मर्ने बेलामा पनि “पोलिटिशियन” लाई सोध्नु ...मुख्यमन्त्री गोले
- 2026-09-05 23:45:47
२०२९ मा एसकेएम सरकारले ३२ मा ३२ ल्याएको खण्डमा पार्टीलाई बलियो बनाएपछि म अधिकारिक रूपमा अरूलाई जिम्मा लगाएर पार्टीमा साधारण रहेर खट्नेछु। म त एकदमै युवा अवस्थामा राजनीतिमा आएको हो म २५ वर्षमा मन्त्री भएको मान्छे हो र अहिले सातौं पल्ट म मन्त्री विधायक भएको हो। तपाईहरूलाई लाग्छ म जवान छु जस्तो लाग्छ होला तर म बुढो भइसकेको छु तर जब २०२९ मा एसकेएमको बलियो सरकार भए पछि म पार्टीमा सक्रिय रूपमा खट्दै आफ्नो परिवारलाई पनि समय दिनेछु अब कतिपो बाचिएला २०, २५ वर्ष त बाचिएला

