राशिफल 01 March 2019 - देखि 1st April 2019 - सम्म

1 मार्चदेखि 31 मार्चसम्म


मेष : यो महिना तपाईको लागी, नोकरी पेसामा कार्यरतहरूको लागी स्थान परिवर्तन हुने योग परेको देखिन्छ। व्यापारी वर्गको लागी यात्राकारी योग साथै लाभकारी देखिन्छ। नयाँ कामको थालनी हुने समय देखिन्छ। रोगीहरूको लागी स्वास्थ्यमा सुधार हुने सुधारकारी योग देखिन्छ। महिनाको मध्य उत्तरार्धमा सामान्य वादविवादले केही दुःख दिने समय देखिन्छ। रोजीरोजगारी मध्य, उच्च, निम्न स्तरका व्यापारी, लेखक, पाठक, साहित्यकार, हिसाब-किताब गर्ने, वकील, जज, पुलिस प्रशासक, रिपोर्टर साथै दवाई पानी, तैलिय पदार्थ आदिमा सामान्य लाभ मिल्ने समय देखिन्छ। होशीयार रहनु पर्ने यो महिनाका अशुभ ताः 2, , 7, 11, 15, 19, 23, 27,30, 31, शुभ रंग रातो, अशुभ कालो।

वृष : यो महिना तपार्इंको लागी कारोबारी क्षेत्रमा मित्र सहयोगले गर्दा कार्यक्षेत्रमा लाभ। घर-परिवारमा मांगलीक कार्यको सम्भावनाले गर्दा मनमा खुशी नै रहने देखिन्छ। अचानक कुनै नयाँ कामको श्रीगणेश हुने समय देखिन्छ। कुनै पनि क्षेत्रमा काम गर्नेहरूको लागी पहिलाभन्दा केही राम्रो सुधार हुने समय देखिन्छ। धेरै कामको व्यस्तताले गर्दा घर परिवार , स्त्री, पुत्र आफ्ना आफन्तमा सामान्य वादविवाद रहने समय देखिन्छ। रोजी-रोजगारी मध्य व्यापारी, गृहस्थी अरूको कामगर्ने कामदार, चौकीदार, नोकरीदार, कुल्ली कवाड़ी, ड्राइवर, खलासी, साधु-सन्त, योगी-महन्त, ब्राह्मण, पुरोहित, नवयुवा-युवती, पती-पत्नी सबैवर्गलाई समय सामान रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 6, 8, 12, 16, 18, 22, 26, 29, शुभरंग सेतो इन्द्रेणी, अशुभ रातो। 
मिथुन : यो महिना तपार्इंको लागी धेरै परिश्रमले मात्रै लाभ मिल्ने समय देखिन्छ। व्यापारी वर्गको लागी तलमाथि आम्दानी भन्दा खर्च बढ़ी हुने समय देखिन्छ। घरमा हनुमान, वजरङ्ग वाण, पाठ गर्नु या गराउनु सामान्य सुधार आउने देखिन्छ। आफूभन्दा ठूलाबड़ा, पति-पत्नी सरसल्लाह गरी काम गरेमा लाभ हुने देखिन्छ।  नव दम्पतीहरूको लागी सन्तान सुख मिल्ने समय देखिन्छ। छर-छिमेकीहरूसँगको वादविवादले केही अर्थ हानी समय देखिन्छ। सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 4, 7, 9, 15, 16, 21, 22, 27, 29, 31, शुभरंग गहूँ हरियो। 

कर्कट : यो महिना तपार्इंको लागी मनमा चिन्ता रहे पनि भाग्यले केही साथ दिने समय देखिन्छ। शिक्षक, विद्यार्थी वर्गको लागी लाभ साथै सफलता मिल्ने समय आउने देखिन्छ। पक्का इरादा, कड़ा मेहेत गरे अवश्य लाभ मिल्ने समय देखिन्छ। यान-वाहनको कार्य गर्ने ट्रावर्ल्स , टुर गर्नेहरूको लागी समय लाभकारी साथै यात्राकारी पनि हुने देखिन्छ। साझेदारीमा काम गर्नेहरूको लागी वादविवाद, मनमुटाव हुने समय आउने देखिन्छ। आफूभन्दा ठूलावड़ा कर्मचारी अधिकारी वर्गको केही दबाउ खप्नु  पर्ने समय देखिन्छ। होशीयार रहनुपर्ने यो महिनाका अशुभ ताः 5, 9, 13, 17, 21, 24, 28, 30, शुभ रंग सेतो अशुभ-पहेंलो। 

सिंह : यो महिना तपार्इंको लागी कुनै पनि कामको लागी धेरै मेहेनत गरि कामलाई अगाड़ी बड़ाउनु पर्ने नत्र पछाड़ी आमदानी भन्दा खर्च बढ़ीले गर्दा व्यापारी वर्गको लागी अड्‌चनमय समय देखिन्छ। पारिवारिकहरूको लागी आफ्ना आफन्तबाट होशीयार रहनु पर्ने देखिन्छ। नोकरी गर्नेहरूको  लागी आफूभन्दा माथिका अधिकारी वर्गको दबाउ सहनु पर्ने समय देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, गहृहस्थी, वकिल, जज, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार, अर्काको काम गर्ने नोकरीदार, चौकीदार, नव युवा-युवती, नव दम्पती, सरकारी नोकरी गर्ने अधिकारी कर्मचारी, सामाजिक कार्यकर्ता सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ 3, 5, 8, 9, 12, 17, 22, 26, 27, 30, 31, शुभरंग रातो अशुभ कालो। 

कन्या : यो महिना तपार्इंको लागी शत्रु पक्षबाट सम्झौता हुने शत्रुसमय कारी योग परेको देखिन्छ। राम्रा मान्छेहरूसँगको संगतले कतिपय काममा सहयोगले रोकिएको काम पनि अगाड़ी बढ्‌ने समय आउने देखिन्छ। नारीवर्गको लागी साज-सज्जा श्रृंगार पटारमा समय व्यतित हुने समय देखिन्छ। ठूला-बड़ा, उद्योगी, व्यापारीहरूका लागी लाभकारी योग परेको देखिन्छ। विवाह गरेकाहरूको लागी साज-सज्जा श्रृंगार पटारमा समय व्यतित हुने समय देखिन्छ। ठूला-बड़ा, उद्योगी, व्यापारीहरूका लागी लाभकारी योग परेको देखिन्छ। विवाह गरेकाहरूको लागी ससुराली पक्षबाट कार्यक्षेत्रमा लाभ, आर्थिक सहयोग मिल्ने समय देखिन्छ। नव युवा-युवतीहरूको लागी जीवनसाथी मिल्नेछ। शेयर सट्टा, चिट्टा-पट्टा, यान-वाहन, भूमी भवन, रुपियाँ-पैसाको कार्य गर्नेहरूको लागी सामान्य लाभ मिल्ने देखिन्छ। शुभकामको श्रीगणेश गर्नुपरेमा यो महिनाका शुभ ताः 2, 3, 7, 9, 10, 12, 18, 23, 26, 30, शुभ रंग गहूँ हरियो, अशुभ सेतो। 

तुला : यो महिना तपार्इंको लागी कुनै कामको लागी गरेको लगानीको परिणाम मिल्ने समय देखिन्छ। राजयोग भएकाहरूलाई ठाँटपाट भोग विलासीता तर्फ मन जाने समय देखिन्छ। राम्रो उपलब्धि मिल्ने समय देखिन्छ। कलाकारी क्षेत्रमा काम गर्ने कलाकार, एडिटर, रिपोर्टरहरूको लागी पनि समय लाभकारी हुने समय  देखिन्छ। महिना मध्य उत्तरार्ध गर्दै गरेको काममा विलम्ब, विघ्न वाधा अड्‌चन, आफ्नाहरूसँग वादविवाद हुने समय देखिन्छ। रोजी रोजगारी मध्य निम्न स्तरका व्यापारी, खेति किसान मजदुर, होटल, खानपान, लजिङ्ग, यानवाहन, भूमी भवन सामाजिक कार्यकर्ता सबै वर्गलाई समय सामान्य लाभकारी हुने देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 2, 5, 9, 11, 15, 19, 23, 26, 28, 31, शुभ रंग सेतो इन्द्रेणी, अशुभ रातो-पहेंलो। 

वृश्चिक : यो महिना तपार्इंको लागी यो महिना तपार्इंको लागी कुनै पनि कार्यको लागी अरूबाट ऋण लिनु पर्ने समय देखिन्छ। तर ऋण लिनु दिनु दुवैबाट टाढ़ा रहेको राम्रो नत्र हानी नोक्सानी हुने समय देखिन्छ । रुपियाँ पैसाको लागी आफ्ना आफन्तमा मन मुटावको कारण बन्ने समय देखिन्छ। गुरु वृहस्पतिको कारण तिर्थ घुम्नु, धर्मकर्ममा मन जानु, मिलनसार भइ अगाड़ी आवश्य लाभ मिल्ने समय देखिन्छ। मित्र सहयोगबाट  रोकिएको कार्य अगाड़ी बढ्‌ने समय देखिन्छ. रोजी-रोजगारी मध्य व्यापारी, शिक्षक, विद्यार्थी, लेखक, पाठक, अन्न जल आदिको काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहनु पर्ने यो महिनाका अशुभ ताः 3, 6, 9, 12, 15, 18, 22, 27, 29, 31, शुभरंग रातो मेरून, अशुभ पहेंलो। 

धनु : यो महिना तपार्इंको लागी खर्च हुने महिना भएको कारण केही सोची सम्झी खर्च गर्नुपर्ने समय देखिन्छ। घर-गृहस्थीको लागी घरको सामाग्री किन्न पर्ने समयले गर्दा खर्च बढ्‌ने देखिन्छ। शेयरसट्टा चिट्टापट्टा, ठेकादार, यान-वाहन, भूमि, भवनको तर्फ काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। सानोतिनो लगानीमा काम गर्नेहरूका लागी समय लाभकारी हुने देखिन्छ। सानोतिनो लगानीमा काम गर्नेहरूको लागी समय आर्थिक चिन्ताको कारण बन्ने देखिन्छ। विद्यार्थी वर्गको लागी पढ़ाइ क्षेत्रमा केही संघर्ष गर्नुपर्ने देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, शिक्षक, विद्यार्थी, लेखक-पाठक, सरकारी नोकरी गर्ने नोकरीदार, डाक्टर, विमारी कुल्ली कवाड़ी, ड्राइवर-खलाशी अरूको काम गर्ने कामदार सबै प्रकारका नारी-पुरुष सबै वर्गलाई संघर्षमय समय देखिन्छ। शुभकामको   लागी यो महिनाका शुभ ताः 3, 4, 8, 12, 13, 17, 21, 25, 26, 30, शुभरंग पहेंलो, अशुभ कालो। 

मकर : यो महिना तपार्इंको लागी पारिवारिक व्यवसायिक क्षेत्रको मध्य उत्तरार्धमा अचानक केही रुपिया आउने समय देखिन्छ। लटरी, शेयर वचत पत्रमा केही निवेश गरे भविष्यमा लाभ मिल्ने देखिन्छ। सरकारी नोकरी गर्ने अधिकारी कर्मचारी, सामाजिक कार्यकर्ता, राजनेताहरूको लागी आफ्नो गरीमा बचाई राख्नु केही कठिन हुने समय आउने देखिन्छ। व्यापारीवर्गको लागी पुँजी-निवेश गरेलाभ मिल्ने समय देखिन्छ। छर-छिमेकी आफ्ना आफन्तमा वादविवाद हुने समय भएको कारण केही जोगिनु पर्ने समय देखिन्छ। रोजी-रोजगारी मध्य व्यापारी जलपान, खाना खजाना, यान-वाहनमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 6, 9, 10, 13, 18, 22, 27, 29, शुभ रंग कालो-निलो, अशुभ रातो-पहेंलो।
कुम्भ : यो महिना तपार्इंको लागी आफ्ना आफन्तमा प्रिति बढ़े पनि वादविवाद पनि अगाड़ी बढ्‌ने समय देखिन्छ। नोकरी वर्ग सामाजिक कार्यकर्ता, राजनेताहरूको लागी यान, सम्मान, पद, प्रतिष्ठा, बढ्‌ने समय देखिन्छ। बुद्धि साहस पराक्रम साथमा लिएर अगाड़ी बढ़ेमा भाग्यले अवश्य साथ दिने समय देखिन्छ। कानुनी क्षेत्रमा काम गर्नेहरूको लागी आर्थिक लाभ। कुनै नयाँ काम हुने समय भए पनि रुपियाँ पैसाको कमीले गर्दा निर्णय गर्न केही मुश्किल हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 4, 6, 10, 14, 18, 22, 28, 30, शुभ रंग निलो-आकाशे, अशुभ रातो-पहेंलो।

मिन : यो महिना तपार्इंको लागी मिलनसार भइ अगाड़ी बढ़ेमा मिल्ने ठूलाबड़ा, अधिकारीबाट लाभ मिल्ने समय देखिन्छ। पहिला लगानी गरेको रुपियाँ-पैसा केही आउने समय देखिन्छ। कुनै नयाँ कामको लागी प्रयासरत रहेमा अवश्य लाभ मिल्नेछ। पारिवारिकहरूको आफ्नो  समय साथै सम्पर्क गरेमा सामान्य लाभ मिल्नेछ। रोजी-रोजगारी, उद्योगी, मध्य, निम्नस्तरका व्यापारीहरूको लागी समय सामान्य लाभ देखिन्छ। कुल्ली-कवाड़ी, नोकर-चाकरहरूको लागी आफ्नो जीवीकोपार्जनको लागी प्रयत्न गरे अवश्य लाभ मिल्ने समय देखिन्छ। अगाड़ी बढ्‌न चाहेमा अरू ठूला बड़ाहरूको सल्लाह लिएर अगाड़ी बढ़े भविष्यमा लाभ मिल्ने समय देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 5, 7, 9, 13, 19, 23, 27,29, 31, शुभ रंग पहेंलो, अशुभ कालो।