राशिफल 01 March 2022 - देखि 1st April 2022 - सम्म

मेष : चु , चे , चो , ला , लि , लु , ले , लो , अ ( अीळशी ) पति-पत्नीबीच मतभेद देखिनाले घर-गृहस्थी केही असामान्य रहनेछ। तापनि समग्रमा यो महिना शुभ फलदायी रहनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढ्‌नेछ। प्रयत्न गर्दा टाढ़ाको यात्रा गर्ने साइत जुर्नेछ। सोखले खर्च बढ़ाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि समय छ। लगानी बढ़ाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेम सम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुऱ्याउन सक्छ, सजग रहुनुहोला। 

 

बृष - इ , उ , ए , ओ , बा , बि , बु , बे , बो ( ढर्रीर्ीीी) पहिलेका अवसर प्राप्त लागि महिना विशेष फलदायी रहनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्‌। प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्‌। वर्गीय हकहितका गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। शत्रु बाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ। आफन्तसँग असमझदारी बढ्‌ने हुँदा व्यवहारमा सजग रहनुपर्ला। 

 

मिथुन - का , कि , कु , घ , ङ , छ , के , को , ह ( ॠशाळपळ) अवसरका लागि केही दौडधुप र संघर्ष गर्नुपर्ला। वादविवादले समस्या निम्त्याउनेछ भने आफ्नो मान्यतामा अड़ान लिने बानीले साथीभाइसँगको सम्बन्ध कमजोर बन्नेछ। साझेदारी तथा संगालेको सम्पत्तिले असमझदारी निम्त्याउन सक्छ। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले ऑटेका काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय सम्बन्ध फटाउनेहरू सक्रिय हुनेछन्‌। तापनि बौद्धिक क्षमता बढ्‌नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। अडि्‌कएका काम पनि प्रारम्भ हुनेछन्‌ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। लेनदेन गर्दा आफ्नो मूलधन सुरक्षामा सजग रहनुहोला।


 

 कर्कट - हि , हु , हे , हो , डा , डि , डु , डे , डो ( उरपलशी) उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि-विवेकले काम लिन नसकिएला। फसेको धन उठाउन कडारूपमा प्रस्तुत हुनुपर्नेछ। घर जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्‌नेछ। अरूको भरपर्दा नियमित काम समेत रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। तापनि , साथीभाइको सहयोग जुट्‌नाले परिस्थिति अनुकूल बन्नेछ। मिहिनेत गर्दा व्यवसाय, कृषि र भूमिबाट लाभ हुनेछ। अध्ययनतर्फ लगनशीलताले उचाइमा पुर्याउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तत्काल फाइदा नभए पनि पछिका लागि कर्मसञ्चय हुनेछ।

 

सिंह - मा , मि , मु , मे , मो , टा , टि , टु , टे (ङशे) अवसर खोज्नेहरूका लागि यो महिना निकै लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना उत्साहवर्धक रहनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुऱ्याउन सक्छ। पद-प्रतिष्ठा प्राप्त हुनेछ । उद्योग-धन्दामा पनि सफलता पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्‌। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख-समृद्धि बढ्‌नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखा पर्नेछन्‌। कीर्तिमानी काम शुभारम्भ हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

 

कन्या - टो , प , पि , पु , ष , ण , ठ , पे , पो ( तळीसे ) अवसरका लागि केही दौडधुप गर्नुपर्ला। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। लगनशीलताले मात्र काम बन्नेछ। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभाको मूल्यांकन हुनेछ। प्रयत्न गर्दा प्रशंसा, पुरस्कार आदि पाइनेछ। प्रतिद्वन्द्वीले हार खानेछन्‌। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। सामाजिक प्रतिष्ठा पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने देखिएकाले सजग रहनुहोला। नाम चलेका व्यक्तिले धोका दिन सक्छन्‌। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला। 

 

तुला - र , रि , रु , रे , ता , ति , तु , ते ( ङळलीर ) विभिन्न अवसर प्राप्त भए पनि कामको चाप बढ्‌नेछ। महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा खर्च बढ्‌नेछ। नजिकका साथीभाइ टाढिनेछन्‌ भने आफन्तसँग असमझदारी बढ्‌न सक्छ। टाउको दुखाइ वा आँखाको कमजोरीले पनि सताउने समय छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तापनि बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लाग्नेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ भने महिनाको उत्तरार्धमा दिगो काम प्रारम्भ हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग जुट्‌नेछ र विशेष फाइदा हुनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुनेछ । महिनाभरको आयस्रोत बलियै रहे पनि आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ। 

 

 बृश्चिक- तो , ना , नि , नु , ने , नो , या , यि , यु ( डलेीळिे ) यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्‌ । खर्च बढ्‌नुका साथै अर्थ अभावले पनि सताउन सक्छ । अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्‌। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ । उत्तरार्धमा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ। आफन्तसँग सम्बन्ध बिग्रने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला।

 

धनु- ये , यो , भ , भि , भु , ध , फा , ढ , भे ( डरसळीींंरीर्ळीी ) मिहिनेत गर्दा यो महिना निकै फलदायी रहनेछ। चिताएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्‌, आम्दानी बढ्‌नेछ। उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ। नोकरी तथा राजनीतिमा फाइदा उठाउन सकिनेछ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्‌। अध्ययन-अनुसन्धानमा प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्‌नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै परिवारजनमा आत्मीय भाव र विलासिता बढ्‌नेछ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। भोगविलासमा मन रमाउनेछ। 

 

मकर- भो , ज , जि , खि , खु , खे , खो , गा , गि ( उरिीळलेीप ) कीर्तिमानी काम सम्पादन गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मेहनत गर्दा महत्त्वाकांक्षी काम बन्न सक्छ। लगनशीलताले धेरैको मन जित्न सकिनेछ। राष्ट्रियस्तरको मानसम्मान पाइने समय छ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। 

नोकरीमा प्रवेश वा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्‌नेछ। कृषिकर्म एवं पशुधनबाट पनि राम्रो फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। यात्रामा भने केही बाधा वा कष्ट हुने सम्भावना छ। चोटपटकको योग देखिएकाले सवारी र हतियार चलाउँदा सजग रहनुहोला।


 

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , द ( अर्िींरीर्ळीी ) केही संघर्ष गर्नुपरे पनि अनुभव, चुनौती र आवश्यकता ने कर्मयोगका प्रेरक बन्नेछन्‌। लगनशीलताले बिस्तारे लक्ष्यमा पुऱ्याउनेछ। अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैलाई फाइदा हुनेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्‌नेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्‌नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्‌। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्‌। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्‌नेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। स्वास्थ्यका लागि खर्चनुपरे पनि व्यावहारिक समस्या समाधान हुनेछन्‌।


 

 मीन : दि , दु , थ , झ , ञ , दे , दो , च , चि ( झळीलशी ) यो महिना केही संघर्षमय रहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसाय र नियमित काममा पनि बाधा पुग्न सक्छ। चिताएको लाभांश नउठ्‌नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्‌नेहरूले दुःख दिनेछन्‌। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। कब्जियत वा ढाड, कम्मर सम्बन्धी समस्याले सताउने समय छ। पाउमा चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिवारमा असमझदारी बढ्‌नेछ। शुभचिन्तकहरूको सहयोगले समस्या पार लगाउन सकिनेछ।