सिक्किम–पश्चिम बङ्गाल सम्बन्धमा नयाँ आयाम : मुख्यमन्त्रीस्तरीय भेटबाट जनहितका महत्वपूर्ण उपलब्धि
- 2026-09-05 23:45:51
छिमेकी राज्यहरूबीचको सुदृढ सम्बन्धले विकास, व्यापार, यातायात तथा जनकल्याणका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गर्दछ। यही सन्दर्भमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) र पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीबीचको कोलकातास्थित नवान्न राज्य सचिवालयमा सम्पन्न शिष्टाचार भेटलाई विशेष महत्वका साथ हेरिएको छ। यस भेटले केवल दुई मुख्यमन्त्रीबीचको औपचारिक सौहार्दता मात्र होइन,

