स्थानीय डाक्टरहरूलाई मुख्यमन्त्रीको प्रेरणा 

  • 2026-10-30 02:29:07

 मध्यमार्ग प्रतिनिधि

सिक्किम क्रान्तिकारी मोर्चाले सरकार गठन गरेदेखि यता सबैभन्दा धेरै उन्नति र प्रगति स्वास्थ्य क्षेत्रमा गरेका कैयौं प्रमाणहरू पाइन्छ। यसको मूल कारण हो राज्यका मुख्यमन्त्री पी.एस. गोले सिक्किमेली जन-जीवनको स्वास्थ्यप्रति व्यक्तिगत रूपमा गम्भीर छन्‌। प्रत्येक सप्ताह नै उनले स्वास्थ्य क्षेत्रमा नयाँ-नयाँ उल्लेखनीय कार्यहरू गरेका छन्‌ जसको कतिपय विवरण तयार सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेको छ।

तल्लो स्तरका आशा कर्मचारीहरूदेखि लिएर ठूला-ठूला विशेषज्ञ डाक्टरहरूको दुःख-कष्टप्रति मुख्यमन्त्री गोले सधैँ सजग र सचेत रहेको पाइन्छ। उनकै प्रेरणा साथै हौसलाको कारण आज राज्यभरिका डाक्टर, नर्स, आशा कर्मी, सफाई कर्मचारीहरूदेखि लिएर वार्ड ब्वाय, वार्ड गर्लहरू समेत आफ्ना जिम्मावारी वहन गर्नमा गम्भीर देखिन्छन्‌।

राजधानी स्थित एसटीएनएम अस्पताल होस्‌ वा जिल्ला अस्पताल, कुनै पनि मेजर अपरेशनहरू सफलतापूर्वक सम्मान हुँदा मुख्यमन्त्री स्वयंले विशेषज्ञ वा उनको टिमलाई बधाई सन्देश पठाउँछन्‌ अनि सामाजिक सञ्जालमा पनि जनसाधारणको जानकारी हेतु पठाउँछन्‌।

यस्तै एउटा प्रेरणादायी बधाई सन्देशको नमूना यहाँ प्रस्तुत गरिन्छ। सायद यसैले पी.एस. गोले साधारण राजनीतिज्ञ भए तापनि पनि एउटा असाधारण नेता अवश्य हुन्‌- यसमा कुनै शंका छैन।

अन्य लेखहरू