नारीको परिभाषा

  • 2026-10-29 08:35:16

लाशा शेर्पा, खरसाङ

सामन्ती युगदेखि औपनिवेशिक युग हुँदै आज पुँजीवादी प्रजातान्त्रिक युगसम्म आइपुग्दा वर्तमान नारीहरूमा आत्माचेतनाको किरण देखिएको छ। सतीप्रथा, दाइजो, वाल-बिवाह, विधवा इत्यादि पुरातन कुसंस्कारबाट शोषित थिए नारीहरू फेरि यो विज्ञानको युगमा पनि बलात्कार, घरेलु हिंसा, वेश्यावृत्ति र अभद्र व्यवहारबाट शोषित छन्‌। 

मानव समाज एकैक्षणमा आजको समाज व्यवस्था र गणतान्त्रिक परम्परासम्म आइपुगेको होइन अनेक मोड़हरू हुँदै मान्यता र परम्परा अँगाल्दै त्याग्दै इतिहासको लामो बाटो चाल्नु पऱ्यो यसले। आदिम निजी परिवाररहित समाज मातृसत्रात्मक समाज, राष्ट्रहरूको उदय र अधिकारहरू प्रति दृष्टिकोण व्यक्त गरेको पाइन्छ प्रथम र दोस्रो विश्वयुद्ध पछि संसारका देशहरूमा औपनिवेशिक दासत्वबाट मुक्त हुन अनि युरोप र एशियाको धेरै देशहरूमा समाजवादी समाज व्यवस्थाको स्थापना हुनु महिला मताधिकारको लागि आशिर्वाद बनेको हो। नारी सृष्टि हुन नारी प्रकृतिको अनुपम कृति हो। उ मानव जीवनको जन्मदात्री हो। नारीलाई सौन्दर्य, दया, ममता, भावना, संवेदना, करूणा, क्षमा, त्याग एवं समर्पणको सजीव प्रतिपूर्ति मानिन्छ। नारीका यी दैविक गुणहरूका कारण वैदिकालदेखि लिएर वर्त्तमानसम्म उसको महत्व यथावत छ। नारी समृद्धि एवं प्रगतिको घोतक हो स्त्रीलाई सदैव प्रण्य मानेर स्नेहले व्यवहार गर्नु आवश्यक छ भनिन्छ जहाँ नारीको आदर-सत्कार हुन्छ, त्यहाँ परमेश्वरको निवास हुन्छ। र उनको अनुपस्थितिमा सबै कार्य निष्फल मानिन्छ।

अन्य लेखहरू