धारा विकास कार्यक्रममा विधायक ढुंगेल सक्रिय

  • 2026-11-01 01:56:28

 मध्यमार्ग प्रतिनिधि

सिक्किमका धेरै प्राकृतिक संसाधनहरूमध्ये ग्रामीण इलाकाहरूमा जताततै पाइने हिटी धाराहरू हुन्‌। आजका मानिसहरूले पिउँने पानीको क्षेत्रमा सरकारी सहयोग मार्फत धेरै सुविधाहरू पाएका छन्‌। सरकारले घर गन्ती पाइप लाईन बिछाएर पिउँने पानी पुऱ्याइदिएको छ। 

तर विगतमा त्यो सुविधा थिएन। हाम्रा अग्रजहरू, बूड़ा-पाकाहरू पूर्ण रूपले धाराको पानीमा निर्भर थिए। अझै पनि धारादेखि गाग्रामा पानी भरेर घरमा ल्याउँदै गरेको दृष्य सुदूर गाउँहरूमा यदाकदा देख्न सकिन्छ। 

यी शुद्ध पिउँने पानीहरूका प्राकृतिक स्रोत हुनेगर्थ्थ्यो, जसलाई पछिबाट हाम्रा पुर्खाहरूले धाराको रूपमा विकसित गरे। 

कालान्तरमा गएर यी धाराहरूको अस्तित्व संकटमा परेर गयो। कतिपय धाराहरू स्वत लोप पनि भए। घर-घरमा पानीको पाइप भित्रिएपछि मानिसहरूले यस्ता धारा-हाम्रो प्राचिन पानीका प्राकृतिक मुहानहरूलाई बिर्से।

तर आज सिक्किम क्रान्तिकारी मोर्चाको सरकारमा यी धाराहरूको खोजि अनि स्याहार, सम्वर्द्धन भइरहेको छ। 

वर्तमान मुख्यमन्त्री पीएस गोलेको दिशा निर्देशनमा 25 अप्पर तादुङ निर्वाचन क्षेत्रका विधायक जी.टी.ढुंगेल यसपालीको वर्खायाममा यस्ता धाराहरूको खोजिी, स्याहार, सम्वर्द्धन अनि उपयोगमाथि युद्धस्तरमा काम गरिरहेका छन्‌। 

यसै सन्दर्भमा यसपाली असारे झरिमा उनी आफ्ना चारै पार्षदहरू साथै समर्थकहरूलाई लिएर आफ्नो क्षेत्रभरिका धाराहरूको खोजीमा निस्के।

25 अप्पर तादुङ क्षेत्रका जम्मै यस्ता धाराहरूको भ्रमण गरिसकेपछि उनले मध्यमार्ग प्रतिनिधिलाई भने-स्थानीय सबै धाराहरूको स्थलगत भ्रमण निरीक्षण गरें। मुख्यमन्त्री चाहानुहुन्छ कि यी धाराहरूको पुनः स्याहार, सम्वर्द्धन अनि सदुपयोग हुनुपर्छ। यी हाम्रा प्राचीन सभ्यता अनि संस्कृतिका प्रतिक हुन्‌। हामी धाराकै पानी पिएर हुर्कियौं, बड्‌यौं। आज आधुनिक सुख सुविधाहरू पाएर हामीले यी धाराहरूलाई शनैः शनैः बिर्सन थाल्यौं। 

तर वर्तमान मुख्यमन्त्रीका दृष्टीमा यी धाराहरू फेरि आए। उनी चाहन्छन्‌ यी सबै प्रकृतिका देन हुन्‌। हाम्रो अमूल्य धरोहर। यसैले यी धाराहरूलाई अब पुञ्जीर्वित गर्ने काम गर्नुपर्छ। 

दिनपरदिन पिउँने पानीको हाहाकार बड़दै गरेको समय यो धारा विकास कार्यक्रम वर्तमान सरकारको समय सापेक्ष कदम हो-विधायक ढुंगेलले भने।

हाल 25 अप्पर तादुङका यी धाराहरूलाई नयाँ रूप दिएर, मुहानलाई सफा अनि दीर्घमियादी बनाएर यसका बहुमूल्य जसस्रोतलाई जनउपयोगमा पुनः ल्याउँने विस्तृत योजनामाथि उनी लागिपरेका छन्‌।

अन्य लेखहरू