राशिफल 01 Jan 2020 - देखि 1st February 2020 - सम्म

मेष : यो महिना तपार्इंको लागी निजी सम्बन्धमा हेर्ने हो भने बाहिरी समर्थन अवश्य मिल्ने समय देखिन्छ। उनी, रूई, गरमकपड़ा आदिको व्यापारी वर्गको लागी समय लाभकारी हुनेछ। तरल पदार्थका व्यापारीहरूलाई सामान्य लाभ मिल्नेछ। होशीयार आफूभन्दा अरू साथीसंगी आफ्ना आफन्तमा विश्वास गर्नु चैं नोक्सान देह हुनेछ। भूमी, भवन-यान, वाहन, शेयर, चिट्टा-पट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी लगानी अनुसार अवश्य लाभ मिल्नेछ। अरू सबै वर्गलाई सामान्य रहनेछ। अंग्रेजी नयाँ सालको शुभकानासहित होशीयार रहनु पर्ने यो महिनाका अशुभ ताः 2, 3, 8, 9, 10, 13, 15, 19, 25, 26, शुभ रंग रातो अशुभ कालो। 

 

वृष : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमनको साथै कुनै मित्रको सहयोगले व्यापारिक क्षेत्र साथै नोकरी क्षेत्रमा काम गर्नेहरूको लागी उच्च अधिकारीहरूको सहयोग लिएर अघाड़ी बड़े राम्रो हुनेछ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति देखिन्छ। छरछिमेक आफ्ना आफन्तमा भूमी, भवन, रुपियाँ-पैसाको मामिलामा अदालत, कानुनी दाउपेचबाट केही होशीयार अगाड़ी बढ्‌नु राम्रो होला नत्र केही हानी, नोक्सानी हुनेछ। रोजी-रोजगारी, मध्यव्यापारी निजामती कर्मचारी शिक्षक विद्यार्थी, लेख, पाठक, साहित्यकार व्यापारिक वर्गलाई यात्राकारी योग भएको देखिन्छ। नयाँ वर्ष 2020 को शुभकामना सहित होशीयार रहनु पर्ने यो महिनाका अशुभ ता. 1, 4, 5, 10, 11, 19, 20, 24, 25, 27, 30 शुभरंग सेतो छिर्के मिर्के अशुभ पहेंलो।

 

मिथुन : यो महिना तपार्इंको लागी नयाँ सालको आगमनको साथै घरपरिवारमा कुनै मांगलीय कार्यको श्रीगणेशले गर्दा हाँसी खुशीको समय रहनेछ। रुपियाँ-पैसाका कमीले चिन्ताको समय पनि देखिन्छ। चिन्ता नगर्नुहोस्‌ यो महिनाको मध्य उत्तरार्धमा आकास्मिक लाभ मिल्नेछ। कुनै रोकिएको काम पनि अगाड़ी बढ्‌नेछ रोजी रोजगारी मध्य व्यापारी भूमि, भवन, यानवाहन, लेखक, पाठक, शिक्षक विद्यार्थी, साहित्यकार, नोकर-चाकर, दोकानपाट आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 4, 5, 10, 12, 16, 21, 26, 31 शुभरंग हरियो, गहुँ अशुभ सेतो।

 

कर्कट : यो महिना तपार्इंको लागि नयाँ सालको आगमनको साथै सबै मानिसहरूसँग मेलमिलाप गरी कार्य गरेमा अवश्य लाभ मिल्नेछ। आफ्नो इच्छाबाट केहि टाढ़ा रहनुपर्ने रुपियाँ पैसाको कमी आउने योग परेको देखिन्छ। रोजी रोजगारी, मध्यवापारी, ट्राभल्स, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी सामाजिक कार्यकर्ता ठूलाबड़ा सबै कार्य क्षेत्रमा संलग्न भएको सबै नारी-पुरुषहरूको लागी समय सामान्य रहने देखिन्छ। नयाँ साल 2020 को शुभकामना सहित यो महिनाका शुभ ताः 2, 3, 8, 9, 15, 16, 20, 22, 27, 29, 31, शुभरंग सेतो अशुभ पहेंलो।

 

सिंह : यो महिना तपार्इंको लागी रुपियाँ पैसाको लेनदेन गर्नेलाई लाभकारी हुने देखिन्छ। ससुराली तर्फबाट सहयोग मिल्ने समय देखिन्छ। व्यापारीवर्गको लागी कार्य क्षेत्रमा सुधारसहित लाभ मिल्नेछ। घर परिवार आफ्ना आफन्तमा मन मुटावको स्थिति रहने देखिन्छ। साझेदारीमा काम गरेकोमा चै मनमुटाव आउने द्रव्यहानीको समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी फोटो कागजपत्र लेखाजोखा केमिकल, रंग ट्रावल्स, यानवहान, भूमी भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। नयाँ साल 2020 को शुभकामना सहित होशीयार रहनुपर्ने यो महिना अशुभ ताः 3, 5, 11, 15, 18, 25, 26, 29, 30, शुभरंग रातो मेरुण, अशुभ कालो।

 

कन्या : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमनको साथै रोगीहरूको लागी स्वास्थ्यमा सुधारको समय देखिन्छ। तर परिवारमा अरूको  विमारीको कारण केही खर्च भने अवश्य हुनेछ। व्ययकारी योग परेको देखिन्छ। नोकरी गर्नेहरूको लागी अधिकारीवर्गको सहयोग मिल्नेछ। कुनै शुभकामको सूचनाले गर्दा मन प्रशन्न यात्राकारी योग पनि परेको देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, गृहस्थी नव युवा-युवती, नयाँ दम्पती, कलाकार, रिपोर्टर, लेखक, पाठक साहित्यकार सबै अर्काको काम गर्ने नोकर चाकर सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। नयाँ साल 2020 को शुभकामना सहित यो महिनाको शुभ ताः 1, 5, 7, 9, 14, 18, 21, 26, 29, 31, शुभरंग हरियो गहूँ, अशुभ सेतो। 

 

तुला : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमनको साथै धेरै परिश्रम गरे पनि लाभ अल्पनै मिल्ने देखिन्छ। कानुनी क्षेत्रमा काम गर्ने  वकिल, जज, ठूलावड़ा, अधिकारीहरूको लागी झै-झमेला गर्नु पर्ने समय देखिन्छ। कलाकार, लेखक, रिपोर्टर आदि क्षेत्रमा काम गर्नेहरूको लागी लाभकारी समय देखिन्छ। सरकारी कर्मचारी र सामाजिक कार्यकर्ताहरूको लागी मानसम्मान पदप्रतिष्ठा मिल्ने समय देखिन्छ। अर्काको काम गर्ने नोकर, चाकर, मजदुरहरूको लागी पनि कामको भारले गर्दा आफ्ना आफन्त, इष्टभित्र घर परिवारमा केही सामान्य मनमुटाव आउने समय देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, लेखक, पाठक, रचनाकार, ढुंगा, रत्न, हिरा, रंगी-चंगी सामान सजावट गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ।  नयाँ वर्ष 2020 को शुभकामनासहित यो महिनाका शुभ ताः 3, 5, 6, 7, 10, 13, 15, 19, 23, 27, 28, 31, शुभ रंगको इन्द्रेणी अशुभ पहेंलो रातो।

 

वृश्चिक : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमन साथै जीवनमा कुनै नयाँ कामको लागी अहम भूमिका निभाउनु पर्ने समय देखिन्छ। पुरा महिनानै कार्य क्षेत्रको व्यस्तताले सकिने समय देखिन्छ। व्यापारीवर्गको लागी इष्टमित्रहरूले केही सहायता दिनेछ। कुनै पनि लेनदेनबाट होशीयार रहने समयको माग भएको देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, उद्योगी, शिक्षक, विद्यार्थी लेखक, पाठक, साहित्यकार, कागजपत्रको काम गर्ने भाँड़ाकुड़ा धातुहरूको क्षेत्रमा काम गर्नेेहरूको लागी समय सामान्य रहनेछ। नयाँ साल 2020 को शुभकामना सहित होशीयर रहनपर्ने यो महिनाका अशुभ ताः 2, 4, 6, 10, 13, 15, 19, 24, 26, 29, 30, शुभरंग रातो मेरून, अशुभ पहेंलो। 

 

 


धनु : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमनको साथै मिहिनेत गर्ने वर्गको लाभको समय देखिन्छ।  मित्र सहयोग आर्थिक लाभ हुने समय देखिन्छ। भूमीभवनमा लगानी गर्नेहरूको भविष्यमा लाभ मिल्नेछ। कुनै पनि कार्य गर्नको लागी रुपियाँ पैसाको कमी हुने कारण ऋण लाग्ने  खालको समय पनि देखिन्छ। आफ्ना आफन्त कर्मचारीहरूबाट धोका हुने समय देखिन्छ। रोजगारी, मध्य व्यापारी, नव युवा युवती दम्पती किसान, मजदुर , राजनेता, सामाजिक कार्यकर्ता सरकारी नोकरी सबैप्रकारका काम गर्ने कामदारहरूको लागी पनि समय सामान्य रहने देखिन्छ। नयाँ साल 2020 को शुभकामना सहित शुभकामको लागि यो महिनाका शुभ ताः 1, 3, 5, 9, 13, 14, 18, 22, 24, 27, 31 शुभरंग पहेंलो गेरूवा, अशुभ कालो। 

 

मकर : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै स्नेही स्वभावको कारण आफूसँग मिल्नेहरूको लागि खुशी साथै उनीहरूबाट समयको लाभ उठाउने समय देखिन्छ। कुनै पनि कार्य क्षेत्रमा काम गर्नेहरूको लागी लाभकारी समय आउने देखिन्छ। प्रशासनिक क्षेत्रमा काम गर्नेहरूको लागी कानुनी सहायता मिल्ने समय देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, ज्ञानी ध्यानी, योगी साधु-सन्त, महन्त, पण्डित, पुरोहितहरूको लागी समय सामान्य रहने देखिन्छ। उद्योगी अन्न धन्न खानपान, कागज पत्र, भूमि भवन, यानवाहन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। नयाँ साल 2020 को शुभकामना साथै होशीयार रहनु पर्ने यो महिनाका अशुभ ताः 6, 7, 12, 13, 17, 18, 24, 25, 29, शुभरंगको निलो कालो, अशुभ पहेंलो रातो।

 

कुम्भ : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमनको साथै साझेदारीमा काम गर्नेहरूको लागी सावधानी रहनुहोला, नत्र हानी हुने प्रवल समय देखिन्छ। कुनै आफ्ना आफन्तमा बाद विवादले गर्दा कुनै कठोर निर्णय लिनुपर्ने समय देखिन्छ। यात्राकारी योग भएकोले नजिक टाढ़ाको यात्र गर्नुपर्ने योग देखिन्छ। कोही मित्रको आगमनले केही हाँसीखुशी भए पनि भित्री चिन्ताले अवश्य सताउने समय देखिन्छ। रोजी रोजगारी उच्च मध्य निम्नवर्गको व्यापारी शिक्षक विद्यार्थी,लेखक, पाठक, साहित्यकार, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता सरकारी नोकरी गर्नेहरूको लागी सफलतापूर्वक अगाड़ी बढ्‌ने समय देखिन्छ। नयाँ साल 2020 को शुभकामना सहित होशीयर रहन पर्ने यो महिनाका अशुभ ताः  5, 6, 8, 10, 12, 19, 20, 23, 25, 27, 30, शुभरंग निलो मैला अशुभ रातो पहेंलो।

 

मिन : यो महिना तपार्इंको लागी अंग्रेजी नयाँ सालको आगमनको सैथै रुपियाँ पैसाको कारोबार गर्नेहरूको लागी होशीयार रहनुपर्ने नत्र हानी हुने प्रवल समय देखिन्छ। कुनै जीव जन्तुबाट टाढ़ा रहनु होला नत्र चोटपटक, टोक्ने, लड्‌ने दुर्घटना हुने समय देखिन्छ। महिनाको मध्य उत्तर्राधमा समय सामान्य रहने देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश हुने समय देखिन्छ। नव दम्पतीलाई सन्तान सुख मिल्ने समय देखिन्छ। राजनेताहरूको लागी मित्र सहयोगकारी योग परेको देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, युवा-युवती, शिक्षक, विद्यार्थी, साधु सन्त योगी महन्त, पण्डित पुरोहित, डाक्टर, विमारी जलपान खाद्य क्षेत्रमा कामगर्नेहरूको लागि पनि समय सामान्य रहने देखिन्छ। नयाँ 2020 को शुभकामना सहित शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 7, 9, 13, 15, 19, 23, 24, 30, 31 शुभरंग पहेंलो गेरुवा, अशुभ कालो-मैला।