सिक्किमका धेरै खेलाड़ीहरू अन्तर्राष्ट्रिय मैदानमा पुगुन्‌- गोले

  • 2026-10-18 21:04:11

मुख्यमन्त्री पी.एस. गोले स्वयं एक समयका उत्तम फूटबल खेलाड़ी हुन्‌। आज सिक्किमको मुख्यमन्त्री बनेर उनले खेलाड़ीहरूको दुःख-कष्ट अनि समस्याहरूको समाधान खोज्ने क्रममा पुरस्कार राशीहरूमा भारी बड़ोत्तरी गरिदिएका छन्‌। यसले गर्दा सिक्किमे खेलाड़ीहरूलाई खेल क्षेत्रमा ठूलो प्रोत्साहन पाएका छन्‌।

खेलाड़ीहरूको पुरानो पुरस्कार राशीलाई बड़ोत्तरी गर्दै मुख्यमन्त्रीले निम्न प्रावधानहरूलाई अनुमोदन गरेका छन्‌। 

आगामी 23 जुलाईदेखि आरम्भ हुने टोकिया ओलम्पिक्समा पदक विजेता, सिक्किमे खेलाड़ीहरूको निम्ति राज्य सरकारद्वारा प्रदान गरिने पुरस्कार राशि वृद्धि गरिएको छ। 

अबदेखि ओलम्पिक्समा स्वर्ण पदक विजेता सिक्किमे खेलाड़ीलाई सरकारले 2 करोड़ 50 लाख रुपियाँ पुरस्कार राशि प्रदान गर्नेछ। यसरी नै रजत पदक विजेतालाई 1 करोड़ 50 लाख र काँस्य पदक विजेतालाई 1 करोड़ रुपियाँ प्रदान गरिनेछ। पहिले यो राशि क्रमैले 2 करोड़, 1 करोड़ र 50 लाख रुपियाँ थियो। 

टोकियो ओलम्पिक्समा सहभागिता जनाउ गएका खेलाड़ीहरूलाई साथै भावी युवा खेलाड़ीहरूलाई प्रोत्साहित गर्न सरकारले यसरी पदक विजेताहरूलाई प्रदान गर्ने पुरस्कार राशि वृद्धि गरेको पनि मुख्यमन्त्रीले बताए। 

एकल खेलाड़ीहरू साथै पदक विजेता टीमका खेलाड़ीहरूको निम्ति पनि सरकारले पुरस्कार राशिको घोषणा गरेको छ। अबदेखि ओलम्पिक्समा स्वर्ण पदक जित्ने टीमका प्रत्येक सिक्किमे खेलाड़ीलाई 25 लाख रुपियाँ प्रदान गर्नेछ भने रजत र काँस्य पदक विजेता टीमका सदस्यहरूलाई क्रमैले 10 र 5 लाख रुपियाँ प्रदान गरिनेछ।

 

अन्य लेखहरू