राशिफल 01 Oct 2019 - देखि 1st November 2019 - सम्म

मेष : यो महिना तपार्इंको लागी विरोधिहरूले गर्दा चिन्तामग्न समय रहने देखिन्छ। आवश्यकता भन्दा धेरै अरूमा विश्वास गरे हानीको सामना गर्नुपर्ने देखिन्छ। यात्राकारी समय भएको कारण आवागमन परेको देखिन्छ। कलाकारहरूको लागी र प्रतियोगीतामा भाग लिने प्रतियोगीताको लागी समय असफलता हात लाग्ने समय देखिन्छ। रोजी रोजगारीमध्ये व्यापारी, सरकारी नोकरी गर्ने नोकरीदारका आदिको लागी समय लाभकारी देखिन्छ। अरू सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। होशीयार रहनुपर्ने यो महिनाका अशुभ ता. 2, 5,11, 12, 16, 22, 24, 28, 30, शुभरंग रातो, अशुभ कालो।

वृष : यो महिना तपार्इंको लागी कुनै कामहरू साझा भएमा होशीयार बस्नुपर्ने देखिन्छ। आफ्ना आफन्तहरूमा भूमि भवन, धन सम्पतीहरूको विषय लिएर वाद विवाद हुनसक्छ। व्यापारीवर्गको लागी यात्राकारी योग परेको देखिन्छ। घर-परिवार, इष्टमित्र, आफ्ना आफन्तमा भेटघाटको समय आउने देखिन्छ। रोजी रोजगारी उच्च मध्य व्यापारी, उद्योगी सरकारी नोकरी गर्ने, नव युवा-युवती दम्पती, गृहस्थी,अधिकारी, डाक्टर विमारी, नारी-पुरुष सबैवर्गको लागी सामान्य रहने देखिन्छ। होशीयार रहनुपर्ने यो महिनाकाअशुभ ता. 1, 5,9, 13, 14, 19, 23, 27, 28, शुभरंग सेतो इन्द्रेणी, अशुभ पहेंलो-रातो।

मिथुन : यो महिना तपार्इंको लागी रुपियाँ पैसाको लेनदेन गर्नेहरूकोलागि कुनै पनि ठाउँमा लगानी गर्नुभन्दा पहिला राम्रो सोचविचार गरेर गर्नुपर्ने नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। शेयर सट्टा, चिट्टापट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। कुनै नयाँ कार्यको लागी रुपियाँ पैसाको लेनदेन गर्नुपर्ने समय आउने देखिन्छ। होशीयार हानी हुने कार्य देखिन्छ। जल जन्तु, वन्य जन्तुबाट सावधान, कुनै जीव जन्तुले टोक्ने समय देखिन्छ। रोजीरोजगारी, मध्येव्यापारी उद्योगीहरू साथै ठेकादार निजामति कर्चमारी वकिल, पुलिस, प्रशासन, साधु-सन्त, योगी महन्त पण्डित-पुरोहित सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 2, 5, 7, 9, 15, 16, 21, 26, 27, 29, 30, शुभ रंग हरियो गहूँ, अशुभ सेतो। कर्कट : यो महिना तपार्इंको लागी कार्य क्षेत्रमा आफ्नो विचार अगाड़ी राखी कार्य सम्पादन गरे अवश्य लाभ मिल्ने देखिन्छ। युवा-युवतीको लागी जीवनसाथी मिल्ने समय देखिन्छ। यानवाहन, भूमिभवन आदि क्षेत्रमा काम गर्नेहरूको लागी केही लाभकारी समय देखिन्छ। कार्य क्षेत्रमा केही परिवर्तन ल्याउनको लागी हनुमान स्तोत्र र घरमा कनक धारा स्तोत्र पाठ गर्नुपर्ने समय देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 1, 2, 5, 7, 10, 13, 14, 20, 22, 28, 30, शुभरंग सेतो, अशुभ कालो।

सिंह : यो महिना तपार्इंको लागी कुनै इष्टमित्र, वा कुनै सरकारी अधिकारीहरूको तर्फबाट केही काम बन्ने साथै भविष्यमा त्यसले राम्रो काम गर्ने कार्य लाभकारी योग परेको देखिन्छ। होशीयार तपार्इंको आलसीपन, भोग विलासितामा मन जाने कारण कार्यक्षेत्रमा केही हानी हुने पनि समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी ठूलाबड़ा अधिकारीहरूको दमनलाई सहन गर्नुपर्ने समय देखिन्छ। रोजीरोजगारी, लुगाकपड़ा, अन्न, जल आदिको व्यापारीहरूको लागी लाभकारी हुने समय देखिन्छ। गुप्तशत्रुबाट केही सावधान रहनुपर्ने समय देखिन्छ। मित्र भेट गृहस्थी जीवन सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 2, 5, 9, 14,17, 24, 26, 29, 30, शुभरंग रातो-मेरून, अशुभ कालो निलो। कन्या : यो महिना तपार्इंको लागी व्यापारीवर्गको लागी पार्टनरशीपमा कार्य गरे लाभ मिल्ने देखिन्छ। कतिपय ठाउँमा पहिलो लगानी गरेको कार्यबाट पनि लाभ मिल्नेछ। तर होशीयार ऋृण लिने समय देखिन्छ। त्यसले केही चिन्ताग्रस्त समय पनि देखिनछ। सामाजिक कार्यकर्ताको लागी मानसम्मान पदकारी समय छ। प्रशासनको क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय सामान्य रहने देखिन्छ। अतिथिहरूको आगमनले केही खर्च बढ्‌नेछ। शुभकामको लागी यो महिनाका शुभ ता. 2, 4, 8, 12, 14, 18,19, 23, 25, 28, 30, शुभरंग हरियो गहूँ, अशुभ सेतो।

 



तुला : यो महिना तपार्इंको लागी दम्पत्य जीवन केही मनमुटावको स्थिति रहने देखिन्छ। कुनै अप्रत्यासित कार्यबाट लाभ मिल्ने साथै खर्च पनि बढ्‌नेछ। कुनै वाद-विवादले गर्दा मानसिक चिन्ता, पिड़ा, केही गड़बड़ी हुने समय देखिन्छ। कुनै आफ्ना आफन्तको आहत खबरले गर्दा मन बिचलित गराउनेछ। उद्योगीहरूको लागी लाभकारी, शेयरसट्टा, चिट्टापट्टा, भूमिभवन, यान-वाहन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। रोजी रोजगारी उच्च मध्यव्यापारी, गृहस्थी वकिल,पुलिस नव युवायुवती खाना खजाना आदि क्षेत्रकाहरूको लागी समय सामान्य भन्दा लाभकारी देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 2, 3, 5, 10, 12, 17, 18, 25, 28, शुभरंग इन्द्रेणी छिर्के-मिर्के, अशुभ रातो-पहेंलो।

वृश्चिक : यो महिना लागी चाहेको मिल्ने खालको समय आउने देखिन्छ। कुनै कामगर्नको लागी तपार्इंको दिलोज्यानले गर्दा कार्यसम्पदान हुनको लागी वाधा आउने देखिन्छ। तपार्इंको अहंकारी स्वभाव नमिठो वचनले गर्दा पनि आफ्ना आफन्त इष्टमित्रहरूसँग पनि वादविवाद हुनसक्छ। रोगी विमारीहरूको लागी खानपान समय साथ लिमिटले लिनु स्वास्थ्य कारक देखिन्छ। महिनाको मध्य उत्तरार्धमा सामान्य सुधारको योग देखिन्छ। नेत्र, उदर, प्रहर, ग्रसितहरूको लागी सावधानी उपयोगी हुने देखिन्छ। घरमा ग्रहशान्ति, परिवार शान्तिको पाठ गर्नु उपयोगी देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 2, 3,9, 10, 15, 19, 23, 27, 29, शुभ रंग रातो-मेरून, अशुभ पहेंलो।

धनु : यो महिना तपार्इंको लागी प्रतिक्षालय कार्यमा केही सफलता मिल्ने देखिन्छ। रोजीरोजगारमा सफल, पुत्र-पत्नी आदिको सुख मिल्नेछ। अर्थलाभ आरोग्य सुखको साधन मिल्नेछ। सामाजिक कार्यकर्ता र राजनेताहरूको लागी प्रशंसनीय कार्य गर्ने अवसर मिल्ने योग परेको देखिन्छ। अध्ययन, अध्यापनको क्षेत्रमा रूचि बढ्‌नेछ। यात्राकारी योग पनि देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी उच्चपद प्राप्ति हुने देखिन्छ। गुप्त शत्रुदेखि होशीयार रहनुपर्ने देखिन्छ। अरू सबैको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 2, 3, 4, 15, 16, 17, 21, 22, 26, 27, शुभरंग पहेंलो-गेरूवा, अशुभ कालो।

मकर : यो महिना तपार्इंकोलागी शुभाशुभ मिश्रित फलकारक हुने योग देखिन्छ। लाभकारी समय भए तापनि घरपरिवारको झैंझमेलाले गर्दा मन खिन्न हुनसक्छ। वैवाहिक जीवन बिताउनेहरूको लागी पनि चिन्ताले ग्रस्त बनाउने समय देखिन्छ। यात्राकारी समय भयको कारण यात्रामा पनि काम एकातिर ध्यान अर्कोतिर हुने देखिन्छ। ठूलाबड़ाको साथ सल्लाह लिएर कामगरे मनमा शान्ति मिल्नेछ। रोजी रोजगारी, मध्यव्यापारीहरूको समय सामान्य सुधार हुनसक्छ। नोकरीदारको लागी कामको बोझले सताउन सक्छ। वैदेशिक रोजगारीहरूकोलागी सफलता मिल्ने समय देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 4, 5, 6, 13, 14, 17, 18, 22, 26, 28, 30, शुभरंग कालो-मैलो, अशुभ रातो-पहेंलो।

कुम्भ : यो महिना तपार्इंको लागी पारिवारिक अशान्ति कुनै सूचनाले गर्दा पनि मन अशान्ति रहने समय देखिन्छ। आफ्नो कार्य क्षेत्रमा असावधानीको कारण सामाजिक आलोचनाको शिकार हुनपर्ने देखिन्छ। कुनै काम या आयको कमीको कारण पनि मन अशान्ति हुने समय देखिन्छ। लेखक, पाठक, साहित्यकारहरूको लागी लाभकारी क्षेत्रमा भाग लिने समय देखिन्छ। रोजी रोजगारी उच्च मध्य उद्योगी व्यापारी, गृहस्थी अर्काको काम गर्ने कामदार, रोगी विमारी, डाक्टर आदिको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 1, 2, 3, 10, 11, 12, 17, 18, 25, 26, 30, शुभरंग निलो अकाशे अशुभ रातो-पहेंलो।

मिन : यो महिना तपार्इंको लागी जीवनसाथीको सहयोगले पारिवारिक मदभेदमा सुधार हुने समय देखिन्छ। आफ्नो स्वर अनुसारको मान सम्मान मिल्नेछ। ज्यादा खोजेमा अपमान पनि सहन गर्नु पर्ने समय देखिन्छ। आफूभन्दा ठूला बड़ा अधिकारीका क्षेत्रबाट वैचारिक मिलन भएको कारण पनि मनमा चिन्ता हुनसक्छ। रोजी रोजगारमा सामान्य सुधार। लुगाकपड़ा मिष्टान्न, जलपान, यानवाहनहरूमा काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। लेखक पाठक, साहित्यकारहरूको लागी समय लाभकारी देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ता. 3, 4, 5, 11, 12, 18, 19, 22, 24, 26, 28, 30, शुभरंग पहेंलो-गेरूवा, अशुभ रंग कालो-सेतो।