राशिफल 01 July 2019 - देखि 1st August 2019 - सम्म

मेष : यो महिना तपार्इंको लागी कुनै आफ्नो आफन्तको सम्बन्धबाट भरपूर सहयोगको आशा गर्न सकिन्छ। साथै व्यवहारिक स्थिति पनि पहिलाको भन्दा सुध्रने सुधारकारी योग परेको छ। नयाँ कामको श्रीगणेश हुने देखिन्छ। तर अरूको पूर्ण विश्वास गरिछाड़ेको खण्डमा आर्थिक हानी हुने समय देखिन्छ। भूमी, भवन, यानवाहनहरूको क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी देखिन्छ। पिता-पुत्र, भाई-बन्धुबाट पनि सामान्य सहयोगको आशा गर्न सकिन्छ। रोजी रोजगारी मध्य व्यापारी, उद्योगी, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार, रिपोर्टर, कलाकार आदि सबैको लागी सामान्य सुधार हुने समय देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 2, 3, 8, 9, 12, 15, 19, 23, 27, 28, शुभरंग रातो मेरून, अशुभ कालो-निलो।

 

वृष : यो महिना तपार्इंको लागी कुनै आफ्नो नयाँ कार्य गर्ने अवसर मिल्नेछ। कारोबारी क्षेत्रमा गर्दैै गरेको कार्य सफल हुने समय देखिन्छ। पुरा महिना कार्य क्षेत्र साथै भोग विलासीतर्फ व्यस्तताले बित्ने समय देखिन्छ। कुनै खाँचो परेको वस्तु मिल्नेछ। शेयर सट्टा, चिट्टा-पट्टा, भूमी भवन, यान-वाहन रुपियाँ-पैसाको लेनदेन होशीयारसँग गर्नुपर्ने देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी उद्योगी, कागज पत्र, लेखक पाठक साहित्यकार, नोकरीचाकरी, सरकारी नोकरी गर्ने समाजिक कार्यकर्ता राजनेता, युवा युवती सबै प्रकारका नारी-पुरुषसहित सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाको शुभ ता। 2, 3,4, 8, 9, 13, 15, 18, 22, 26, 29, 30, शुभरंग सेतो, छिर्केमिर्के, अशुभ पहेंलो।

 

मिथुन : यो महिना तपार्इंको लागी रोगीहरूको लागी स्वास्थ्यमा केही गड़बड़ीको लागी चिन्ता ग्रस्त रहने छ। कुनै पुरानो वादविवादले गर्दा मनमा खिन्नत रहने देखिन्छ। कुनै पुरानो भित्रसँग मिलन हुने साथै रोकिएको कार्य पुनः सुचारू हुने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा कुनै रोकिएको कार्य अगाड़ी बढ्‌ने समय देखिन्छ। होशीयर छर-छिमेकी आफ्ना आफन्तमा वादविवादले गर्दा समय सम्बन्ध साथै रुपियाँ पैसाको केही नोक्सान हुने समय देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी गृहस्थी, युवायुवती नवदम्पतीहरूको जीवनसाथी मिल्ने देखिन्छ। साथै दम्पतीहरूको लागी सन्तान सुख मिल्ने देखिन्छ। सबै प्रकारका नारी-पुरुष जलपान, तर्फ काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका लागी शुभ ताः 2, 3, 8, 9, 12, 15, 17, 21, 27, 29, 31, शुभरंग हरियो गहूँ, अशुभ सेतो।

 

कर्कट : यो महिना तपार्इंको लागी पुरानो छाड़ी नयाँ तरिकाले कार्य गरेको राम्रो हुने समय देखिन्छ। घरमा पूजापाठ, ग्रहजाप गर्नुपर्ने समय देखिन्छ। रोगीहरूको रोगले दुःख दिने छन्‌। छर-छिमेकीहरूसँग पनि वादविवाद हुने योग परेको छ। साझाकार्यको लागी विचार पुऱ्याएर कार्य गर्नुपर्ने नत्र प्रवल समय देखिन्छ। रोजीरोजगारी, रूपिया-पैसा, यान-वाहन, भूमीभवन सबै क्षेत्रमा कार्य गर्नेेहरूको लागी सामान्य रहन देखिन्छ। होशीयार रहनु पर्ने यो महिना अशुभ ताः 1, 4, 7, 10, 12, 14, 20, 25, 28, 30  शुभरंग सेतो घीऊ, अशुभ पहेंलो।


सिंह : यो महिना तपार्इंको लागी कुनै क्षेत्रमा गर्दै गरेको कार्यको लागी निरन्तर लागीपरेको खण्डमा अवश्य सफलता मिल्ने देखिन्छ। सरकारी नोकरी गर्नेहरूको मान-सम्मान, पदप्रतिष्ठा मिल्ने समय देखिन्छ। ठेक्का पट्टा तर्फ काम गर्नेहरूको लागी रुपियाँ पैसाको कमी आउने देखिन्छ। यान-वाहन, भूमी भवनको तर्फ काम गर्नेेहरूको लागी सामान्य लाभ मिल्ने देखिन्छ। जलपान पानी पदार्थको क्षेत्रमा काम गर्नेहरूको लागी लाभकारी योग छ। कलाकारहरूको लागी समय लाभकारी हुने देखिन्छ। रोजीरोजगारी मध्ये व्यापारी, शिक्षक, विद्यार्थी, लेखक पाठक, साहित्यकार, कलाकार, पत्रकार, वकिल, जज, होटल,लज, खानपानको क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहनुपर्ने यो महिनाको अशुभ ताः 3, 5, 9, 12, 14, 18, 22, 26, 28, 30, शुभरंग रातो मेरून सुन्तला, अशुभ कालो-निलो।

 

कन्या : यो महिना तपार्इंको लागी मनमा अस्थिरताको भावना बढ्‌ने वादविवादले गर्दा मनमा केही अशान्ति रहने समय देखिन्छ। बैवाहिकहरूको लागी घर परिवार पति पत्नीमाकेही सामान्य वादविवादले पनि मन खिन्न रहने समय देखिन्छ। महिनाको मध्य उत्तरार्ध समयमा केही सफलता मिल्ने समय देखिन्छ। कुनै मित्रको आगमनले गर्दा रमाइलो क्षण साथै खुशी मिल्ने समय देखिन्छ। व्यापारी वर्गको लागी लाभ गृहस्थीहरूको लागी सन्तान सुख, नव युवतीहरूको लागी जीवनसाथी मिल्ने समय देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी, खेती किसान, कागज पत्र, सरकारी नोकरी, सामाजिक कार्यकर्ता, राजनीतिज्ञ सबै वर्गका लागी समय सामान्य रहने देखिन्छ। शुभकामकोलागी यो महिनाका शुभ ताः 2, 5, 8, 12,  16, 19, 20, 24, 26, 29, शुभ रंग हरियो गहूँ, अशुभ सेतो।

 

तुला : यो महिना तपार्इंको लागी धनागमनमा गड्‌बड़ी पारिवारिक झमेला भएर स्थान परिवर्तन हुने समय देखिन्छ। रुपियाँ पैसाको अभावले गर्दा मनमा अशान्ति हुने देखिन्छ। कृषी, भूमी, खेतीपातीहरूमा पनि केही सामान्य हानी हुने देखिन्छ।  जलपानले गर्दा हानी नोक्सानी हुने समय देखिन्छ। होशीयार विनाकारण खर्च गर्नका लागी सोच्नु पर्ने समय देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 4, 6, 11, 13, 17, 19, 23, 25, 27, 31, शुभ रंग रातो मेरून, अशुभ पहेंलो।

 

वृश्चिक : यो महिना तपार्इंको लागी धनागमनमा गड़बड़ी पारिवारिक झमेला भएर स्थान परिवर्तन हुने समय देखिन्छ। रूपियाँ-पैसाको अभावले गर्दा मनमा अशान्ति हुने देखिन्छ। कृषी भूमी खेतीपातीहरूमा पनि केही सामान्य हानी देखिन्छ। स्त्री पुत्र, सन्तानबाट पनि उलझन्‌ले गर्दा मानसिक शारीरिक कष्ट हुने देखिन्छ। जलपान, होटल, गाड़ीघोड़ाको क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी भए पनि विमारीले गर्दा हानी नोक्सानी हुने समय देखिन्छ। होशीयारी विनाकारण खर्च गर्नका लागी सोचनु पर्ने समय देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 4, 6, 11, 13, 17, 19, 23, 25, 27, 31 शुभ रंग रातो मेरून, अशुभ पहेंलो।

 

धनु : यो महिना तपार्इंको लागी रूपियाँ पैसा साथमा राखि जति बेर समय आउँछ। त्यतिवेर लगानी गरेमा अवश्य लाभ मिल्ने समय देखिन्छ। जीवनसाथीसँग सामान्य वाद विवादले चिन्ता ग्रस्त बित्ने समय देखिन्छ। कुनै शुभ कामको श्रीगणेशले गर्दा आफ्ना आफन्तसँग मिलजुल हुने समय देखिन्छ। कलाकारी क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। बुद्धि पुऱ्याएर कार्य गरेमा भविष्यको लागी लाभकारी हुने देखिन्छ। अन्न-धन्न, सुन-चाँदी, यान-वाहन, भूमी, भवन आदिको लाभ मिल्ने देखिन्छ। रोजी रोजगारी मध्य उद्योगी, व्यापारी कुनै क्षेत्रमा काम गर्नेहरूको लागी यो महिना सामान्य लाभ मिल्ने देखिन्छ। शुभ कामको लागी यो महिनाका शुभ ताः  4, 5, 6, 13, 14, 22, 24, 26, 30, 31, शुभरंग पहेंलो गेरूवा, अशुभ सेतो-कालो।

 

मकर : यो महिना तपार्इंको लागी धनको कमीले गर्दा गर्दै गरेको काम केही रोकिने समय देखिन्छ। साथीसँग आफ्ना आफन्तमा पनि सामान्य मन मुटाउ आउने समय देखिन्छ। आम्दानी भन्दा खर्च बढ्‌ने कारण मनमा सामान्य चिन्ताले सताउने देखिन्छ। धर्मकर्ममा मन बढ्‌ने देखिन्छ। महिनाको मध्य उत्तरार्धमा केही सुख सुविधा धनमानको आगमन हुने लाभकारी समय देखिन्छ। गुप्त शत्रुबाट होशीयार रहनुपर्ने छ। यान वाहन, लोहालकड़ आदिमा काम गर्नेहरूको लागी समय लाभकारी देखिन्छ। सामाजिक कार्यकर्ता साथै सरकारी नोकरी गर्नेहरूको लागी मानसम्मान पदप्रतिष्ठा बढ्‌ने समय देखिन्छ। शुभकामको श्री गणेश गर्नुपर्ने समय देखिन्छ। यो महिनाका शुभ ताः 2, 6, 8, 12, 14, 18, 22, 26, 28, 30, शुभ रंग निलो, कालो अशुभ रातो-पहेंलो।

 

कुम्भ : यो महिना तपार्इंको लागी व्यापारिक कार्यमा लाभ मिल्ने समय देखिन्छ। घर परिवारमा वादविवादले मनमा खिन्नता मिल्ने देखिन्छ। कार्य गर्दा विचार पुऱ्याएर गर्नुहोला नत्र गुप्त शत्रुहरूले कार्य क्षेत्रमा बाधा पुऱ्याउने समय देखिन्छ। विनाकामको व्यस्तताले गर्दा पनि घर परिवारमा सामान्य वाद-विवाद हुनसक्छ। कुनै साथीसंगीहरूलाई कामको जिम्मेवारी दिएर आफू निश्चिन्त नभएको राम्रो होला, नत्र हानी हुने समय देखिन्छ। रोजी रोजगार, मध्ये व्यापारी, लेखक, पाठक, साहित्यकार, शिक्षक विद्यार्थी, रोगी, डाक्टर दवाई पानी जलपान होटल लज, यानवाहन, भूमी भवन शेयर सट्टा, चिट्टापट्टा नारी पुरुष सवै वर्गलाई शुभकामको थालनी गर्दा यो महिनाका शुभ ताः 3, 5, 7,9,13, 17, 22, 24, 29, 30, शुभ रंग निलो मैलो, अशुभ रातो-पहेंलो।

 

मिन : यो महिना तपार्इंको लागी नयाँ युवा युवतीहरूकोलागी प्रेम सौहार्द, यात्रा, खुशी हुने समय भए पनि घरपरिवारको अड्‌चनले गर्दा मन खिन्न रहनेछ। सामाजिक कार्यकर्ताहरूको लागी कार्य क्षेत्रमा व्यस्तताले समय बित्ने देखिन्छ। स्वास्थ्य सम्बन्धी केही सचेत हुने समय देखिन्छ। कार्य क्षेत्रमा  आउनुभन्दा ठूलाबड़ाहरूको सरसल्लाह लिएर अगाड़ी बढ़े अवश्य लाभ मिल्ने समय देखिनछ। राजनीतिज्ञहरूको लागी समय सफलता मिल्ने देखिन्छ। नोकरी पेसा गर्नेहरूको लागी कामको चापले गर्दा व्यस्तता रहने देखिन्छ। रोजी रोजगार मध्य व्यापारी सबै वर्गको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 3, 5, 11,12,18,20, 22, 24, 27, 29, 31, शुभरंग पहेंलो गेरूवा, अशुभ कालो निलो।