियो जसमा सरकारको कुनै नियम-कानुन कमानमा नचल्ने बनाउनु थियो अनि त्यसै भयो कारण सरकारी अधिकारीहरू सबै अंग्रेज थिए भने सरकारले चियाबारीबाट भक्कुचुर कर पाउँथ्यो। यस युगमा, चिया उद्योगलाई साहेब-सरदारी उद्योग पनि भनिन्थ्यो। यी सरदार र साहेबहरू कुल्लीका ‘माई-बाप’ मानिन्थे। कसको काम गर्छौ भनेर कुल्लीलाई सोद्धा फलानो सरदारको भन्थे। पूजा-आजा, मरौ-परौ, विवाह इत्यादि गर्दा साहेब र सरदारलाई सोध्नु पर्ने अनिवार्य रहन्थ्यो। साहेब आउँदा श्रमिकहरूले बाटोको आँलिमा उभिएर, घोप्टो मुन्टो लाएर, दुइ हात जोड़ेर जदौं जदौ भन्नु पर्ऱ्यो। यहि विस्तारित कालको प्रथम प्रहरले (1870-1930) नै दार्जिलिङको कालो-कलुसित चियाबारी समाज शास्त्रको इतिहास लेख्यो जो अहिले पनि अप्रत्यक्ष रूपमा यथावत छ। अंग्रेजकालमा कुल्ली शोषण पद्धति प्रत्यक्ष रूपमा थियो तर सन्‌्‌ 1931 पछि भने यो शोषण पद्धति अप्रत्यक्ष रूपमा प्रारम्भ भयो। कारण सन्‌ 1931 सालमा रोयल कमीसन अन लेबर र सन्‌ 1944 सालमा लेबर इन्क्वाईरी कमिसन भारतमा बस्यो जसले धेरै श्रमिक अधिकार र कल्याणकारी प्रावधानहरू बनाइ राख्यो। तर यी कमिसनहरू आउनुको पछि पनि अंग्रेज साम्राज्यवादीहरूको भित्रिय सकुनीचाल के थियो भने भारतमा स्वतन्त्रता आन्दोलन चड़किन्दै थियो र त्यस्ता प्रावधानहरू बनाई दिँदा कतै श्रमिकहरू अंग्रेज सरकारको पक्षमा उभिन्छन्‌ कि भन्ने थियो। अर्को कुरो, दार्जिलिङमा सन्‌ 1930 सालमा महात्मा गान्धीको भ्रमणले श्रमिकहरूलाई पनि ती अंग्रेज चियाबारी मालिकहरू प्रति औधी घृणा लाग्न थाल्यो। अर्कोतिर, कमानको संख्या बढ़ेर सन्‌ 1916 तिरै प्रायः प्रायः 156 वटा पुगेको थियो। विश्वमा दार्जिलिङे जीींहेवेी चियाले अजम्बरी छाप छोड्‌यो। हाम्रो चियाले अंग्रेज साम्राज्यवादलाइ सम्पूर्ण विश्वमा सुनमा सुगन्ध थपे झै पाऱ्यो। 

प्रसंगवश, ती लेबर प्रावधानहरू अनुरूप सन्‌ 1931 सालपछि भने कमानमा निम्न माद्यमिक पाठशालाहरू खोलियो, खेलकुद मैदन बनिए, मेलाको आयोजन गरियो, गुन्द्रीबजारमा श्रमिकलाई हाट गर्न जानु दिन थालियो, सामाजिक, सांस्कृतिक कार्यक्रमको आरम्भ भयो, सुनको औंठी प्रतियोगिता (दशैंको बेलामा) आदि चियाबारी व्यवस्थापकहरूले गर्न थाले। तर श्रमिकहरूको हाजीरा (रोज) मा कुनै बड़ोत्तरी भएन र रोजदार सन्‌ 1047 सम्मै एउटै रह्यौ। यही हाजीरा मुद्दा दार्जीलिङ चियाबारी श्रमसंघहरूको आन्दोलनको विषय भयो सदैवको लागि। यही हाजीरा मुद्दा लिएर श्रमसंघ आन्दोलन गर्दा सन्‌ 1955 सालमा मार्गरेट होप चियाबारीमा पुलिसको गोलीले 7 जना श्रमिकको मृत्यु भयो। स्वतन्त्रता संग्राममा चियाबारी व्यवस्थापकवर्गले कुल्लीलाई भाग लिन लाए ताकि कुल्लीहरूमा उद्योगमुखी एकता आउन नसकोस्‌। यसैले गर्दा सन्‌ 1946 सालको चुनावमा कम्युनिष्ट पार्टीबाट चियाबारी कुल्लीको उम्मेद्‌वार श्री रतनलाल ब्राह्मण (महिला बाजे) भोट जितेर बंगालको विधानसभामा गए। त्यो भन्दा अघि सन्‌ 1943 सालमै चियाबारी मजदुर युनियनको (सीपीआई) स्थापना चियाबारीमा भइसकेको थियो। 

हट्टा बाहिर प्रथा

सन्‌ 1930 पछि कमानमा बड्‌दो जनसंख्यामाथि प्रतिबन्ध लाउनेहेतु यो प्रथा शुरू गरिएको थियो। कारण गोर्खाहरू सन्तानले डाँड़ा-काँड़ा ढाकोस्‌ भन्ने उखानमा साथै आशीर्वाद (दशैंमा दिइने आशिष) लाई शिरोपर गर्ने परम्परा थियो। व्यवस्थापकवर्गले श्रमिकहरूलाई हट्टा बाहिर गर्दा अअरू निम्नलिखित कारणहरू तेर्साउथे। 

(क) कसैले पनि कमानको श्रमिक अधिकार खोजेमा, (ख) कसैले श्रमिक संगठन बनाउन खोजेमा (सन्‌ 1926 को श्रमसंघ अधिनियम अनुसार) (ग) उद्योगको आय-व्ययको व्योरा कसैले खोजेमा इत्यादि। त्यसबेला, कमानमा विभिन्न जातका विभिन्न बोल्ने भाषा अथवा ‘जात बोेली’ थियो जसले गर्दा श्रमिकमा एकता आएन। तरै पनि यानकान प्रकारण, सन्‌ 1926 पछि भने श्रमिक नेताहरूको (रतनलाल, ब्राह्मण, बी.बी. छेत्री, बी.बी. हमाल, जे.एल. सुब्बा, सुशील च्याटर्जी आदि) गोपनीय चाल र पदक्षेपमा उनिहरूको नवनिर्मित श्रमिक संघद्वारा सबै चियाबारी श्रमिकहरूलाई एकताको सूत्रमा बाँध्न सफल भए। सन्‌ 1932 अघि कुनै कुल्ली पनि कमानबाट बाहिर जान पाउँदैनन्‌ थिए। प्रत्येक कमानमा छेीींह इशपसरश्र र्चेीपींशव ठळषश्रशी- राखिएको थियो र यो  र्चेीपींशव ठळषश्रशी 14 अगस्त 1947 मा बन्द गरियो। त्यसबेला कमानमै साप्ताहिक हाट लाग्थ्यो र त्यो हाटमा शहरबाट पसलेहरू आउँथे तर त्यही बेलुकी 5 बजे उसो ती पसलेहरूले कमान छोड्‌नु पर्थ्यो।

सन्‌ 1940 पछि शिक्षाको प्रभावले गर्दा शिक्षित युवाहरू कमानबाट बाहिरिन थाले। यहाँ हाम्रा कमानबाट बाहिरीएको शिक्षित युवाहरूमध्ये धेरै संगीतकार, गायक, खेलाड़ीहरू, भाषाविद्‌, साहित्यिक स्रष्टाहरू, चलचित्र जगतमा नाम कमाउनेहरू, चियाबारी साहित्यिकहरू, सरकारी कार्यालयतिर अधिकारी, कर्मचारी इत्यादि भएर दार्जीलिङको गोर्खे सन्तानको झर्रो परिचय सम्पूर्ण विश्वलाई दिए। चियाबारीले गर्दा नै हाम्रो पहाड़मा रेल उद्योग बनियो, पर्यटक र व्यपारीहरू अधिक संख्यामा आउन थाले। पहाड़मा शहरहरू बनिए, शिक्षा संस्थानहरू बनिए। अपितु, कमानका कुल्लीको जीवनशैली र सामाजिक गुणस्थरमा चाहिँ उति परिवर्त्तन आएन न उन्नती नै भयो। कमानका युवा पुरुषहरूलाई पल्टन जान व्यवस्थापकहरूले सदैव उत्साहित गर्थे जसले गर्दा चियाबारीमा एउटा छुट्टै पलटने संस्कार स्थापित भयो। यो संस्कार आज पनि छ कारण अधिकत्तर कमानका पुरुषहरू पल्टननै जान्छन्‌। यसो गर्दा कमानमा महिलाहरू नै अधिक संस्यामा कार्यरत छन्‌ र आज तेस्रो चरणको भूमण्डलीकरण कालमा यो प्रथा अरू बढ़ेर गएको छ (85% महिला श्रमिक कमानमा छन्‌) र भोलि महिला चियाबारी श्रमिकको संख्या अरू गाँजीने छाँटकाट देखिन्छ। श्रमसंघहरू बढ्‌दै गयो। सन्‌ 1952 सालमा दार्जिलिङ जिल्ला चियाबारी श्रमिक संघ(गोर्खालीग), सन्‌ 1970 मा एनयुपीडब्ल्यू (कांग्रेस) बनियो भने हिमालयन प्लानटेसन वर्कस युनियन (जीएनएलएफ) सन्‌ 1989 मा जन्मियो। त्यसरी नै सन्‌ 1992 सालमा सीपीआरएम को नेतृत्वमा दार्जिलिङ, डुवर्स, तराई चियाबारी मजदुर युनियन र दार्जिलिङ चियाबारी श्रमिक संघ (गोजमुमो-2008) को जन्म भयो भने सन्‌ 2012 मा तृणमूल कंग्रेस चियाबारी श्रमसंघको पनि जन्म भयो। यो दोस्रो प्रहरको चियाबारी विस्तारितकालमा कमसेकम 44 वटा श्रम अधिनियमहरू बनिए तर यी अधिनियमहरू मध्ये चियाबारी श्रम अधिनियम, 1951 मात्र चियाबारीको काममा आयो। यसै कालमा दुइ पक्षीय, त्रिपक्षीय संस्थाहरू चियाबारीका निमित्त बनिए। श्रम मन्त्रालय, टी बोर्ड अफ इण्डिया, न्यूनतम रोजगार बोर्ड आदि सरकारी संस्थानहरू पनि बनिए। तर यी सबै संस्थान र संघहरू धेरै बिराली मुसा नमारी सरह भयो। चियाबारी सबै नै स्वदेशी व्यपारीहरूको हातमा गयो। यी उपनिवेशवादी व्यापारीहरूको हातमा दार्जिलिङे चियाबारी जाँदा चियामा धाँधली, चियामा मिलावट, चियाबारी बन्द र विमारी इत्यादिले। साथसाथै नेपाल र श्रीलंकाले दार्जिलिङे चिया बनाउँदा दार्जिलिङे चियाबारी मरण शैय्य अवस्था पुगेको छ। अर्को पटि विदेशी ग्राहकहरूले दार्जिलिङ चिया लिएर अनेक थरीका घोचो थाप्ने प्रक्रिया शुरू भयो साथै विश्वमा चिया बनाउने (ेीींहेवेु) राष्ट्रहरू बड़ेर 40 वटा भयो। त्यसले गर्दा हुदी चिया बजारमा प्रतिस्पर्धा बड़ेर गयो र अहिले तेस्रो चरणको उदारीकरण, निजीकरण र भूमण्डलीकरण नीतिले अनि नयाँ श्रमिक नियमवालीले गर्दा 44 वटश्रम अधिनियमहरू मात्र 4 वटा नियमवालीमा एकीकरण भर्खरै सरकारले गऱ्यो। हाम्रो चियाबारी श्रमिकहरूको अवस्था-व्यव्सथा सोचनीय भएर जाँदैछ। यी अवस्था-व्यवस्था विपरित हाम्रा श्रमिकले उज्वल भविष्यको कामना गर्नु अँध्यारोमा झटारो हान्नु सरह होला कि? अ सरकारको साँचो पदक्षेप चियाबारीमा रहे कुरो अर्को हुनेछ। चियाबारी लिज मियाद प्रथा र नियममा परिवर्त्तन आवश्यक देखिन्छ। यसैले, मैले यो सन्‌ 1991 यताको चियाबारी काललाई संकटकाल भन्ने गरेको छु।

उपसंहार

यो संकटकालबाट मुक्ति पाउनु र दार्जिलिङे चियाबारीलाई साँच्चै बचाउनु हो भने चियाका सरोकारहरूको (डीं हेश्रवशीी) सोचमा भारी परिवर्त्तन आउन अति आवश्यक देखिन्छ। मालिकवर्गको ‘चट मंगनी पट्‌ विवाह

नीतिमा दुरदर्शिता आउन जरूरी छ साथै सरकारले पनि आफ्नो नाकमा तेल हालेर मस्त सुत्ने बानी छोड्‌नु अति आवश्यक छ, मनग्गे कर पाउँछौ चियाबारीबाट भन्ने सोच पनि सरकारले त्याग्नु पर्छ, दार्जिलिङे चियाबारीलाइ विश्व धरोहर सूचीमा अन्तर्भुक्त गर्नु पनि अति आवश्यक छ। यी कुराहरू गरेमा हाम्रो चियाबारी निश्चय  बाँच्नेछ कारण हाम्रो चियाबारी बासबारी बाँझो छैन, 200 सालको दक्षता प्राप्ति हाम्रो गोर्खे श्रमिक छन्‌ जलवायु त्यही हो जो अघि थियो, संस्कार-संस्कृति पनि उहि हो जो पहिली थियो। हाम्रो चियाबारी बाँचे मात्र बंगालको ‘‘आमारा सोना बाङ्‌ला’’ बाँच्छ, पर्यटन बाँच्छ अनि चियाका सरोकारहरू पनि बाँच्छन्‌। नत्रता भोलिको दिनमा हाम्रो चियाबारी थियो अरे भन्ने दन्तेकथा मात्र हुनेछ।

अन्य लेखहरू