- रोहित शर्मार्
एम.एस.सी. (गणित), बी.एड, सिलगढ़ी
वर्तमान समयमा हाम्रो देशको टेलीकम्युनिकेशन सेक्टर प्रगतिको दिशामा अग्रसर छ। विशेष रूपले 5 जीमाथि व्यापक कार्य भइरहेकोले अनि हालैमा केन्द्रीय मन्त्रीमण्डलद्वारा देशको 16 वटा राज्यको गाउँहरूलाई इन्टरनेटद्वारा जोड्न 19 हजार करोड़ रुपियाँको स्वीकृतिले अब ग्रामीण क्षेत्रहरूमा पनि राम्रो कनेक्टिभीटीको आशा गर्न सकिन्छ। यसैले टेलिकम्युनिकेशन सेक्टरमा धेरै नोकरीहरू खोलिने सम्भावना बढ्को छ।
केन्द्र सरकारले हालैमा भारत नेट प्रोजेक्ट अन्तर्गत उपलब्ध गराएको फण्डले तीन लाख साठी हजार गाउँलाई ब्रोडबैण्ड सेवाद्वारा जोड्ने तयारी चलिरहेको छ। यसअघि एक लाख 56 हजार ग्राम पञ्चायतलाई ब्रोडबैण्डसँग जोड़िसकिएको छ। यसबाट शहरपछि ग्रामीण क्षेत्रहरूमा पनि नेट कनेक्टिभीटी बढ़ाउन सरकार कार्यरत रहेको निश्चित मानिन्छ। देशमा अहिले मेडिकल अनि पुलिस सेवा जस्तै टेलीकम सेवालाई पनि आवश्यक सेवाको श्रेणीमा राखिएको छ। कोभिड महामारीको समयमा जब चारैतिर लकडाउन थियो अनि मानिसहरू घरबन्दी भएका थिए तब टेलीकम्युनिकेशन कति उपयोगी भएको थियो त्यो हामी सबैलाई थाहा छ। वर्क फ्रम होम वा भर्चुअल मिटिङ, वैबिनार, अनलाइन लर्निङ, अनलाइन पेमेन्ट, अनलाइन गेमिङ आदि सबै टेलिकमकै देन हो। यस्तो चुनौतीपूर्ण समयमा पनि सबै सूचारू रूपले चलेकोले होला सरकारले पनि यस दिशामा कार्य गरिरहेको छ। केही दिन अघि चेलीकम सेक्टरमा कलपुर्जाको घरेलु उतापादनको व्यवहार बढ़ाउन प्रोत्साहन योजनालाई स्वीकृति प्रदान गरिएको थियो जसले आत्मानिर्भरतासँगै युवा-पिढ़ीको निम्ति, नोकरीको मौका पनि दिएको छ। यसबाहेक आउँदो वर्षसम्म 5 जी सेवा शुरु गर्ने तयारी चलिरहेको छ। यसोसले यस क्षेत्रमा राम्रो करियरको सम्भावना देख्न सकिन्छ।
एरिक्सन मोबिलिटिको नयाँ रिपोर्ट अनुसार सन् 2026-सम्म भारतमा प्रायः 98 प्रतिशत मानिसहरूसँग स्मार्टफोन हुनेछ अनि त्यस समयसम्म प्रति व्यक्ति डाटा खर्च बढ़ेर प्रायः तीन गुणा हुनेछ। अर्थात 2026-सम्म हामरो देशमा प्रायः 120 करोड़ स्मार्टफोनका युजर्स हुनेछन् जो वर्तमानमा 81 करोड़को हाराहारी छ। कोभिडको कारण मोबाइल डाटाको उपयोग धेरै बढ़ेर गएको छ। घरको आवश्यक सामानहरूको अनलाइन किनबेच, पढ़ाई-लेकाई आदि सबै अनलाइन भइरहेछ। सिनेमा हल बन्द भएकोले ओटीटी (ओवर द टप) अन्तर्गत फिल्म, वेब सिरीज हेर्न थालिएको छ। नानीहरू अनलाइन गेम खेल्न थालेका छन्।
टेलीकम सेक्टरमा टेक्निकल अनि नन टेक्निकल दुई प्रकारको करियरको मौका रहेको पाइन्छ। यदि हामीले चेलीकम्युनिकेशन वा इलेक्ट्रेनिक्स एण्ड कम्युनिकेशनमा बीचेक वा अन्य टेक्निकल कोर्स गरेका छौ भने हामी टेलीकम सफ्टवेयर, इञ्जीनियर, टोलीकम सिस्टम सोल्युशन इञ्जीनियर, कम्युनिकेशन इञ्जीनियर, नेटवर्क इञ्जीनियर जस्ता पदहरूमा नोकरी पाउन सक्छौ। डिप्लोमा वा आइ.टी.आइ. गर्ने युवाहरूले अपरेटिङ, इन्स्लिङ, मेन्चनेन्स जस्ता क्षेत्रहरूमा करियर बनाउन सक्छन्।
चेलीकम्युनिकेशनमा स्नातक, स्नातकोत्तर, डिप्लोमा, पीजी डिप्लोमा आदि कोर्सहरू हाम्रो देशमा भइरहेछ। बी.ई. वा बीटेक-मा प्रवेश पाउन विद्यार्थीहरूले बाह्रौं श्रेणीमा पीसीएम विषय उत्तीर्ण गरेको हुनपर्छ। डिप्लोमा अनि पीजी डिप्लोमा गर्नु हो भने प्रथमतः स्नातक हुन आवश्यक छ।
यी कोर्सहरू गराउने प्रमुख संस्थानहरू-
1) आइआइटी खड़गपुर/दिल्ली (ुुु.ळळींज्ञसि.रल.ळप)
2) विड़ला इंस्टीट्युट अफ् टेक्नो एण्ड साइन्स, पिलानी (ुुु.लळीीं-ळिश्ररपळ.रल.ळप)
3) एनआइईटी, ग्रेटर नोयडा (ुुु.पळशींलेळप)
4) एसआइटीएम, पुणे (ुुु.ीळीांरल.ळप)

