विधानसभामा ‘पीपीएस’ को माग

  • 2026-09-05 23:46:33

दार्जिलिङका विधायक नोमन राईले पर्मानेन्ट पोलिटिकल सलुसन, पीपीएस अर्थात् स्थायी राजनीतिक समाधानको कुरा उठाएर गोर्खाहरूले सोँचेको प्रतीक्षामा केही आशाको किरण थपिदिए। तर, यो नौलो कुरा भने होइन। देशको सदनमा दार्जिलिङका सांसद राजु विष्टले पनि धेरैपटक यो कुरा उठाइसकेका छन्। विपक्ष पनि जनताको साझा विषयको रूपमा रहेको कारण केन्द्रको भाजपा सरकारसँग आफ्नो इच्छाशक्ति पनि देखियो तर, राज्यस्तरमा राजनीतिमा फर्किएको विपक्षले विधानसभामा विधायकले स्थायी समाधानको कुरा उठाउनु सार्थक बनिदियो अनि वर्षौंदेखिको पुरानो घाउमा मल्हम लगाउँदै हात राख्ने बेला पनि ठीक यही नै हो।

अन्य लेखहरू