दार्जीलिङ-सिक्किम विलय मुद्दा

  • 2026-10-21 22:39:13

 

दार्जीलिङका गोर्खा राष्ट्रीय कङ्‌ग्रेसले दार्जीलिङ-सिक्किम विलयको मुद्दालाई केही दिनसम्म पहाड़का कुना-कन्दराहरूसम्म गुञ्जाए। चौतर्फी विरोधको सामना पनि झेल्नु पऱ्यो पहाड़मा कहिल्यै जनाधार सृजना गर्न नसकेको उक्त पार्टी र नेताहरूले। 

गोर्खा राष्ट्रीय कङ्‌ग्रेसले न केवल सिक्किम अपितु दार्जीलिङ कै कतिपय पार्टी र बौद्धिक समाजबाट पनि विरोधको सामना गर्नुपऱ्यो। 

यसै सन्दर्भमा सिक्किमका मुख्यमन्त्री पी.एस. गोलेले पनि यस विषयमा आफ्नो स्पष्ट अड़ान राख्दै छोटकरीमा यो असम्भव विषय रहेको बयान दिए। 

उता दार्जीलिङ जिल्लाका एक विद्वान अनि जे.एन.यू. दिल्लीका प्रोसेसर महेन्द्र पी. लामाले पनि यसको विरोध जनाउँदै यस मागको कुनै आधार नरहेको बताएका छन्‌। 

 

ताः 24 जुलाईको दिन आसामको गौहाटीमा सम्पन्न।

 

मुख्यमन्त्री गोलेका पिताको उपचार एसटीएनएम अस्पतालमा

मलाई आफ्नै राज्यको चिकित्सा सेवाप्रति विश्वास छ : गोले

गत सप्ताहा मुख्यमन्त्रीका पिता सिकिस्त विरामी परेर राजधानीस्थित एसटीएनएम अस्पतालमा भर्ना भए। उनको उपचार सरकारी अस्पतालकै विशेषज्ञहरूले गरे।

यस अवसरमा उनले पत्रकारहरूको जिज्ञासाप्रति जवाब दिँदै दिए- मेरो पापाको उपचार गर्न राज्य बाहिर लान जरूरी सम्झिन, कारण मलाई आफ्नै राज्यका डाक्टर, नर्सहरूमाथि पूर्ण भरोसा छ। मेरो पापा यसै निको हुनेछन्‌ मलाई विश्वास छ। 

साधारणतः मुख्यमन्त्री जस्तो उच्च ओहोदामा पुगेका बिरलै व्यक्तिहरूको आफ्नो ठाउँको डाक्टर अनि अस्पतालहरूप्रति यस्तो सोच हुनेगर्छ। 

आजसम्म प्रथा त के छ भने कुनै पनि भीआईपी-को आफन्ता विमार भएको खण्डमा तुरून्तै दिल्ली, कलकत्ता, बेंगलोर जस्ता ठूला ठूला अस्पतालहरूमा कुदाइन्छ।

 

खोला तर्दै गरेको फोटो

राज्यका दुर्गम स्थानहरूको भ्रमण गरेर, खोला-नाला, भीर-पहराहरूको स्थलगत भ्रमण गरेर कार्ययोजना बनाउँन वर्तमान सिक्किमका मुख्यमन्त्री पी.एस. गोलेको विशेषता हो। अभियन्ताहरू निर्मित प्रत्येक पूर्वाधारहरू जस्तै बाटो-घाटो, पूल-भवन, अस्पताल स्कूल सबैको व्यक्तिगत भ्रमण गरेर मात्र मुख्यमन्त्री गोले सन्तुष्ट हुन्छन्‌।


 

सबै सिक्किमे गरीब परिवार पक्का घरमा बस्नुपर्छ : गोले

आफू स्वयं एउटा गरीब परिवारबाट आएका मुख्यमन्त्री गोले आफ्ना कतिपय सम्बोधनहरूमा भन्ने गर्छन्‌- गरीब र गरीबि के हो? मैले जानेको छु। मैले बुझेको छु। मैले भोगेको छु। बर्खामा चुहुने घर अनि हिउँदाको चिसो चूल्हा मैले देखेको छु। 

यसकारण म चाहन्छु, प्रत्येक गरीब परिवारका सिक्किमे सन्तानले पक्का घर, कमसेकम एक तले बिल्डिङमा बस्नु पाउनु पर्छ।

मुख्यमन्त्री गरीब आवास योजना अन्तर्गत आज एसकेएम सरकारले गाउँ-गाउँमा सत्रह लाखे घर गरीबि रेखादेखि उँधोका केही जमीन हुने परिवारलाई प्रदान गर्दै आएको छ। 

देशका अन्य राज्यहरूले आफ्ना गरीब जनतालाई एक तले बिल्डिङ बनाइदिने योजनाको शुरूआत गरेको थाहा पाइएको छैन।

अन्य लेखहरू