1 दिसम्बरदेखि 31 सम्म
मेषः यो महिना तपार्इंको लागि व्यापारीवर्गको लाभ साथै शेयर सट्टा चिट्टापट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागि पनि कुनै न कुनै ठाउँबाट रुपियाँ-पैसाको लाभ मिल्ने लाभकारी समय आउने देखिन्छ साथै पति-पत्नीको मेल-मिलापबाट लाभ मिल्ने समय आउने देखिन्छ। यात्राकारी समय भएको कारण सुख सुविधा पनि मिल्ने देखिन्छ। रोजी-रोजगारी मध्ये व्यापारी नव युवा-युवती नयाँ दम्पतीहरूको लागि पनि समय एक-अर्काको मन विचार आदान-प्रदान गर्ने मेल-मिलापकारी योग परेको देखिन्छ। अर्काको नोकर चाकर, कर्मचारी, चौकीदार, कुल्ली, कवाड़ी, ड्राइवर, खलासीहरूको लागि पनि समय लाभकारी हुने देखिन्छ। गृहस्थी खेती किसानहरूको लागि दौड़ धुपसम्म भए पनि लाभकारी नै हुने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 2, 5, 9, 10, 12, 18, 24, 28, 30, 31, शुभरंग रातो, सुन्तला, अशुभ कालो।
वृक्षः यो महिना तपार्इंको लागि कुनै अरूको पछाड़ि लाग्ने कारण कार्य क्षेत्रमा वाधा, आम्दानीमा रोकावट हुने कारण अरूको कार्य क्षेत्र हेर्नु भन्दा आफ्नो काम गरेमा अवश्य लाभ मिल्ने समय आउने देखिन्छ। कड़ा मेहनत पक्का इरादा लिएर अगाड़ी बड़े अवश्य लाभ मिल्ने समय आउने देखिन्छ। आफ्ना आफन्त भन्दा इष्टमित्रहरूबाट लाभ मिल्ने समय आउने देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागि मान-सम्मान पद-प्रतिष्ठा कार्य क्षेत्र पदको कारण काममा व्यस्तताले गर्दा घर परिवारमा मन मुटाउ आउने समय देखिन्छ। सामाजिक कार्य क्षेत्रमा काम गर्नेहरूको मान-सम्मान बढ्ने समय देखिन्छ। रोजी-रोजगारीमध्ये व्यापारी नारी पुरुष सबै वर्गको लागि सामान्य रहने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ता. 2, 5, 8, 12, 18, 19, 23, 24, 27, 29 शुभरंग सेतो, इन्द्रेणी, अशुभ पहेंलो।
मिथुनः यो महिना तपार्इंको लागि शेयर सट्टा चिट्टापट्टा रुपियाँ पैसाको लेनदेन गर्नेहरूको लागि होशियार गर्नु होला नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। घर परिवार, आफ्ना-आफन्तहरू केहि टाड़ा हुने समय आउने देखिन्छ। व्यापारीवर्गको लागि पनि समय काम भन्दा खटनी धेर, आमदानी भन्दा खर्च धेर हुने व्ययकारी योग परेको देखिन्छ। महिनाको मध्ये उत्तरार्धमा केही कार्य अगाड़ी बढ्ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्य व्यापारी खेती किसान अन्नको काम गर्ने, लुगा-फाटा, ट्रावल्स, यान-वाहन, होटेल लज आदिको काम गर्नेहरूको समय लाभकारी हुने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ता. 1, 4, 8, 12, 15, 19, 24, 27, 31, शुभ रंग हरियो, गहुँ, अशुभ सेतो।
कर्कटः यो महिना तपार्इंको लागि सामान्य शुभाशुभ मिश्रित फलकारक हुने देखिन्छ। राज नेताहरूको लागि चुनावी प्रक्रियाबाट अगाड़ी बढ्नु पर्ने समय आउने देखिन्छ। होशियार पूर्वक अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने समय आउने देखिन्छ। कुनै रोकिएको काम अगाड़ि बढ़ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, कलाकार, कलमकार, रिर्पोटरहरूको लागि समय लाभकारी हुने देखिन्छ। गृहस्थीहरूको लागि सामान्य वाद-विवादले दुःख दिने समय आउने देखिन्छ। भूमी भवन यान-वाहनहरूको क्षेत्रमा काम गर्नेहरूको लागि लाभ हुने देखिन्छ। अरू सबैवर्गको लागि समय सामान्य देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 3, 4 5, 11, 13, 17, 21, 25, 28, शुभ रंग सेतो, घिऊ, अशुभ हरियो।
सिंहः यो महिना तपार्इंको लागि व्यापारीवर्गको लागि महत्व पूर्ण कार्य हुने समय आउने देखिन्छ। कामको उन्नति तर्फ लिएर जानको लागि मोड़ आउने छन् होशियार पूर्वक काम गरे अवश्य लाभ मिल्नेछ। नोकरी गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। अन्न धन्न आदि क्षेत्रमा काम गर्नेहरूको लागि लगानी गरेमा अवश्य लाभ मिल्ने समय आउने देखिन्छ। आर्थिक स्थिति मजबुत हुने समय आउने देखिन्छ। यात्राकारी योग भएको कारण यात्रामा सामान्य वाद-विवादले गर्दा आर्थिक हानी हुने समय आउने देखिन्छ। होशियार रहनपर्ने यो महिनाका अशुभ ता. 3, 5, 12, 13, 15, 20, 22, 26, 29, 31, शुभरंग रातो, मेरून अशुभ कालो।
कन्याः यो महिना तपार्इंको लागि अगाड़ी बढ्नको लागि समय मिले पनि सफलताको लागि सावधानी भएर कार्य गर्नुपर्ने समय आउने देखिन्छ। कुनै साझेदारीमा गरेको काममा वाद-विवाद हुने समय देखिन्छ। आफन्त-आफन्तमा मद्भेद हुने समय आउने देखिन्छ। भूमिभवन यान-वाहनको सुख मिल्ने समय आउने देखिन्छ। भाग्यले साथ दिने कारण कुनै ठूलो काममा सफलता मिल्ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्ये व्यापारी कलाकार, चित्रकार, पत्रकार, रिपोर्टरहरूको लागि पनि समय लाभकारी हुने देखिन्छ। नव युवा-युवतीहरूको लागि जीवन साथी मिल्ने समय आउने देखिन्छ। नव दम्पतीको लागि सन्तान सुख मिल्ने समय आउने देखिन्छ। शुभकामको लागि यो महिनाको शुभ ता. 2, 3, 7, 8, 11, 16, 21, 23, 28, 29 शुभरंग हरियो, गहूँ, अशुभ सेतो, पहेंलो।
तुलाः यो महिना तपार्इंले काममा ध्यान दिन आवश्यकता देखिन्छ। कुनै नयाँ कामको श्री गणेश गर्नु भन्दा अगाड़ी सोंच्नु पर्ने समय देखिन्छ। व्यापारी वर्गको लागि खर्च बढ्ने कारण सावधानी पूर्वक अगाड़ी बढ्ने समय आउने देखिन्छ। भूमि भवन छर-छिमेकीको वाद-विवादले गर्दा मनमा चिन्ताले सताउने समय आउने देखिन्छ। कार्य गर्नु भन्दा पहिला नै सोंचेर काम गरे अवश्य भविष्यमा लाभ मिल्ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्ये व्यापारी लेखक-पाठक छाँया-छवी, केमीकल, साहित्यकार, समाजसेवक, वकिल, पुलिस, निजामती कर्मचारी, ड्राइवर, खलासी, कुल्ली, कवाडी, निमार्ण कार्यमा ठेक्कापट्टा शेयर सट्टा चिट्टापट्टा रुपियाँ पैसाको लेनदेन गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 2, 3, 8, 9, 11, 17, 21, 23, 28, 30 शुभरंग इन्द्रेणी, छिर्के-मिर्के, अशुभ रातो, पहेंलो।
वृश्चिकः यो महिना तपार्इंको लागि भविष्यको प्रति चिन्ताले सताउने समय आउने देखिन्छ। राजनैतिक क्षेत्रमा काम गर्नेहरूको लागि समय लाभकारी हुने देखिन्छ। चल, अचल, सम्पत्तिको वाद-विवादले पनि, केहि अशान्ति हुने समय आउने देखिन्छ। महिनाको मध्ये उत्तरार्धमा रोजी-रोजगारमा सुधार पति-पत्नी, पुत्र, स्त्री, सन्तानमा सामान्य लाभ मिल्ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्ये व्यापारी लेखक, पाठक, साहित्यकार ठेक्का पट्टा, शेयर सट्टा भूमी भवन यान वाहन, होटल, ट्रावल्स आदि क्षेत्रमा काम गर्नेहरूको लागि सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाको शुभ ता. 5, 6, 9, 12, 15, 18, 22, 26, 29, 31 शुभरंग रातो, मेरून, अशुभ पहेंलो।
धनुः यो महिना तपार्इंको लागि व्यवसायिक क्षेत्रमा पुरानो मित्रको सहयोगले कार्यमा लाभपद समय आउने देखिन्छ। परिवारमा कुनै शुभ कार्यको खबरले मानसिक शान्ति मिल्ने समय देखिन्छ। पहिलाको भन्दा लाभकारी हुने समय आउने देखिन्छ। अरूको काममा भन्दा आफ्नो कामको लागि अगाड़ि बड़े राम्रो होला। वाद-विवादबाट टाड़ा रहेको राम्रो, नत्र हानी हुने पनि समय आउने देखिन्छ। कुनै पुरानो वाद-विवादबाट छुटकारा मिल्ने समय आउने देखिन्छ। रुपियाँ-पैसाको लगानी राम्रो जग्गामा गर्न सके भविष्यमा लाभ मिल्ने समय आउने देखिन्छ। भोग विलासीता तर्फ मन जाने, समय भएको कारण होशियार रहनु समयको माग भएको देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 2, 4, 56, 10, 14, 18, 21, 25, 27, 29, 31, शुभरंग पहेंलो, गेरूवा अशुभ कालो, मैला।
मकरः यो महिना तपार्इंको लागि रोकिएको काम अगाड़ी बढ़ने साथै कुनै ठूलो कामको श्रीगणेश हुने समय आउने देखिन्छ। देश-विदेश घुम्ने, नेत्र रोग हुँदा पिड़ा वायुविकारले गर्दा मानसिक शारीरिक पिड़ा पनि सहन गर्नुपर्ने समय आउने देखिन्छ। रुपियाँ पैसाको लेनदेनबाट केहि होशियार रहनुपर्ने द्रव्य हानी योग परेको देखिन्छ। घर परिवारमा विशेष ध्यान दिनुपर्ने समय आउने देखिन्छ। वाणीमा कठोर पन छाड्नु समयको माग हो जस्तो देखिन्छ। आमोद-प्रमोदले कार्य क्षेत्रमा सामान्य सुचारू आउने देखिन्छ। रोजी-रोजगारी उद्योगी व्यापारी दैनिक कार्यमा लत, कुल्ली-कवाड़ी, गृहस्थी, राजनेता, पत्रकार, चित्रकार, सूचीकार, रिपोटर, अभिनेता, लेखक, नाटकार सबैवर्गलाई सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 1, 5, 11, 14, 18, 22, 24, 26, 28, 30, शुभरंग निलो, कालो, अशुभ रातो, पहेंलो।
कुम्भः यो महिना तपार्इंको लागि कुनै रोकिएको रुपियाँ पैसा मिल्ने समय आउने देखिन्छ। व्यापारीवर्गको लागि पनि कुनै न कुनै क्षेत्रबाट लाभ मिल्ने समय आउने देखिन्छ। अर्काको नोकरी गर्नेहरूको लागि विरोधी वातावरण भए पनि हानी नहुने ग्रह भएको देखिन्छ। आर्थिक व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मिल्ने समय आउने देखिन्छ। विद्यार्थीवर्गलाई पनि ध्यान दिए सफलता मिल्ने योग परेको देखिन्छ। शुभ कार्यका चिन्ताले सताउने समय आउने देखिन्छ। भाग्यमा विश्वास राखी लगानी गरे आत्मा साथ अगाड़ी बड़े अवश्य लाभ मिल्ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्य व्यापारी कुनै पनि क्षेत्रमा काम गर्ने कामदार नारी-पुरुष सबैवर्गको लागि, समय सामान्य रहने समय आउने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 1, 3, 7, 11, 15, 16, 19, 20, 25, 27, 30, 31, शुभरंग निलो, कालो, अशुभ रातो, पहेंलो।
मिनः यो महिना तपार्इंको लागि आर्थिक स्थितिमा सुचारू राम्रो संगतले लाभ मिल्ने समय आउने देखिन्छ। व्यापारीवर्गको लागि व्यवसायिक क्षेत्रमा लाभ मिल्ने समय आउने देखिन्छ। सन्तान पक्षबाट अशान्ति मिल्ने समय आउने देखिन्छ। ग्रह गोचर केहि सामान्य रोग कष्ट, चिन्ता, वाद-विवादले मानसिक चिन्ताले सताउने समय देखिन्छ। अरूको अवहेलना नगर्नु भन्दा अगाड़ी आफ्नो चरित्रमा पनि विचार गर्नुपर्ने समय आउने देखिन्छ। समयको सदुपयोग गरि अगाड़ि बड़े अवश्य पछाड़ि लाभ मिल्ने समय आउने देखिन्छ। रोजी-रोजगारी मध्येव्यापारी नव युवा-युवती, लेखक, पाठक, शिक्षक, विद्यार्थी, डाक्टर, पण्डित, पुरोहित, साधु-सन्त, योगि महन्त, नारी-पुरुष सबैवर्गलाई सामान्य रहने साथै होशियारपूर्वक अगाड़ि बढ्नु पर्ने यो महिनाका अशुभ ता. 1, 4, 8, 10, 13, 17, 21, 24, 27, 30, शुभरंग पहेंलो, गेरूवा, अशुभ कालो, मैलो।
