हार्दिक श्रद्धाञ्जली टेकबहादुर घतानी

  • 2026-10-18 21:04:10

स्व. टी.बी. घतानी

भारतेली नेपाली पत्रकारिता क्षेत्रका वरिष्ठ पत्रकार तथा सिलगढ़ीबाट प्रकाशित हिमालय दर्पण दैनिक समाचार पत्रिकाका कार्यकारी सम्पादकको रूपमा धेरै वर्षदेखि कार्यरत साथै 80-को दशकदेखि नै सिलगढ़ीबाट प्रकाशित हुने विभिन्न पत्र-पत्रिकामा आफ्नो बहुमूल्य समय दिँदै आज यहाँसम्म आउँदा उहाँको पत्रकारीता क्षेत्रमा धेरै योगदान दिनु भएको सबैको मनमा एउटा छाप बसिरहेको छ। 14 जुलाई 2021 -को दिन अन्तिम स्वास लिएता पनि उहाँले गरेको कार्यप्रति कसैले भुल्न सक्दैनन्‌। पत्रकारिता जगतमा ठूलो क्षति भएको सबैले महसुस गरिरहेका छौं। हँसिला जोशिला, सबैसँगको मिलनसार उहाँ हामीमाझ नरहे पनि सधैं सम्झना रहिरहने छ। अन्तमा सम्पूर्ण शोक सन्तप्त परिवारप्रति मध्यमार्ग परिवारबाट हार्दिक समवेदना प्रकट गर्दछौं।

मध्यमार्ग परिवार

अन्य लेखहरू