अरणी (सानु) क्षुद्राग्निमन्थ

  • 2026-10-30 15:20:59

-आचार्य बालकृष्ण

वानस्पतिक नाम :  उश्रशीेवशपवीशा हिश्रेाळवळी ङ.ऋ.(क्लीरोडेनड्रम्‌ फ्लोमाइडिस) डूप.-तेश्रज्ञराशीळरर् ाीश्रींळषश्रेीर र्इीीा.ष.

कुल : तशीलशपरलशरश (वर्बीनेसी)

अंग्रेजी नाम : थळपव ज्ञळश्रश्रशी (विन्ड किलर)

संस्कृत : क्षुद्राग्निमंथः, लघुमंथः, अरणिका, अग्निमंथिनी;

हिन्दी : टेकार, उरनी, अरणी लघु, तर्कारी, छोटी अरणी

उड़िया : होंतारी (केपींरीळ),

वाताघ्नि (तरींरसहपळ)

उर्दू : अरनी (अीपळ)

कन्नड़ : तग्गि (ढरससळ),

तग्गिगिडा (ढरससळसळवर)

गुजराती : अरणी (अीरपळ), उरनी (णीरपळ)

तमिल : तालुडालाइ (ढरर्श्रीवरश्ररळ), थलञ्जी (ढहरश्ररपक्षळ)

तक्कारी (ढसीळ)

तेलुगु : तलुकि (ढरर्श्रीज्ञळ), तक्कोलामु (ढरज्ञज्ञेश्रर्राी)

बंगाली : अरनी (अीरपळ) गणियारी (ॠरर्पीूरीळ)

मराठी : टंकाली (ढरपज्ञरश्रळ), ऐरनमूल (अळीरर्पाीश्रर)

मलयालम :  तिरूतालि (ढर्ळीीींरश्रळ)

परिचय : यसको वृक्ष लगभग 9 मी. उच्चाई, वृहत आरोही, झाड़ी हुन्छ सानो तथा ठूलो अरणीको वीर्य रस दुवै एउटै गुणको हुन्छ। सानो अरणी भारतको प्रायः सबै ठाउँ पाइन्छ विशेष पश्चिमी हिमालय तराई, उत्तर प्रदेश, उत्तराखण्ड आदि स्थानमा धेरै पाइन्छ। 

आयुर्वेदीय गुण-कर्म एवं प्रभाव

सानो अरणीको रसमा मधुर, कटु, तिक्त; वीर्यमा उष्ण हुन्छ। यसमा प्रयोग शोथ, पाण्डु, अग्निमांद्य टाउको दुख्ने गुल्म, आभ्यन्तर आदिको चिकित्सा गरिन्छ। सानो अरणीको शाग सामान्यतः उष्ण, मधुर, तिक्त रसयुक्त तथा बातको दमन गर्ने हुन्छ। 

औषधीय प्रयोग, मात्रा एवं विधि

सावधानीहरू, निषेध, अनुउपयुक्तता, उचित मात्रानुसार-प्रयोग-मूल तथा पुष्पहरू

कर्णशूल-बेल, एरण्ड तर्कारी (अरणी लघु), बाँसको बीज  अनि समान मात्रामा लिएर पिसेर चूर्ण बनाएर राख्नुपर्छ। निर्मित चूर्णलाई 20 ग्राम जति लिएर 300 मिली आरनाल (कांजी)मा पकाएर प्रयोग गर्दा कर्णशुल कान दुख्ने बन्द हुन्छ। 

अरणी, नीम तथा धतुराको पातको रस बराबर मात्रामा तिल वा तोरीको तेलमा पकाएर तयार गर्नपर्छ नियमित कानमा 2-4 थोपा हाले दुखेको कम्ति हुन्छ र सञ्चो हुनेछ। यसको प्रयोग अथवा केवल अरनीको पातलाई पिसेर स्वरस निकालेर यस स्वरसलाई गुनगना तातो बनाएर 2-4 थोपा कानमा हाल्यो भने पनि कान दुख्नु आदि विकारहरूको दमन हुन्छ। 

प्रतिश्याय - चोरपुष्पी सानो अरणीको बोक्रा, बालवच, जीरा तथा आलौंजीलाई कुटेर चूर्ण बनाएर त्यस चूर्णलाई लुगाको एउटा पोटलीमा बाँधेर सुघ्नाले प्रतिदिन प्रतिश्यायको दमन हुन्छ। 

स्वास कष्ट - सानो अरणीको पत्तालाई पिसेर स्वरस निकालेर 5-10 मिली मात्रामा बिहान र बेलुकी खाने गरे श्वास कष्ट सञ्चो हुन्छ साथै पाण्डु रोग, प्रमेह तथा फिरङङ्ग रोगको दमन हुन्छ। 

उदर-विकार- सानो अरणीको 5-10 मिली पातको स्वरस अथवा 10 मीली मूल-क्वाथलाई खाए अरूचि, अर्जीर्ण, आध्मान, आमाशय शूल अतिसार तथा पेटको जुकाको दमन हुन्छ। यसमा क्वाथ 30-40  मिलीमा अलिकति तोरीको  तेलमा हालेर खाएमा बातज गुल्मको दमन हुन्छ।

पूयमेह - 10 ग्राम अरणीको जरा 200 मिली पानीमा पकाएर क्वाथ बनाएर 10-20 मिली मात्रामा बिहान बेलुकी खाएको खण्डमा अर्श, पूयमेह तथा शोथको दमन हुन्छ।

उपदंश - अरणीको पत्ताको क्वाथ वा स्वरस बनाएर खाएको खण्डमा उपदंश कखा मेदोरोग को दमन हुन्छ। 

प्रदर-रोग- 5-10 मिली पातको रस मिश्रीमा मिलाएर खाएको खण्डमा प्रदर, गर्भाशय शोध अन्य गर्भाशय सम्बन्धी रोगहरू सञ्चो हुन्छ। 

योनिशैथिल्य - योनिशैथिल्यको स्थितिमा त्रिफला, भांग, पठानी लोध्र काँचो अनारको बोक्रालाई समान मात्रामा लिएर चूर्ण बनाउनु। अब यस चूर्णमा तर्कारी (अग्निमन्थ) अरणीको पत्ताको रसको भावना दिएर 500 मिग्रा. को गोली बनाउनु। यस गोलीलाई बेलुकी योनीमा राख्दा योनीको संकोचन भएर योनिशैथिल्य (शिथिलता)को दमन हुन्छ। 

ऊरुस्तम्भ - सानो अरणी, सहिजन, तुलसी, कुटज र नीमको पत्ता मूल र फल समान मात्रामा लिएर क्वाथ बनाएर शरीरमा परिषेक गऱ्यो भने ऊरुस्तम्भको दमन हुन्छ। 

बाल रोग- बेल, अरणी सानो, वंशलोचन, एरण्ड तथा करञ्जलाई समान मात्रामा लिएर क्वाथ बनाएर नानीहरूलाई लगाउँदा बाल-रोगको दमन हुन्छ। 

अन्य लेखहरू