पूर्वी वन राजिक महाविद्यालय

  • 2026-10-25 18:14:27

नवराज शर्मा (तिम्सिना)

खरसाङ अवस्थित सन्त मेरीज हिल अन्तर्गत (एरीींशीप ऋेीशीीं ठरपसशीफी उेश्रश्रशसश) केन्द्र, दार्जीलिङमा मात्र होइन सम्पूर्ण भारत भरिनै अत्यन्त प्रतिष्ठित केन्द्र हो। यस केन्द्रको संक्षिप्त इतिहास यस्तो छ -

इतिहासको गाह्रो र गलछेड़ पछ्‌याउँदा सन्त मेरीज गाउँमा येशु समाजी पाद्रीहरूले सन्‌ 1880 को दशकदेखि नै यहाँ बस्ने मनसुवा गरेकोले बेल्जियम मिशनरीहरूलाई आफ्नो देश जस्तै अनुकूल जलवायु भएको स्थान खोज्दै उनीहरू पहाड़ पसेका हुन्‌। आफूहरूले खोजे जस्तो जमीन त्यसताका जमीन्दार वर्द्धवान महाराजबाट सन्‌ 1887 मा 117 ऐकर जमीन त्यस समयको भावमा रु. 3600/- मा किनेर तत्कालीन मिशनमा सुपेरियर फाजर ग्रसजिन (ऋी. ॠीेीक्षशरप) का निर्देशानुसार फादर कोच र ब्रदर रोटसेंटले भवन निर्माणको काम आरम्भ गरे। सन्‌ 1889 जुलाई महीनामा फादर ग्रसजिनका बाहुलीबाट नयाँ भवनको विधिपूर्वक उद्‌घाटन सुसम्पन्न भयो। 

फादर ब्रेटका अधीनस्थ रहेर सन्‌ 1889 देखि ब्रह्मशास्त्र र दर्शनशास्त्र अध्ययन गर्न जम्मा 24 जना विद्यार्थीहरू थिए। यो बढ़दै गएर सन्‌ 1971 मा 111 जना कूल विद्यार्थीहरू थिए। भारत वरिपरिका मात्र होइन विदेशतिरबाट पनि पढ़न आउने विद्यार्थीहरूको घूइँचो लाग्न थाल्यो। बेलायत, अमेरिका, क्यानाडा, बेलजियम, श्रीलंकाबाट आएर पढ्‌न थाले। सन्‌ 1888 मा गाउँका बालक-बालिकाहरूको निम्ति आर्चविशप गोथल्सका बाहुलीबाट प्रार्थना आशिष सम्पन्न भयो। सन्‌ 1890 मा ख्रीष्टीय जनसमुदायका निम्ति एउटा गिर्जाघरको निर्माण भयो। सन्‌ 1893 देखि अर्कोपटि नयाँ भवनमा कार्य शुरू भयो यो सन्‌ 1906 मा पूरा भयो। सन्‌ 1914 देखि सन्त मेरीजलाई आधिकारिक रूपमा कलेजको दर्जा प्रदान गरियो। यसको नाम राखियो डरळपीं चरीूफी ढहशेश्रेसरींश उेश्रश्रशसश. सन्‌ 1925 सन्त मेरीज कलेजका निम्ति स्मरणीय वर्ष भयो। बेल्जियम देशका नरेश र उहाँकी धर्मपत्नी अतिथिको रूपमा कलेज परिभ्रमण गर्न आएका थिए। 

सन्‌ 1925 देखि सन्‌ 1932 मा तयार भयो खेल मैदान। सन्‌ 1939 मा यहाँको पुस्तकालयको निर्माण भयो फादर गीरार्ट (ऋी. ॠीेीक्षशरप) जुन पुस्तकालय भनिन्थ्यो एशिया महादेश भित्रको दोस्रो वृहत पुस्तकालय।

यसरी सन्‌ 1968 मा यो कलेजले 75औं वर्षगाँठ अर्थात्‌ हरित्‌ जयन्ती खूब धुमधामले मनायो। सन्‌ 1989 देखि सन्‌ 1971-72 को लामो अवधिमा झण्डै 1600 देखि 1700 पुरोहितवर्ग अभिषिक्त भए भनिन्छ। कतिपय कारणवश दक्षिण भारतीय पूरोहितहरूले असमर्थ जनाए पछि उक्त यिशु ब्रह्मशास्त्र कलेजलाई नयाँ दिल्लीमा विद्या-ज्योती नामकरण गरि सरूवा गरे। त्यसपश्चात सन्‌ 1972-73 मा भारत सरकारले 2 वर्षको निम्ति केन्द्रिय पुलिस बल (उठझऋ) को एक कम्पनीलाई पनि राख्यो। सन्‌ 1974 देखि चाहिँ वन-मन्त्रालय, भारत सरकारको तेस्रो फरेष्ट रेन्जर्स ट्रेनिङ कलेजको स्थापना भयो एरीींशीप ऋेीशीीं ठरपसशीफी उेश्रश्रशसश। 15 अप्रेल 1974 को शुभ दिनमा त्यसताकका मानीय केन्द्रीय खाद्य तथा कृषि मन्त्री श्री जगजीवन रामको बाहुलीबाट भव्य रूपमा उक्त कलेजको शुभआरम्भ गरियो। 

पूर्वीय हिमालय पर्वतको काखमा समुन्द्र तहदेखि 1669 मिटर माथि अति नै रमाइलो, सूखपूर्वक सूइरो-अलि अलि भिजेको, प्रचण्ड ठण्डा, शान्त अनि आनन्ददायक गर्मी, मनमोहक दृश्य चारैतिर देखिने अवस्थित यस सन्त मेरीज हिल, खरसाङको पूर्वी वन राजिक महाविद्यालयको आफ्नै सुनौलो इतिहास बोकेको छ। 

फरेष्ट रेन्जर्स ट्रेनिङ कलेज एक सय वर्ष भन्दा धेर पुरानो हो। भारतमा सन्‌ 1978 सम्म जम्मा पाँचवटा फरेष्ट कलेजहरूमा, देहेरादुन, कोम्बेटोर, खरसाङ, चन्द्रपूर अनि बालाघाट हुन्‌। यी कलेजहरूमा दुइ वर्षको परिक्षण दिइन्थ्यो। 

यो कलेजको स्थापना वास्तवमा पूर्वी तथा उत्तरपूर्वी राज्यहरूको आवश्यकता माथि ध्यान दिइएको छ। यो कलेजले विभिन्न राज्य, केन्द्र शासित प्रदेश, बंगलादेश, भोटाङ तथा श्रीलंकाका रेन्ज अफिसरहरूलाई तालिम दिइन्थ्यो। 

यहाँबाट बागडोग्रा एयरपोर्ट मात्र 60 किलोमिटर, एनजेपी 55 किलोमिटर, दार्जीलिङ 30 कि.मी. खरसाङ बजार 2 कि.मी.।

यहाँको जलवायु-ग्रीष्म ऋतुमा अधिकतम 200 उ न्यूनतम -300 उ

शिशिर ऋतुमा अधिकतम 130उ

वर्षा - 229.4 उच

यस कलेज सन्‌ ‘86 को गोर्खाल्याण्ड आन्दोलनमा पनि झेलेर पार लगाए पछि, सूचारू रूपले चल्दै गरेको केन्द्रलाई किन हो रेन्जर्स ट्रेनिङ बन्द गरियो। समय समयमा ‘रिफ्रेस कोर्स’ सञ्चालनमा आयो, अहिले पनि यस्तो 5/10/15 दिनको कोर्स गराइन्छ। सन्‌ 2015 मा राष्ट्रिय  सुरक्षा सल्लाहकार तथा अर्थशास्त्री फ्रोसेर डा. महेन्द्र पी. लामाको व्यक्तिगत अपील तथा यहाँका नागरिक तथा कलेजका कर्मचारीहरूको सरूवा हुने निश्चित भएकोले, भारत सरकारको साथमा वन मन्त्रालय, यहाँका बुद्धिजीवि, राजनीतिज्ञहरूको कोशिशले सन्‌ 2016 देखि फेरि सञ्चालनमा आएको दुइ वर्षीय रेन्जर्स ट्रेनिङ सन्‌ 2017 को गोर्खाल्याण्ड आन्दोलनले फेरी त्रास ल्यायो, केही मुश्किलले उनीहरूले भारतको विभिन्न ट्रेनिङ क्याम्पसमा प्रशिक्षण पूरा गरे। 

सन्‌ 2018 देखि फेरि यस कलेजको नाममा परिवर्तन आएको छ। ‘पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालय’ केन्द्रीय अकादमी वन शिक्षा अथवा चळपळीीीूं ेष एर्पींळीेपाशपीं. ऋेीशीीं रपव उश्रळारींश उहरपसश-उशपीींरश्र अलरवशाू ेष ऋेीशीीं एर्वीलरींळेपश्र.  यस मार्फत आज पनि उक्त कलेजमा रेन्जर्स ट्रेनिङ भइरहेछ जसमा 40 जना विभिन्न प्रान्तका प्रशिक्षणार्थी प्रशिक्षण लिइरहेका छन्‌। हालमा एक प्राचार्य दुइ प्राध्यापक (अस्थायी) तथा अन्य अशिक्षण कर्मचारीहरूको सेवामा कलेज सूचारू ढंगले प्रगति गरिरहेछ।


 

अन्य लेखहरू