दार्जीलिङे चियाबारीमा एउटा  ऐतिहासिक अभिशाप हट्टा बाहिर!

  • 2026-10-31 05:29:12

 डा. खेमराज शर्मा, कदमतला, सिलगढ़ी  

अनुसन्धानात्मक पृष्ठभूमि :

दार्जीलिङे चियाबारीको स्थापनाकाल (1840) देखि नै अंग्रेज व्यवस्थापकवर्गले तत्कालीन स्थानीय गोर्खाहरूमध्ये केही टाठाँ-बाँठालाई  छुट्टै तरीकाले किन्ने र आफ्नै जातीका (गोर्खेहरू) श्रमिकलाई उल्लुके पठ्ठे बनाउने ऐतिहासिक प्रथा स्थापना गरे। चियाबारीलाई अंग्रेज प्लानटर्सहरूले (झङअछढएठड) आ-आफ्नो किपट (विरता) बनाएँ र त्यसैको पक्षमा अंग्रेज सरकारले  सन्‌ 1863 सालमा इस्टेट एक्यूजिसन एक्ट (एडढअढए अउटणखडखढखजछ अउढ) बनायो। यो कानुन अन्तर्गत अंग्रेज चियाबारी मालिकहरूले गोर्खे नाइकेहरूलाई (सरदारहरू) किन्नु र त्यही नाइकेहरूद्वारा  साधारण गोर्खे श्रमिकलाई भावनात्मक रूपमा हाम्रो चियाबारी भन्न लगाउने परम्परा बसाँले। यद्यपी यो कानुनले श्रमिकलाई भाड़ामा पाएको अस्थायी श्रमिकको दर्जा प्रदान गऱ्यो। यही कानुनी प्रावधान स्वतन्त्र भारतको बंगाल सरकारले आफ्नो चियाबारी भूमी अधिग्रहण सम्बन्धीत कानुन (तौजी कानुन) सन्‌ 1954 सालमा कार्यान्वायन गऱ्यो। यसरी हाम्रा चियाबारी श्रमिक सदैवका निमित्त अस्थायी भूमीहिन भए जो चाहिँ हाम्रो निमित्त एउटा अनन्त (स्थायी) ऐतिहासिक अभिशाप (गाड़ेघाव) भएर आजसम्म दार्जीलिङे चियाबारीमा विद्यमान छ। अंग्रेजकालको विशेष सन्‌ 1930 यता चियाबारीको बड्‌दो जनसंख्यालाई अङ्‌कुश लगाउन अंग्रेज व्यवस्थापकले (मालिकवर्ग) विभिन्न बाटोहरू खोज्न थाले जसमध्ये हट्टा बाहिर अति सरल एवं सहज मार्ग आविष्कार गरे। तर अधिक चतुरे चियाबारी मालिकहरूले आ-आफ्ना प्रिय दूतहरूद्वारा (सरदारहरू) यो हट्टा बाहिर गर्ने कार्यक्रम सुसम्पन्न गर्ने परम्परा बसाले जसले गर्दा पछि गोर्खे सरदार र श्रमिकको बिचमा अकाट्य द्वन्द्वको आगो पहाड़मा चारैतिर दन्कियो। पछि, विशेष सन्‌ 1946 देखि यो सरदार (नाइके) किन्ने चलन (दस्तुर) दार्जीलिङे राजनीतिक नेताहरूमा पनि सम्पूर्ण रूपले स्थापित भयो। उदाहरणस्वरूप, अहिलेको गोर्खाल्याण्ड मुद्दा र त्यसताकको गोर्खा स्थानको मुद्दाका नेताहरू सबै सिलगढ़ी र कलकतामा बिक्री हुने ऐतिहासिक अभिशापलाई हामी कहिले पनि तीखो समालोचना र सठीक विश्लेषण गर्दैनौं। हाम्रा गोर्खे नेताहरू पहाड़मा गोर्खाल्याण्ड (हाम्रा माटो) भन्छन्‌ तर सिलगढ़ीमा झरेपछि बंग नेतावर्गसँग कसिलो अकंमाल गर्ने र सजिलै बिक्री हुने इतिहास हाम्रो समक्ष छ। बंगालले जान्दछ कसरी समय समयका प्रभावशाली नेतालाई (गोर्खेलाई) किन्नु पर्छ भन्ने ध्रुर्वसत्यलाई।

वर्तमान हाम्रा प्रमुख नेताहरूको सिङगो उद्देश्य रहन्छ कि कसरी रातारात पैसावाल अथवा महाकरोड़पति बनीनू?

कमान कसको?

हामी भन्छौं हाम्रो कमान अथवा हाम्रो चियाबारी तर मालिक भन्छ मेरो। वास्तवमा कमानको मालिक तौजी कानुन बमोजीम पश्चिम बंग सरकार हो। मालिकले त सरकारकोबाट भाड़ामा (लिजमा) लिएको भूमी हो भन्ने कुरोको अवगत सायद सबैमा छ। यस कानुन अनुसार मालिकले 33 वर्षको निमित्त एउटा चियाबारी अथवा कमान भूमी भाड़ामा लिन्छ र फेरि 33 वर्षपछि पुनः पञ्जीकरण (ठएॠखडख़्अढखजछ) गर्छ। यहाँ एउटा गोपनीय सत्य के छ भने बंग सरकारले सम्पूर्ण चियाबारीको भूमीलाई (श्रमिकधुरा र व्यवस्थापकवर्गको बङ्‌गलोसहित) आफ्नो निजी किपट (तौजी-जमिनदारी) ठान्दछ अनि यही कारणले श्रमिकलाई उनीहरूको नाममा पर्जा पट्टा (ऊएएऊड) प्रदान गर्छ जस्तो यस कलमकारको गत 35 वर्षको शोधकार्यलाई अपच हुन्छ, झुसीलो डकार आउँछ। यही पर्जापट्टाको प्रसंग कलकतामा उठाउँदा सन्‌ 1952 सालमा डम्बर सिंह गुरूङ मरणसैयमा पुगे अथवा उनलाई राजनीतिक माखेजालमा बंगालले बन्दी बनायो। त्यसपछि हाम्रा त्यस वखतका प्रभावशाली नेताहरूलाई साम,दाम, दण्ड, भेदको मन्त्रद्वारा बंगालले किन्यो। सन्‌ 2000 साल पछि सुभाष घिसिङले चियाबारीमा पर्जापट्टाको मुद्दा उनको हिमालयन वर्कस  युनियनद्वारा ( कखचअङअधअछ झङअछढअढखजछ थजठघएठड णछखजछ) संखघोष गरे तर सन्‌ 2007 पछि दार्जीलिङमा उनको सदैवको लागि राजनीतिक अस्तित्व निमिठ्यान्नै भयो।

हट्टा बाहिर के हो?

साधारण भाषामा भन्नु पर्दा, यो हट्टा भनेको बसोबास गर्ने स्थान अथवा गाउँ हो। चियाबारी श्रमिकका लागि हट्टा भन्ने चलन अंग्रेजीकालदेखि नै शुरू भयो। यो हट्टा बाहिर त्यही श्रमिकलाई गरिन्थ्यो जो-जो अंग्रेज मालिकको स्वामीभत्त हुन सक्दैनन्‌ थिए। कसैले 8मिक अधिकार विशेष सन्‌ 1926 को श्रमसंघ अधिनियम अनुसार खोजे सरदारको अगुवाईमा बजारबाट भोटेहरू ध्याई साथै आ-आफ्ना कमानकै नर्थ बंगाल माउन्टेड राईफल्सका (छजठढक इएछॠअङ चजणछढएऊ ठखऋङएड) सिपाहीहरूद्वारा गोरु कुटाई गरी कमानको सिमाना पारी मिल्काई दिन्थे। कोहीको त त्यही मृत्यु हुन्थ्यो। यो हट्टा बाहिर दुइप्रकारको थियो। पहिलो प्रकारको हट्टा बाहिर चाहीँ छुट्टै व्यक्ति विशेष हुन्थ्यो अथवा केवल व्यक्तिलाई मात्र हट्टा बाहिर गरिन्थे भने पारिवारिक हट्टा बाहिर अन्तर्गत सम्पूर्ण परिवारलाई नै गरिन्थ्यो। त्यसताक अंग्रेजहरूले कम्ती हाजीरा (मरद-4 आना, औरत-3 आना, लोकडा/लोकड़ी-2 आना र छोकरा/छोकरी-1) तर परिवारका सबै सदस्यलाई कमानमा काम दिन्थे भने तिघ्रे (बलिया-बाँङगा) पुरुषहरूलाई पल्टन जान उत्साहित सरदारहरूले गर्थे विशेष गरी सन्‌ 1930 पछि ता कि कमानका अधिकतर महिला श्रमिकलाई सहजै लोतो-पोतो (उल्लुके पठ्ठे) गर्न सकिन्थ्यो। यहि हट्टा बाहिरको विरोध परकाष्टमा पुग्दा सन्‌ 1955 सालमा मार्गरेट होप चियाबारीमा 7 जाना श्रमिकको मृत्यु पुलिसको तातो गोलीले भयो। बंगाल सरकारले यो घटनालाई हाम्रै तत्कालिन मुख्य मुख्य नेताहरूलाई किनी मिमिठ्यान्नै पाऱ्यो।

हट्टा बाहिरको वर्तमान प्रारूप :

अस्सीको दशकको माटोको (गोर्खाल्याण्ड) आन्दोलन अन्तर्गत हाम्रो दार्जीलिङे चियाबारीलाई बंगाल सरकारले आफ्नो नर संहार रूपी शिकार गर्ने फुलबारी बनायो। जब जब हाम्रा रौसे गोर्खेहरू लगायत गोर्खे चियाबारी एवं कुलैनबारी श्रमिकले वास्तविक रूपमा जातीय नागरिकताको अधिकार अघि सार्छन्‌ तब तब बंगालले बन्दुकको तातो गोलीद्वारा आफ्नो शिकार गर्ने गर्छ अनि ‘‘पहाड़ ठण्डा कोरि दिलाम’’ भन्छ। वर्तमान स्थितिमा दार्जीलिङे चियाबारीलाई सुकेनास रोग (अहिलेको क्यानसर - छज अछडथएठ) लागेको छ भने धेरै चियाबारी बन्द छन्‌। योग्य श्रमिकहरू आ-आफ्नो जीवन धान्न सक्ने गाँस, बास र कपासको खोजीमा बाहिर ठूला-ठूला शहरतिर सुइकुच्चा (प्रत्येक कमानबाट वर्षमा 30 प्रतिशत स्थायी श्रमिकहरू) ठोक्दैछन्‌। कारण आज हामीलाई हाम्रो आत्मीय एवं ममतामयी चियाबारीले खान दिन नसक्ने भयो। यो नै वर्तमान हट्टा बाहिरको प्रखर प्रारूप मान्नु पर्छ। अर्को कुरो, अहिले चियाबारी मालिकहरूले ती श्रमिकका घरहरूलाई (ङअइएणठ टणअठढएठ) ‘‘घर खाली गर’’ सूचना (छजढखउए) दिँदैछन्‌ जुन जुन घरबाट एउटा पनि सदस्य कमानको गन्तीमा (मेलो) जाँदैन। यो पनि हट्टा बाहिरको अर्को झर्रो प्रारूप हो। हाम्रा राजनीतिक नेताहरू चुनाउको समयमा चियाबारी, कुलैनबारी, वन-जंगल र डीआई फण्ड (ऊ.ख.ऋणछऊ) क्षेत्रलाई पर्जापट्टा दिने बिगुल बजाउँछन्‌ तर बंगालको तौजी कानुनमा उचित संशोधन गर्न लाउने अवगत अथवा साहस त कदाचित उनीहरूमा छैन। अहिले चिया पर्यटनको भजन सरकारले गाउँदैछ तर आफ्नो दिर्घकालीन शोधकार्य अनुसार यो चिया पर्यटन (कम्युनिष्ट शासनकालदेखि हिप्पी फिलोसफी बन्यो र फेरि कधझझखए झकखङजडजझकध) बन्न जाँदैछ जहाँसम्म दार्जीलिङे चियाबारी श्रमिकको भविष्यको प्रश्न छ। उदाहरण स्वरूप, सिलगढ़ीको चाँदमुनी चिया कमानलाई लिऊ। बेलाबेलामा सिलगढ़ीमा आमरा बंगाली गुठद्वारा गोर्खालाई विदेशी भन्दा किन बंग सरकार चुप्प लाग्छ त कारण यो पहाड़की रानी दार्जीलिङ एवं दार्जीलिङे चियाबारी, मात्र गोर्खा छोड़ेर, बंगालको लागी ‘‘आमादेर दार्जीलिङ’’ हो। सामुहिक रूपमा यो हट्टा बाहिरको अर्को प्रारूप हो। 

उपसंहार

यो हट्टा बाहिर प्रथा अंग्रेजीकालमा प्रत्यक्ष (ऊखठएउढ) रूपमा पाइन्थ्यो भने वर्तमानकालमा (विशेष सन्‌ 1980 यता) यो अप्रत्यक्षीय रूपमा हुँदैछ भन्ने महसुस हामी गरी रहेछौं। यो अप्रत्यक्षताको साँचो कारण गोर्खे श्रमिकको फ्यातुलो अर्थव्यवस्था हो। उदाहरण स्वरूप, आज श्रमिकको न्यूनतम हाजीरामा (चखछखचणच थअॠएड) बड़ोत्तरी नहुनु (सरकारको इच्छाशक्ति नभएर), चियाबारी मालिकले कमान मनपरी बन्द गर्नु, श्रमिक सुविधाहरूमा अमानववीय कटौती गर्नु (जहिले पनि नोक्सान भयो भन्दै तर थप कमान किन्दै), नेता बिक्री हुनु (सुकेको रोटीको टुक्रामा), सरकारको दोहोरो निती, मालिक र सरकारको आन्तरिक साँठगाँठले गर्दा मालिकलाई उचित कानुनी कारवाही नगर्नु इत्यादि इत्यादिले गर्दा अप्रत्यक्षक रूपमा यो हट्टा बाहिर गर्ने प्रक्रिया प्रशस्त फस्टाएर जाँदैछ। समतल क्षेत्रबाट श्रमिक कार्यरत गराउने कर्मकाण्ड आज हाम्रो चियाबारीमा चल्दैछ। यसको उद्देश्य हो आउँदा समय-सालमा गोर्खे चियाबारी श्रमिक चाहिँ निमिट्यान्नै पार्नु हो।

यो हट्टा बाहिर प्रथा तब मात्र बन्द हुन्छ यदि यी निम्नलिखित कुरा भएमा :- (क) यदि हाम्रो चियाबारी विश्व धरोहर सुचीमा अन्तर्भुक्त गर्न सकेमा; (ख) यदि बिक्री हुन नसक्ने एउटै पनि गोर्खा नेता कुनै गोर्खे आमाले जन्माउन सकिन भने; (ग) यदि चियाबारीका मालिक हाम्रै गोर्खेहरू हुन सके; (घ) यदि हाम्रो चियाबारी केन्द्र सरकारले स्वयं हस्तानन्तरण गरे नभए पनि स्वदेशी एवं विदेशी अन्तर्राष्ट्रीय कम्पनीलाई सम्पिए भने; (ङ) यदि हामीले हाम्रो चियाबारी भन्ने भावनात्मक भुवँरीबाट हामीहरूलाई आफै मुक्त  पार्न सक्यौं भने; (च) कुनै चियाबारी मालिकले (जस्तै एकजना अग्रवाल मालिकले भर्खरै) आज पर्जापट्टा दिने प्रस्तुती गरेकोलाई बंग सरकारले यदि अनुमति दिएमा आदि। निष्कर्षमा, यो कलमकारलाई यस्तो भान हुन्छ कि के नोकर (श्रमिक) भूमीको मालिक बन्न चाहेमा असल मालिकले (सरकार) स्वीकृति देला त? यो भविष्यको गर्भमा छ।

अन्य लेखहरू