प्रोडक्ट मैनेजमेन्ट

  • 2026-05-18 02:01:39

रोहित शर्मा, 

एमएससी (गणित), वी.एड, सिलगढ़ी

आजको अत्याधुनिक समयमा करियरको नयाँ-नयाँ विकल्पहरू हाम्रो अघि आएको छ। यस्तै एउटा नयाँ विकल्प हो प्रोडक्ट मेनेजमेन्ट। हिजआज कुनै पनि बिजनेसको सफलतामा प्रोडक्ट इनोवेश अनि ग्राहकको अनुभवको धेरै महत्व हुनेगर्छ। यसैले नामी-दामी कम्पनीहरूमा प्रोडक्ट मेनेजर्सको माग बढ़ेर गएको छ। एउटा नयाँ सर्वे अनुसार हाम्रो देशमा हजारौं प्रोडक्ट मेनेजर्सको आवश्यकता रहेको थाहा लागेको छ। विशेष गरेर आइटी इण्डस्ट्रीमा यसको अधिक माग रहेको पाइन्छ। नैस्मकको सर्वे अनुसार वर्तमानमा हाम्रो देशमा 3100 भन्दा धेर टेक स्टार्टअटस उपलब्ध छ जो केही वर्ष भित्रै बढ़ेर 11500 पुग्ने सम्भावाना छ। गत 5 वर्षदेखि प्रोडक्ट मैनेजर्सको माग बढ़ेर गएको छ। आउने दिनहरूमा आइटी, आइटीइएस, ई-कमर्स, रिटेल, कन्ज्युमर गुड्‌स, हेल्थकेयर जस्ता क्षेत्रहरूमा यसको माग बढ़ेर जानेछ। 

नौकरी डट कम, शाइन, इंडीड, लिंक्डइन, मोन्स्टर, उलासडोर जस्ता जब पोर्टल्सहरूमा हेर्दा प्रोडक्ट मेनेजमेन्ट गर्नेहरूको निम्ति प्रायप्त अवसर देखिन्छ। यो प्रोडक्ट मेनेजमेन्ट के हो त? जानकारहरूको भनाइअनुसार प्रोडक्ट मेनेजमेन्ट अन्तर्गत कुनै पनि नयाँ आइडियालाई प्रोडक्टमा परिवर्तन गर्न, सम्पूर्ण रोडमैप तयार गर्न सिकाइन्छ। 

हाम्रो देशको कुरा गर्दा केहि वर्ष पहिलासम्म प्रोडक्ट डेवलपमेन्ट, मेनेजमेन्ट अनि मार्केटिङ्गको संस्कृति नै थिएन तर जोहो, इनमोबी, फ्रेशडेस्क, जौमेट्री, फिल्पकार्ट, मेक माई ट्रिप जस्ता प्रोडक्ट इनोवेशन स्टार्टअप्स आइसकेपछि यस क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएको छ। विशेषज्ञ अनुसार जुन कम्पनीहरूमा स्ट्रांन्ग प्रोडक्ट मेनेजर्सको टीम हुन्छ, त्यो कम्पनीले नयाँ बिजनेस मोडल क्रिएट गर्न साथै टेक्नोलोजी इनोवेशनलाई प्रोत्साहित गर्ने गर्छ। 

प्रोडक्ट मेनेजर्सको जिम्मेवारी :- प्रोडक्ट मेनेजर कुनै पनि प्रोडक्टको सीइओ जस्तो हुन्छन्‌। उसले प्रोडक्टसँग सम्बन्धित सबै फैसलाहरू लिनेगर्छ। अर्थात्‌ प्लानिङ्ग, रणनीति, डिजाइनिङ गर्नदेखि लिएर, सेल्स, मार्केटिङ्ग, अपरेशन, फाइनेन्स, कस्टमर सक्सेस, प्रोडक्टको डेलिवरीको सम्पूर्ण जिम्मेवारी उसको हुन्छ। यस क्षेत्रमा सर्वश्रेष्ट प्रोडक्ट मेनेजर्स उसैलाई मानिन्छ जसले टेक्नोलोजीको प्रयोग एवं प्रभावलाई राम्रोसँगले बुझ्छ। 

बेसिक स्किल्स : एकजना प्रोडक्ट मेनेजरको धेर समय स्ट्रोटेजी बनाउन एवं आँकलन गर्न बित्ने गर्छ। यसभित्र उसले ग्राहकको प्रोडक्ट सम्बन्धि फिडवैक बुझ्ने कोशिष गर्छ एवं त्यसै अनुरूप प्रोडक्टलाई उत्कृष्ट बनाउन कोशिष गर्छ। 

जानकार व्यक्तिहरू अनुसार कुनै पनि स्ट्रीमका युवाले प्रोडक्ट मेनेजरको रूपमा आफ्नो करियर बनाउन सक्छन्‌। तर टेक्नोलोजी सहित एम.बी.ए. वा प्रोडक्ट मेनेजमेन्टको स्पेशलाइज्ट डिग्री भए झन्‌ आफूलाई स्थापित गर्न सजिलो हुन्छ। आज देशको धेरै संस्थानहरूमा एम.बी.ए. बाहेक प्रोडक्ट मेनेजमेन्ट सम्बन्धित कोर्स शुरू गरेको छ। भर्खरै आइ. आइ. एम. अन्दौरले जिगशा एकाडेमीसँग मिलेर पोस्ट ग्रेजुएट सर्टिफिकेट प्रोग्राम छन्‌ प्रोडक्ट मेनेजमेन्ट शुरू गरेको छ। जसमा 50% ग्रेजुएशनमा मार्क्स वा पीजी गरेकाहरूले आवेदन गर्न सक्नेछन्‌। 

नैस्कमको सर्वे अनुसार देशमा तीनबजार भन्दा धेर टेक स्टार्टअप्स उपलब्ध छन्‌ जो बढ़ेर बाह्र हजार पुग्ने सम्भावना छ। यसैले प्रोडक्ट मेनेजर्सको आइटी, आइटीइएस, ई-कमर्स, रिटेल, कञ्जूमर गुड्‌स, हेल्थकेयर, ट्रेबल, हस्पिटलिटि, वैङकिङ्ग, इन्श्योरेन्स, एडुटेक, फिनटेक जस्ता सेक्टर्समा धेरै माग बढ़नेछ। टेक एन्टरप्रेन्योर एवं प्रोडक्ट मेनेजमेन्टमा विशेष दक्षता भएकाहरूले पनि देशमा प्रोडक्ट मेनेजर्सको कमी भएको कुरो मान्छन | 

विगत पाँच वर्षको तुलनामा अवस्था केही राम्रो भए पनि भविष्यमा यसको माग बढ़ेर जाने निश्चित छ।

प्रमुख संस्थानहरू : 

1. आइआइएम, इन्दौर (ुुु.ळळाळवी.रल.ळप)

2. आइआइएम, बेङ्‌गलुरु (ुुु.ळळाल.ळप)

3. इन्स्टीट्युट अफ मार्केटिङ्ग कम्युनिकेशन इण्डिया, नोयडा, (ुुु.ळळपलळपवळर.ेीस)

4. इन्स्टीट्युट अफ प्रोडक्ट लीडरशीर, बैङ्‌गलुरु   (ुुु.िीेर्वीलींश्रशरवशीीहळि.लेा)

5. युनिवर्सिटी अफ टेक्नोलोजी, जयपुर (ुुुर्.ीपर्ळींशीीळीूं ेष ींशलहपेश्रेसू.ळप)

अन्य लेखहरू