सम्पादकीय

 

अलिकति अरु बाहिरी देशकै कुरा गरौँ । उदाहरणको रूपमा रुस र युक्रेन लाई लिउँ। युक्रेनले पहिलोचोटि सन 1918--19 मा स्वाधीनताको सानो तिनो अनुभव गरेको भए तापनि त्यसपछि बिथोलियो। दोस्रो विश्वयुद्धको बीचको अवधिमा पश्चिमी यूक्रेन का कतिपय क्षेत्रमा पोल्याण्ड, सोमालिया र चेकोस्लोवाकिया को शासन रहेको थियो। त्यसपछि युक्रेन सोभियत समाजवादी राष्ट्रका रूपमा सोभियत सङ्घको एउटा अङ्ग भएर देखा पऱ्यो।

पोल्याण्ड, लिथुआनिया र रुस अर्थात सोभियत गणराज्य-सङ्घद्वारा वर्चस्वको लडार्इं लड्‌दै लड्‌दै बीसौं शताब्दीको अन्तिम छेक यो देश पूर्ण रूपले स्वतन्त्र भएर उभिन सफल भयो र सन 24 अगष्ट 1991 मा यसको स्थापना भएपछि यसको अर्थ व्यवस्थाले एउटा दह्रो रूप लियो।

यसपछि 25 डिसेम्बर 1991 मा सोभियत सङ्घ खण्ड खण्ड भयो र 15 वटा देश बनिए , ती देश हुन्‌  आर्मीनिया, अजरबेजान, बेलारूस, इष्ट्रोनिया, जर्जीया, कजकिस्तान, कीर्गिस्तान, लाटबिया, लिथुआनिया, मालदोवा, रुस, तार्जिकिस्तान, युक्रेन अनि युजबेकिस्तान। चार करोड़ चालीस लाख जनसंख्या भएको यो देशको क्षेत्रफल 603, 548  अर्थात्‌ साठी लाख तीन हजार पाँच सय अठ्‌चालीस किलोमिटर छ, रुस भन्दा यो देश कैयौँ गुना सानो छ। 

युद्ध किन भडि्‌कयो?  यसका केन्द्रमा छ ‘नाटो’  जसलाई रुस मन पराउँदैन । युक्रेन नाटो देशतिर जान आँटेकै कारणले मात्र होइन, यो विवाद अर्थात युद्धका कारणहरू अरु धेरै छन्‌।

अहिले हामी त्यतापटि नगएर यस युद्धलाई सोझै हामी हाम्रै सन्दर्भमा जोडेर हेर्ने प्रयास गर्दैछौं। रुसका राष्ट्रपति पुतिनले पाँचै दिनमा युक्रेनलाई धराशायी पार्छु भन्ने सोचेका थिए तर यो युद्ध यसरी धेरै दिन सम्म टङ्गियो र एउटा देश नै सर्वनाशको सँघारमा पुग्यो। फेरि पनि राष्ट्रपति जेलेंस्कीले पटक्कै हार मानेनन्‌। नाटो देशहरूले केही सहायता गर्लान्‌ कि भन्ने आस गरेका थिए, त्यो पनि पाएनन्‌। अमेरिका, बृटेन, यु एन्‌ ए पनि हात्तीका देखाउने दाँत जस्तै भए। पुतिनले परमाणु बमको डर देखाउने बित्तिकै सबै डरले छुलछुल भए। यो युद्धले दुइटा कुरा हामीलाई सिकायो। कि त मानिस पुतिन झैँ हुनुपर्छ न भए जेलेंस्की जस्तै।

यता, हाम्रा नेताहरूमा छ त्यस्तो साहस? एकताक एक जना पहाडमा खूब गर्जिए, निदानमा एउटा निकाय थापेर धेरै वर्ष त्यसैमा ढलिमली गरेर बसे, फेरि अर्काले त्यसै गरे। पछि भागेर लुकेर बसे। सारा जनतालाई बिथान्को पारेर कोही दुला पसे, कोही साह्रीको पारी समाउन पुगे र यसरी आफ्नो दुनो सोझ्याउन पटि लागे। हाम्रो कुनै नेता न पुतिन भएर निस्कियो न जेलेंस्की जस्तो भएर कतै देखा पऱ्यो, यस्तै आज हाम्रो हाल।