धेरै लामो समयदेखि पहाड, तराई र डुबर्सका मानिसहरूले खेप्दै आएका विभिन्न समस्याहरूलाई डबल इन्जिनको सरकारले पार लगाउला त? भन्ने प्रश्न अहिले जनमानसमा उठ्न थालेको छ। पहाड, तराई र डुबर्सका विद्याश्रमिकहरूको समस्या, सिक्कोनो बगानका कर्मचारीहरूको समस्या, विगत सरकारबाट भएका अवहेलना अनि उनीहरूलाई साथै चाँडिएको स्थायी राजनीतिक समाधान पूरा नभएको अवस्था वर्तमान गोर्खाजातिको निम्ति सबैभन्दा गम्भीर विषय हुन्। यी संवेदनशील विषयलाई केन्द्र र राज्य सरकारले हेर्ने दृष्टिकोण के-कस्तो रहेको छ र अब बुझ्ने समय पनि यही हो।
राजेन्द्र ढकालको एक हरफे
