दशकौं अघिदेखि पूर्व सरकारले थाँतिमा राखेको दुइ प्रमुख मागहरू  सरकारमा प्राप्त एसकेएम जनगणबाट मुख्य मन्त्रीलाई धन्यवादको ताँती

  • 2026-10-31 04:59:38

 किरण छेत्री

सन्‌ 1975 मा सिक्किम भारतमा विलय हुँदा एउटा सिंगो  भनि सार्वभौम देश सिक्किमको चारवटा जिल्ला नै थियो। गान्तोक, गेजिङ, नाम्ची अनि मंगन। जसलाई पूर्व जिल्ला, पश्चिम जिल्ला, दक्षिण जिल्ला अनि उत्तर जिल्ला भनिन्छ।

हिज सिक्किम जत्रो थियो, आज त्यत्रै छ। यसको भौगोलिक आयतनमा कुनै परिवर्तन आएको छैन। आएको छ त वृहत रूपमा राजनैतिक परिवर्तन, सामाजिक परिवर्तन अनि अनियन्त्रित जनसंख्यामा परिवर्तन।

आज सिक्किमको जनसंख्या आठ लाखभन्दा बड़ी छ। गाउँहरू असाध्य बड़ेर गएको छ। बजारहरू जताततै स्थापित भएको छ। पुराना साना-साना हाट बजारहरूले ठूलो बजारको रूप लिएको छ। 

स्कूल, अस्पताल, सरकारी कार्यालय सबै बड़ेर गएको छ जसले गर्दा सिक्किम आज अर्कै आधुनिक रूपमा सजिएको एउटा भारतीय गणराज्य भित्रको सानु हिमाली राज्य बन्न गएको छ। 

यो परिवर्तित सिक्किममा आजभन्दा दश-पन्द्रह वर्ष अघिदेखि पूर्व जिल्लामा पाक्योङलाई एउटा जिल्ला घोषित गर्ने माग जनगणबाट भइरहेको थियो। पूर्व एसडीएफ सरकारले यो माग हामी पूरा गर्नेछौं भन्ने आश्वासन पटक पटक दिएको भए तापनि 2019 चुनावसम्म दिन सकेन। 

यसरी नै पश्चिम जिल्लाको सोरेङलाई पनि जिल्ला बनाउने दिशामा स्थानीय जनताहरू लागिपरेका थिए। सो माग पनि अपूरो थियो। 

तर सिक्किमेली ग्रामीण जनताको दीर्घमियादी यी दुइवटा मागलाई पूरा गरेर वर्तमान एसकेएम सरकार तथा मुख्यमन्त्री पी.एस. गोलेले जनताको मन जित्न सफल भएका छन्‌। 

27 मई 2019 को दिन पच्चिस वर्षे एसडीएफ सरकारलाई सत्ताच्युत गरेर सिक्किम क्रान्तिकारी मोर्चाको सरकार गठन भयो। सरकार बनेको भोलिपल्टैदेखि शिक्षित, युवा, उर्जावान अनि दूरदर्शी मुख्यमन्त्री पी.एस. गोलेले सरकारमा प्रशासनिक सुधारका कामहरू भटाभट गर्नथाले। यस काममा उनलाई विगत पन्द्रह वर्षसम्म आफू मन्त्री भएर काम गरेको अनुभवहरूले साथ दियो। 

राज्यका प्रत्येक जिल्ला मात्र नभएर प्रत्येक महकुमा वा खण्ड स्तरसम्म पुगे। मानिसहरूको गुनासो सुने/बुझे/ अनि तत्काल निर्णय लिए। यस्तै एउटा मुख्य निर्णय र घोषणा मुताबिक जनताले एउटा पुराना माग हासिल गर्न सफल बन्यो।

सिक्किममा अब थप दुइवटा जिल्ला बन्नेछ-पूर्वमा नयाँ पाक्योङ जिल्ला अनि पश्चिममा नयाँ सोरेङ जिल्ला।

मुख्यमन्त्रीले सोरेङको एउटा सभामा बोल्दै भने कि कोरोना महामारीको कारण यस वर्ष (2021) मा यो नयाँ जिल्ला गठनको कार्य सम्भव छैन तर 2022 मा यो व्यवहारिक रूपमा सम्पन्न हुनेछ। 

यी दुइ जिल्ला स्थापना भएपश्चात सोरेङ महकुमा अन्तर्गत अभेग गाउँ-बस्तीका जनताले गेजिङ जिल्ला कार्यालय अनि पाक्योङ महकुमाका जनताले गान्तोक धाइबस्ने कष्टबाट मुक्ति पाउनेछन्‌। 

दुवै महकुमाका आम जनताले उनीहरूको यो दीर्घमियादी माग पूरा गरिदिएकोमा मुख्यमन्त्री पी.एस. गोलेलाई मुरीमुरी धन्यवाद साथै स्थायी रूपमा राजनैतिक समर्थन दिइरहने आश्वासन दिएका छन्‌। 


 

अन्य लेखहरू