सलील ज्ञवालीको पुस्तक अब कर्नाटक सरकारले पनि प्रचार-प्रसार गर्ने 

  • 2026-10-23 14:42:07

सलील ज्ञवालीको विश्व प्रसिद्ध पुस्तक ‘ग्रेट माइन्डस अव्‌ इन्डिया’-लाई कर्नाटक सरकारको तत्परतामा अब कन्नड़ भाषाको अनुवादमा छापिने भएको छ। बङ्गलुरुका केही साहित्यिक र सांस्कृतिक संस्थानहरूले कर्नाटकका मुख्यमन्त्री सिद्धलिङ्गप्पा यदुरप्पालाई आग्रह गरेपछि उनको सरकारले नै कन्नड़ रूपान्तरण, मुद्रण र प्रसारणका लागि अनुमोदन गरेको हो। 

वर्ष 1998-मा अङ्‌ग्रेजीमा लिखित उक्त पुस्तकका टङ्‌कन संस्करणका केही प्रति बिक्री भएपछि 2008-मा प्रथम मुद्रित संस्करण प्रकाशमा आएको थियो। यसलाई मेघालयका तत्कालीन राज्यपाल श्री आर.एस. मुसहारीले विधिवत्‌ विमोचन गरेका थिए। त्यसपछि निस्केका हिन्दी, मलयलम्‌, गुजराती, बङ्गला र मराठी संस्करण क्रमैले छत्तीसगढ़का मुख्यमन्त्री, महाराष्ट्रका राज्यपाल र गुजरातका मुख्यमन्त्रीले विमोचन गरेका थिए। राष्ट्रिय वैमानिकी तथा अन्तरिक्ष प्रबन्धन (नासा), हस्टन, संयुक्त राज्य अमेरिका-का वैज्ञानिक ए.भी. मुरली आफैले सम्पादन गरेको अङ्‌ग्रेजी संस्करणबाट अहिलेसम्म 10 वटा भाषामा अनुवाद भइसकेका छन्‌- हिन्दी, तमिल, तेलुगू, मलयलम्‌, मराठी, गुजराती, मणिपुरी, बङ्गला र जर्मन। 

 भर्खरै भारत सरकारको विदेश कार्य विभाग दिल्लीले ज्ञवालीको यस शोधपूर्ण संकलन ग्रन्थ प्रमुख विदेशी राजदूत र कुटनयिकहरूलाई बाँड़्‌ने निधो गरेको थाहा लागेको छ। 

स्मरण गराइन्छ कि यस ग्रन्थमा विश्वविख्यात विद्वानहरूले भारतीय मनीषीहरूद्वारा प्रस्तुत ज्ञान, प्राचीन ग्रन्थ र भारतीय विद्याबारे व्यक्त गरेका विचारहरू सङ्‌ग्रह गरिएको छ।

गुजरातका भूतपूर्व गभर्नर श्री ओ. पी.कोहली ज्ञवालीको पुस्तक बारे भन्छन्‌- यो अनुपम पुस्तकले शिक्षित औ   बौद्धिक व्यक्तिहरुलाई  प्राचिन साहित्यिक को विराटता बारे छर्लङ्ग  पार्छ। सलिल ज्ञवालीले आफ्नो उत्कृष्ट अनुसन्धान कार्यबाट राष्ट्रको लागी  जो  योगदान पुऱ्याएका छन्‌  सो कुरा शब्दमा वर्णन गर्न सकिँदैन।

अन्य लेखहरू