सम्पादकीय

 

कोरोना संक्रमणको मारमा परेको बेला सबै देशहरूले कोरोना संक्रमणलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चिनिया भाइरस भनेर चीन देशलाई कटघरमा हालेको छ। मूलतः चीनको बुहान शहरबाट संक्रमित भएको यो कोरोना भाइरसले विश्वका सबै देशलाई नै चपेटमा लिएको छ भने विश्वकै अर्थतन्त्र नै सर्वनास अवस्थामा पुगिसकेको छ, अमेरिका, ब्रिटेन जस्ता विकसित देशहरूमा पनि बेकारीहरूको संख्या दिनप्रतिदिन बढ्‌दै गइरहेको छ भने भारत, चीन अनि अन्य विकाशशील र अविकशित देशहरूको त कुरै छोड़ौं। यी कतिपय कारणहरूले चीन आज विश्वकै प्रायः राष्ट्रहरूबाट आर्थिक, कुटनैतिक अनि सामरिक दृष्टिकोणले अलग शलग हुनथालेको छ। यसरी चीनको महत्वकांक्षी करतुतले आज चीन देशभित्रै जिनपिङ सरकारको विरोध हुनथालेको छ। अब जिनपिङलाई आफ्नो सत्ता बचाउन गाह्रो हुन थालेकोले यस स्थितिबाट चीनका नागरिकहरूलाई ध्यानाकर्षण हटाउनका निम्ति चीनले दक्षिण चीन सागरका देशहरू लगायत भारतमा पनि आक्रमक भएर केकाना सम्प्रभूताको रक्षा गर्न खोजे झैं गरिरहेको छ। त्यसकै परिणाम स्वरज्य भारतको र चीनको ‘एक्ट्युवल लाइन अफ कन्ट्रोल’ (ङअउ) गलवान घाटीमा चीनको आक्रमणले भारतको 20 जना सैनिकहरूलाई सहिद बनाएको छ भने चीनको कति सैनिक मारिए त्यसको पुष्टि गरेको छैन चीनले।

अब यहाँ प्रश्न आउँछ पहिला पहिला साँड़ेहरू जुझ्दा बाछाहरू मारिन्थ्यो। अहिले यसको ठीक उल्टो साँड़ेहरू चीन र भारत जुझ्ना बाछा नेपाल निकै उफ्रिन थालेको छ। ‘जुन माउले दुध दिन्छ त्यही माउलाई बाछाले वाक्क पार्छ’ भने झैं नेपालले अब भारतलाई वाक्क मात्र होइन रीस पनि उठाउन थालेको छ। भारतमा यस्तो संकट परेको अवस्थामा चीनको उस्काइमा हरेक दुःख-सुखको साथ रहने माइता र घरको सम्बन्ध भएको देश भारतको विरोध गरेर आफ्नो खुट्टामा बञ्चरो हान्ने काम गरेको छ। नेपालको नक्सामा नै नभएको क्षेत्र लिपूूलेकको पश्चिमी भागलाई नेपालले आफ्नो नक्सामा हालेर यस समयमा भारतको विरोध गरेर सामाजिक सञ्जालहरूमा जाताभावी विरोधको डङ्‌का फैलाएर विश्वमा नै भारतलाई बदनाम गर्ने चीनको षड्‌यन्त्रमा परेका नेपालका नागरिक अनि सरकारले आफ्नै देशको उत्तरी भागको 14 वटा गाउँ अनि सागरमाथालाई चीनको नक्सामा हालीसकेको चीनको कार्यलाई नदेख्ने नेपाल भोली अझ बर्वादको सम्मुखीन पुगिसकेको छ र यसरी साँड़ेहरू जुझ्दा समय र परिस्थिति हेरेर अनि भोलीको दिनमा के हुन्छ त्यो सोचेर सही प्रकारले उफ्रिए नेपाललाई नै फायदा हुने थियो। नत्रत ‘विनासकाले विपरित बुद्धी’ भने झैं हुनेछ नेपाल सरकारको रणनीति!