-मीमलाल सापकोटा
बंगालमा भाजपाले खुट्टा हाल्नमा गोर्खाको साहयताले हो जब देशमा कंग्रेसको सरकार हुँदा पनि गोर्खाले भाजपालाई जिताएको हो। 15 वर्षसम्म पनि दार्जीलिङले भाजपालाई जिताएको हो जुन आदिवासीलाई जनताले मन्त्री पदमा पुऱ्याएमा त्यो पनि गोर्खाको भोटले जितेको हो। आज भाजपा जहाँ गोर्खाका वाहुल्य छ त्यहाँ जितेको छ। जस्तै आसाम पूर्वाञ्चल गोर्खा भएकाले भाजपाले जितेको छ। उत्तराञ्चल, हिमाचल प्रदेशमा पनि गोर्खा भएकाले भाजपाले जितेको हो तर आज मोदी सरकारले ठूलो परिवर्तन गऱ्यो तर गोर्खालाई सम्झेर एकजना पनि मन्त्री बनाएन। कारण मोदी सरकार एक प्रकार गोर्खा विरोधी छ भन्नामा अतियुक्ति नहोला। साथै गोर्खाको बाहुल्य भएको सिक्किम सरकारले पनि आफ्नो एकमात्र सांसद भाजपालाई समर्थन गर्न लगायो। भाजपाले पढ़ेका छ भने हाम्रो दुवै सांसद राजु विष्ट र सांसद इन्द्रहाङ सुब्बा भाई दुवै जना शिक्षितहरू उनीबाट कुनै पनि काम हुन सक्थ्योतर भाजपाले त्यो विचार गरेन। के हामीले बुझ्न पर्छ भाजपा सरकार गोर्खा विरोधी हुन्। गुजराज र महाराष्ट्रमा भएका गोर्खाहरू भारतीय छैनन् उनीहरू नेपालबाट कमाउन आएका हुन् भाजपाले उनीहरूलाई हेरेर हामी दार्जीलिङ, सिक्किम तथा डुवर्स, असम पूर्वाञ्चलमा गोर्खाहरूलाई तुलना गरेका छन्। यताका गोर्खा नेपालबाट आएका हैन अंग्रेज भन्दा पहिला मुगलको जमानामा आएका अथवा भूटानको राजाले बोलाएर ल्याएको तथा सिक्कक्किमको राजाले बोलाएर ल्याएको अंग्रेजले फौजमा भर्ना गर्न नेपालबाट गोर्खालाई ल्याएको हो।
भाजपाले गुजरात, महाराष्ट्र, दिल्लीमा भएका नेपाली गोर्खालाई तुलना गर्न हुँदैन। गोर्खा बस्ने ठाउँ पहाड़ हो पहाड़ नपाए त्यहाँ स्थायी प्रकारले बसोबासो गर्दैन। दार्जीलिङ, डुवर्स, सिक्किम पूर्वाञ्चलमा पहाड़ भएर गोर्खा स्थायी बारे विचार गरे। यो खटिखाने जाती हो सबैसँग मिलेर बस्ने जाति हो, यो जातिमा घमण्ड छैन। धनी हुने पनि विचार छैन। भारतमा कुनै जाति नगर क्षेत्रमा गएर बस्न सक्दैन तर गोर्खा मणिपुरी, त्रिपुरा, असामी, बंगाली, उत्तराञ्चल, हिमाचल र पंजाबी सबैसँग मिलेर बस्ने जात हो। हामी भारतको प्रत्येक पंधेरामा छौं। अण्डमान द्वीप समुद्र, लक्ष्यदीप समुद्रमा पनि गोर्खा छन्। यसरी भारतभरीका गोर्खाले भाजपालाई सहयोग गरेको छ। डाँड़ा, गोरेटा छन् त्यहाँ भाजपा सरकार छ तर भाजपाले गरेकोलाई हेरचाह गरेको हामी हेर्न पाइरहेका छैनौं। काश्मीर जस्ता ठाउँमा पनि भाजपाले वील पास गरेर काश्मीरलाई यु.टी.मा परिणत गर्न सक्छ भने आरम्भदेखि गोर्खा बंगालमा रहन नचाहेको हो तर बुझ्दा बुझ्दै गोर्खालाई महत्व नदिएको हो। यसपाली भाजपाले राम्रैसँग बुझ्यो होला। बंगाली यस्तो जाति हो त्यहाँ गोर्खाहरूलाई कति कष्ट दिएको छ कति अप्ठ्यारो पारेको छ त्यो भाजपाले बुझे पनि गोर्खाहरूलाई बंगालदेखि अलग नगरेर पाप गरेको छ गोर्खा गान्धीजीको आन्दोलनमा पनि 89 जना भारतीय हुँदा गोर्खा दुइजना थिए विष्ट र गोले यसवर्ष पनि सिक्किम जस्तो ठाउँबाट सिक्किममा मुख्यमन्त्री गुजरात पुगेर सामेल भए तर पनि भाजपाले गोर्खालाई महत्त्व दिएको छैन। यदि ईश्वर छन् भने पाप लाग्छ भन्ने कुरो साँचो हो भने भाजपालाई गोर्खाको पाप अवश्य लाग्ने छ।

