मेष - यो महिना तपार्इंको लागी शुभाशुभ मिश्रित फलकारक हुने समय देखिन्छ। सातौं राहु पुजनीय भएको कारण आफ्ना आफन्तमा वाद-विवादले गर्दा सामान्य कष्ट हुने समय देखिन्छ। मनमा ईश्वरीय आस्था बढ्ने समय देखिन्छ। रोजी-रोजगारी मध्य, व्यापारी, वकिल, पुजारी, शिक्षक, विद्यार्थी सबै वर्गलाई तलमाथि भइनै रहने महिना देखिन्छ। महिनाको मध्य उत्तरार्द्धमा कुनै शून्य समाचारले गर्दा केही खुशीको समय आउन या सुन्नाले मनमा खुशी मिल्ने योग परेको देखिन्छ। बोलीमा धेरै नियन्त्रण गर्नपर्नेछ, नत्र हानी हुने पनि हानिकारक योग परेको देखिन्छ। होशियार रहन पर्ने यो महिना यो महिना अशुभ ता. 2, 7, 8, 16, 26, 27 शुभ रंग-रातो, अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रितकारक हुने देखिन्छ। पाँचो राहुको कारण आयमा केही सामान्य हानी हुने योग परेको देखिन्छ। पारिवारिक दायित्व निर्वाह गर्नुपर्नेछ। व्यापारिक वर्गलाई काममा सामान्य कमी आउने कमजोरी योग परेको देखिन्छ। विद्यार्थीलाई आलस्यले सताउने योग परेको देखिन्छ। रोजी, रोजगारी, वकिल, व्यापारीहरूलाई समय सामान्य जाने समय देखिन्छ। कुनै शुभकामको थालनी गर्नुपरेमा यो महिनाका शुभ ता. 2, 8, 9, 14, 17, 18, 20, शुभ रंग इन्द्रेणी, सेतो अशुभ पहेंलो-कालो।
मिथुन - यो महिना तपार्इंको लागि रोजी रोजगारी लाभको समय आउने देखिन्छ। क्रोधमा नियन्त्रण गर्नुपर्नेछ नत्र हानी हुने प्रवल भ्रमितकारी योग बनेको देखिन्छ। रोजी-रोजगारी, मध्य व्यापारी सहित गृहस्थीहरूलाई पनि सामान्य लाभ-हानी खर्चले गर्दा सुख, दुःख दुवैको अनुभव मिल्ने योग परेको देखिन्छ। मनोरञ्जन कार्यमा मन लाग्ने समय आउने देखिन्छ। धनको कमी भएको अनुभव भने अवश्य मनमा आउने देखिन्छ। होशियार रहन पर्ने यो महिनाको अशुभ ता. 4, 5,6, 13, 14, 23, 24, 30, शुभ रंग हरियो गहूँ, अशुभ पहेंलो।
कर्कट - यो महिना तपार्इंको लागि सामान्य रहने देखिन्छ। व्यापारीवर्गलाई पनि नयाँ उन्नतिको मार्ग मिल्ने उन्नतिकारक योग परेको देखिन्छ। तर पनि बुद्धिभ्रम हुने कारण निर्णायक क्षमतामा धेरै कमी आउने देखिन्छ। आफ्ना या इष्टमित्रबाट या कार्यमा आफ्ना भएमा धोका मिल्ने समय देखिन्छ। धार्मिक कार्यमा मन लाग्ने समय देखिन्छ। कलाकारितामा काम गर्नेहरूको लागि समय राम्रोसँग बित्ने देखिन्छ। घर परिवारमा मित्रताको कमी आउने योग छ। गृहस्थी वर्गले केही सोचेर मात्रै अगाड़ी बढ्नु पर्ने समय आउने देखिन्छ। शुभकामको लागि यो महिना शुभ ता. 1, 4, 8, 11, 18, 26, 30, शुभ सेतो घिउ, अशुभ कालो-पहेंलो।
सिंह - यो महिना तपार्इंको लागि यानवाहन, भूमि, भवनको सुख मिल्ने प्रगतिकारक योग परेको देखिन्छ। बुद्धिलाई प्रयोग गरी जस्तै पक्का इरादा लिएर कड़ी मेहेनत गरेमा अवश्य पनि ठूलो लाभ मिल्ने लाभकारी समय देखिन्छ। पहिला कुनै रोकिएको काम पनि पुनः अगाड़ी बढ्ने समय देखिन्छ। भाग्योन्नतिको लागि पनि कहीं अगाड़ी बढ्ने समय देखिन्छ। आफ्ना आफन्तबाट पनि केही सामान्य सहयोगको आशा राख्न सकिने समय आउने देखिन्छ। होशियार रहन पर्ने यो महिनाको अशुभ ता. 1, 5, 9, 14, 17, 24, शुभ रंग रातो, अशुभ निलो-कालो।
कन्या - यो महिना तपार्इंको लागि भौतिक, सुखको साधनमा कमीको अनुभव गर्ने समय देखिन्छ। पण्डित, पुरोहित, शिक्षक, विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्ने समय देखिन्छ। कामको अधिकताले गर्दा भोजन समयमा पनि वाधा आउनेछ। घर-परिवार, नारी-पुरुषमा पनि केही मतभेदको स्थिति हुने समय देखिन्छ। आफूभन्दा ठूला बड़ा माता-पिताबाट पनि सहयोगको आशा राख्न सकिनेछ। आयभन्दा खर्च बढ़ी हुने कारण मनमा चिन्ताले सताउनेछ। होशियार रहन पर्ने यो महिनाको अशुभ ता. 3, 8, 11, 15, 20, 24, शुभ रंग हरियो-गहूँ, अशुभ पहेंलो।
तुला - यो महिना तपार्इंको लागि केही अशान्तिमय हुने योग परेको देखिन्छ। बिनाकारण वाद-विवादले गर्दा खर्च हुने योग भएको कारण झमेलामा अगाड़ी नबढ़ेको राम्रो होला नत्र हानी हुने प्रबल सम्भावना देखिन्छ। राजनेताले पनि राजनीतिबाट केही टाढ़ा रहेको राम्रो होला नत्र हानि हुने प्रबल सम्भावना देखिन्छ। घरमा ग्रह शान्ति, हनुमान बन्दना स्त्रोत पाठ गर्नु भएमा सामान्य शान्ति मिल्नेछ। शुभ कामको थालनी गर्नु परेमा यो महिनाको शुभ ता. 3, 4, 5, 12, 13, 14, 21, 29, शुभ रंग इन्द्रेणी सेतो, अशुभ ता. रातो।
वृश्चिक - यो महिना तपार्इंको लागि शुभाशुभ फलकारक योग परेको देखिन्छ। आफूभन्दा ठूला-बड़ाको संगतले सामान्य सफलता मिल्ने योग परेको देखिन्छ। राजनीतिज्ञको लागि सफलता मिल्ने सफलकारी योग परेको देखिन्छ। गृह परिवारमा सामान्य कुराले गर्दा वाद-विवाद हुने साथै मानसिक चिन्ताले पनि सताउने योग परेको देखिन्छ। यात्राकारी योग भएको कारण यात्रा गरे कर्मचारी सबैमा समय सामान्य रहने योग परेको देखिन्छ। शुभ कामको लागि गर्नु थालनी गर्नु परेमा यो महिनाको शुभ ता. 1, 6, 7, 14, 15, शुभ रंग रातो, अशुभ पहेंलो।
धनु - यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रित फल हुने योग परेको देखिन्छ। रोजी रोजगारी सामान्य व्यापारीलाई राम्रो लाभ मिल्ने लाभकारी समय आउने देखिन्छ। पारिवारिक वाद-विवादबाट केही टाढ़ा रहेको राम्रो होला नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। रोगीवर्गको लागि स्वास्थ्यमा केही गड़बड़ीको समय देखिन्छ। नोकरी गर्नेहरूमा पनि उच्च अधिकारीहरूसँग वाद-विवाद हुने विवादकारी योग परेको देखिन्छ। कुनै शुभकामनाको श्रीगणेश गर्नुपरेमा यो महिना शुभ ता. 1, 8, 9, 17, 26, 27, शुभ रंग पहेंलो अशुभ कालो।
मकर - यो महिना तपार्इंको लागि भाग्यले पुरा साथ दिए पनि स्वजनबाट केही कष्टकारी समय बित्ने योग देखिन्छ। रोजी रोजगारमा बुद्धि हुने बुद्धिकारी योग परेको देखिन्छ। तर पनि धेरै अगाड़ी बढ़ेर काम गरेमा केही आर्थिक या शारीरिक नुक्सान सहन गर्नुपर्ने नोक्सानकारी योग परेको देखिन्छ। रोजी, रोजगारी मध्य व्यापारी, वकिल, शिक्षक, सन्त, पण्डित, पुरोहित सबैले मेहेनत गरेमा अवश्य लाभ मिल्ने लाभकारी समय आउने देखिन्छ। कुनै नयाँ कामको थालनी गर्नुपरेमा यो महिनाको शुभ ता. 1, 2, 3, 12, 19, 20, 21, 29, शुभ रंग निलो मैला अशुभ रातो-गेरुवा।
कुम्भ - यो महिना तपार्इंको लागि राम्रो नै हुने समय आउने देखिन्छ। पारिवारिक जीवन र व्यावसायिक जीवन मिलाएर तालमेल राख्न केही लाभकारी हुनेछ। नत्र वाद-विवादले गर्दा बिनाकारण हानी हुने योग परेको देखिन्छ। साझा काममा वाद-विवादले गर्दा धन हानी हुने योग परेको देखिन्छ। धेरै काममा रूकावट आउने समय देखिन्छ। महिलाबाट सामान्य सहयोग मिल्ने योग परेको देखिन्छ। इष्टमित्रबाट सामान्य लाभ मिल्नेछ। नजिकैको यात्रा हुने साथै लाभ पनि हुने लाभकारी यात्रा योग परेको छ। शुभ ता. 4, 5, 12,1 3, 28, 29, शुभ रंग निलो अशुभ रातो-पहेंलो।
मीन - यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रित फलकारक हुने समय आउने देखिन्छ। रोगीहरूको लागि स्वास्थमा गड़बड़ी हुने योग छ। भाग्य चै राम्रो भए कर्म अगाड़ी बढ़े भने जस्तो कुनै काममा चै तुरुन्त लाभ मिल्ने मनमा आनन्दको अनुभव गर्नुपर्ने समय आउने देखिन्छ। मनमा शुभ विचारको उदय हुने समय देखिन्छ। निर्णायक क्षमतामा पनि वृद्धि हुने योग परेको छ। पत्नीबाट पनि सहयोगको आशा राख्न सकिने योग छ। अरू सबै वर्गलाई समय सामान्य रहने साथै शुभ कामको लागि यो महिनाको शुभ ता. 6, 7, 8, 18, 25, 26, शुभ रंग पहेंलो, अशुभ रातो, पहेंलो।
