राशिफल 01 April 2022 - देखि 1st May 2022 - सम्म

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो ( तळीसे ) केही विवादास्पद काममा जुट्‌नुपरे पनि आर्थिक हिसाबले यो महिना लाभदायी रहनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्‌। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान हट्‌नेछ। तर, उच्च महत्त्वाकांक्षाले उपलब्धिको मार्ग संकुचित बन्न सक्छ। हठ गर्ने बानीले शुभचिन्तकहरू टाढिनेछन्‌, सावधान रहनुहोला। यस महिनामा विभिन्न अवसर प्राप्त हुनेछन्‌। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय 6 सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्‌नेछन्‌। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। साझेदारीमा केही विवाद आउन सक्छ। तापनि, शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते ( ङळलीर ) अवसरका लागि केही दौड़धुप गर्नुपर्ला। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काममा केही विलम्ब हुनेछ। धेरै परिश्रम गर्नुपर्दा शारीरिक शिथिलता वा आलस्य बढ्‌नुका साथै उत्साहमा पनि कमी आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्‌। दाजुभाइ तथा सन्तानका माध्यमबाट काम सम्पादन गर्न सकिनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्‌नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। प्रयत्न गर्दा देश - विदेशको यात्रा गर्ने अवसर समेत प्राप्त हुनेछ। अड़किएका काम पुनः प्रारम्भ हुनेछन्‌। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ।

 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु ( डलेीळिे ) एकसाथ अनेक काम प्रारम्भ भए पनि उच्च मह वाकांक्षाले समस्या निम्त्याउने देखिन्छ। बेसुरको वचनले समस्या निम्त्याउन सक्छ। घर-जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्‌। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्‌। साथीभाइ र शुभचिन्तकको सहयोगले मात्र काम बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदा हुनेछ। कृषि र भूमिबाट राम्रै लाभ उठाउन सकिनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्‌। बुद्धिको उपयोगले संघर्षमय परिस्थिति पार गर्दै सफलताको उपलब्धि प्राप्त गर्न सकिनेछ। पछिका लागि विशेष कामको थालनी हुन सक्छ।

 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ( डरसळीींंरीर्ळीी ) महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना निकै लाभदायक रहनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले पद-प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। उद्योग-धन्दामा पनि सफलता पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्‌। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख-समृद्धि बढ्‌नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। तापनि प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्‌। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि ( उरिीळलेीप ) अवसरका लागि केही दौडधुप र संघर्ष गर्नुपर्ला। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। सामान्य कामलाई समेत निकै प्रयत्न गर्नुपर्ने देखिन्छ। लगानी र लगनशीलताले मात्र काम बन्न सक्छ। पढ़ाइलेखाइमा धेरै समय जुट्‌न नसकिएला। महिनाको उत्तरार्धमा भने केही अवसर प्राप्त हुनेछन्‌। कलाक्षेत्रमा रुचि बढ्‌नुका साथै प्रतिभाको उचित कदर हुनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। सामाजिक प्रतिष्ठा पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ।

 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द ( अर्िींरीर्ळीी ) आयस्रोत सबल बन्नेछ र भोगविलासमा मन रमाउनेछ। तर समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्‌नेछ। फाइदा उठाउन परिस्थितिसँग संघर्ष गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ़ेे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्‌। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश-विदेशको यात्रा गर्ने अवसर जुट्‌न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थसञ्चय गर्न नसकिएला।

 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि ( झळीलशी ) यस महिनामा केही व्यावहारिक उतारचढ़ाव आउन सक्छन्‌। मनग्य आम्दानी भए पनि भोगविलासमा खर्च बढ्‌नेछ। अभाव नभए पनि पछिका लागि सञ्चय गर्न नसकिएला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्‌। असमझदारी बढ्‌नाले आफन्तजन टाढिन सक्छन्‌। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम भने सम्पादन हुनेछ। सरकारी कामकाजमा विलम्ब हुने तथा जरिवानाको भागीदार बन्नुपर्ने अवस्था आउन सक्छ। महिनाको उत्तरार्धमा धेरै समस्या सुल्झनेछन्‌। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश ताक्नेहरूलाई राम्रो अवसर जुट्‌नेछ। पारिवारिक असमझदारी हट्‌नाले सुखसमृद्धि प्राप्त हुनेछ।


 डेस्क- पद्मश्री काजी सिंह ‘विद्यार्थी’ साथै उनको परिचय

 

77 वर्षको उमेरमा, काजी सिंह ‘‘विद्यार्थी’’ परम्परागत मारुनी नृत्यलाई लोकप्रिय बनाएर पद्मश्री श्रेय प्राप्त गर्ने पहिलो गोरखा-नेपाली सङ्गीतकार बनेका छन्‌। परम्परागत मारुनी नृत्य र मादलमा अनुसन्धान गरेर धेरै मेहेनत, लगन, धैर्य अनि निरन्तरताले उहाँले भारतको सर्वोच्च सम्मान मध्ये पद्मश्री सम्मानले सम्मानित हुनुभएको छ। उहाँ पश्चिम बङ्गालस्थित कालेबुङ जिल्लामा बसोबास रहेको छ।  सिंह उत्तर बंगालको कालिम्पोङ पहाड़मा बस्छन्‌।  दार्जिलिङमा रहेको यो परिवारले तीन पुस्तादेखि संगीतमा योगदान दिँदै आएको छ। दुई सन्तानका बुबाले सन्‌ 1974 मा श्रीमादलका लागि शास्त्रीय सङ्‌केतहरू आविष्कार गरेका थिए। उनले वाद्य र स्थानीय लोक संगीतमा पाँचभन्दा बढी पुस्तकहरू पनि प्रकाशित गरेका थिए।  परम्परागत भारतीय संगीतमा मादलहरू प्राय: प्रयोग हुने भएता पनि श्रीमादल नेपाली र गोरखा लोक संगीतको एक विशिष्ट भाग हो।  सन्‌ 1945 मा जन्मेका सिंहले बाल्यकालदेखि नै आफ्ना अभिभावकको प्रभावमा लोक संस्कृति र सङ्गीतप्रति रुची विकास गरेका हुन्‌। सिंहले 1952 मा मारुनी नृत्य शैलीबाट सुरु गरे। उहाँ हुर्किएपछि, उहाँले मादले गीत, एक परम्परागत गीत ग्रहण गर्नुभयो, र उहाँका बुबा इन्द्रजित सिंह सरदारबाट पनि श्री मादलको पाठ लिन थाल्नुभयो जो अग्रगामी प्रतिवेदकहरू मध्ये एक थिए।  सिंह 1974 मा मुम्बई गए र लक्ष्मीकान्त-प्यारेलाल, कल्याणजी-आनन्दजी र शंकर-जयकिशन र संगीतकार राम लक्ष्मण जस्ता पौराणिक संगीतकार जोडीहरूसँग नौ वर्ष काम गरे। उहाँ सन्‌ 1983 मा कालिम्पोङ फर्कनुभयो। उहाँ सधैं हाम्रो परम्परागत सङ्गीतलाई पुस्तकहरूमार्फत लोकप्रिय बनाउने सोच्नुहुन्थ्यो। यो नै उहाँको अनुसन्धानको मुख्य कारण थियो। काजी सिंह अझै पनि दिनको आठ घण्टा भन्दा बढ़ी काम गर्छन्‌, अनुसन्धान वा किताब लेख्छन्‌।  कालेबुङको सात माइलस्थित उनले संस्कृति संस्थान सञ्चालन भइरहेको छ जहाँ उनको बासस्थान पनि छ। हाम्रो गोर्खाहरूको गौरव पद्मश्री काजी सिंह ‘‘विद्यार्थी’’प्रति मध्यमार्ग पत्रिका परिवारको तर्फबाट बधाई एवं शुभकामना व्यक्त गर्दै अझै हाम्रो लोक, संस्कृतिप्रति अझै उनको लगाउ बड़िरहोस्‌ भन्दै उहाँको सुस्वास्थ्य अनि दिर्घायुको कामना गर्दछौं। उनले संस्कृति सङ्‌घर्ष संस्थान पनि सञ्चालन गरेका छन्‌। 

 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (अीळशी) यो महिनामा गरिएको कर्मसाधनाले लक्ष्यमा पुऱ्याउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्‌। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्‌नेछ। विदेश ताक्नेहरूलाई यात्रा तथा उत्तम रोजगारीको अवसर जुट्‌नेछ। पूर्वार्धमा खर्च तथा लगानी गर्नुपरे पनि उत्तरार्धमा कर्मसिद्धि हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर-गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्‌नेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (ढर्रीर्ीीी) कीर्तिमानी काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। प्रयत्न गर्दा महत्त्वाकांक्षी काम बन्न सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्‌नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्‌नेछ। कृषिकर्म एवं पशुधनबाट पनि फाइदै हुनेछ। मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। उत्तरार्द्धमा घर-परिवारबाट टाढ़िनुपर्ने स्थिति आउन सक्छ। वैदेशिक रोजगारीतर्फ विशेष प्रगतिको समय छ। चोटपटकको योग देखिएकाले साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।

 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (उरपलशी) आकस्मिक समस्या देखापर्नुका साथै यो महिनामा केही बाधाहरू उपस्थित हुने ग्रहयोग छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। चिताएको लाभांश नउठ्‌नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्‌नेहरूले दुःख दिनेछन्‌। व्यवसाय र नियमित काममा पनि सोचेको फाइदा नहुन सक्छ। कब्जियत वा ढाड- कम्मर सम्बन्धी समस्याले सताउने समय छ। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्ने देखिन्छ। पाउमा चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको सहयोग जुट्‌नाले महिनाको उत्तरार्धमा नयाँ काम शुभारम्भ गर्न सकिनेछ।

 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे ( ङशे ) घर - गृहस्थीमा केही समस्या देखिए पनि यो महिना समग्रमा शुभफलदायी रहनेछ। तत्काल लाभ उठाउन नसकिए पनि दीर्घकालीन योजना प्रारम्भ हुनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। सोखले खर्च बढ़ाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्‌ने समय छ। लगानी बढ़ाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारतर्फ महिनाको उत्तरार्धमा विशेष लाभ हुनेछ र आर्थिक स्थितिमा सुधार आउनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुऱ्याउन सक्छ, बोली-व्यवहारमा सजग रहुनुहोला।