राशिफल 01 Feb 2020 - देखि 1st March 2020 - सम्म

मेष : यो महिना तपार्इंको लागी आर्थिक स्थितिको गति कमी ऋणरोग भय, उदर पिड़ा आदिको भय हुने। नोकरी कार्यमा अग्रसर भएकाहरूको लागी पनि आर्थिक चिन्ता शत्रुभय हुने समय देखिन्छ। पारिवारिक जीवनमा आर्थिक चिन्ता खर्च बढ़ीले गर्दा अझ चिन्ताले सताउनेछ। महिनाको मध्यउत्तरार्धमा विस्तारै समय सामान्य तर्फ अगाड़ी बढ्‌नेछ। रोजी रोजगारी, मध्यव्यापारी, नव युवा-युवती, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार, गृहस्थी सबैको लागी समय सामान्य रहनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 8, 9, 13, 17, 22, 25, 26, 29, शुभरंग रातो अशुभ कालो।

वृष : यो महिना तपार्इंको लागी कुनै पहिला गर्दै गरेको काममा सफलता मिल्ने समय देखिन्छ। आफ्नै व्यापार गर्नेहरूको लागी कार्य क्षेत्रमा सुधारकारी योग परेको देखिन्छ। भूमी-भवन, यान-वाहन क्षेत्रमा काम गर्नेहरूको लागी लगानी गरेमा भविष्यमा लाभ हुने समय देखिन्छ। आफ्ना आफन्त इष्टमित्रबाट सहयोग मिल्नेछ। रोजी रोजगारी उच्च मध्य निम्न स्तरका व्यापारी, उद्योगी शेयर सट्टा, चिट्टापट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय सामान्य रहने देखिन्छ। योजनाकारहरूको लागी अगाड़ी बढ़ेमा अवश्य योजना सफल रहने देखिन्छ। यात्राकारी योग छ। लाभकारी भए पनि खर्च हुने समय पनि छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 1, 3, 5, 7, 11, 18, 23, 25, 26, शुभ रंग सेते इन्द्रेणी, अशुभ पहेंलो।

मिथुन : यो महिना तपार्इंको लागी मनमा चिन्ता कुनै गल्तीको सम्झनाले सताइरहनेछ। होशीयार छरछिमेकी, आफ्ना-आफन्तमा वाद-विवाद हुनेछ। घरमा अतिथि आगमन खर्च बढ्‌दो कारण मनमा केही सामान्य चिन्ताले सताउने भए पनि महिनाको मध्यउत्तरार्धमा आर्थिक सुधार कुनै पुरानो रोकिएको काम अगाड़ी बढ्‌नेछ। धेरै परिश्रम गरे पनि फलको कमी, थकित शरीर भएको कारण मनमा उल्झन रहनेछ। रोजी रोजगारी, मध्ये व्यापारी सबै प्रकारको काम गर्ने कामदार नारी-पुरुष सबै ववर्गको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 1, 3, 5, 9, 11, 17, 18, 20, 27, 28, शुभ रंग हरियो गहूँ, अशुभ सेतो। 

कर्कट : यो महिना तपार्इंको लागी जीविकोपार्जन कार्य सम्बन्धि सामान्य रहने देखिन्छ। विद्यार्थीवर्गको लागी अध्ययन क्षेत्रमा सामान्य हानी। सामाजिक कार्यकर्ताहरूको लागी मान-सम्मान, पद प्रतिष्ठामा सामान्य रहनेछ। परिश्रमिकहरूको लागी समय लाभकारी छ। नोकरी गर्ने वर्गको लागी उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। निजी व्यापार गर्ने व्यापारीहरूको लागी परिश्रम अनुसार लाभ मिल्नेछ। रोजीरोजगारी, मध्ये व्यापारी, गृहस्थी, नवयुवा युवतीलाई जीवनसाथी मिल्ने योग नयाँ दम्पतिलाई सन्तान सुखको योग, वृद्धहरूको लागी छाती सम्बन्धी विमार, मध्ये वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 7, 9, 11, 15, 16, 20, 22, 24, 28, शुभ रंग सेतो अशुभ कालो। 

सिंह : यो महिना तपार्इंको लागी घरपरिवारमा मांगलिक कार्यको लागी समय हाँसीखुशी, घरपरिवार सबैमा भेटघाटको समय आउने। शेयर सट्टा चिट्टापट्टा रुपियाँ, पैसा लेनदेन गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। लुगाफाटा कागजपत्र, क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। होशीयार यानवाहन, चालकहरूलाई सावधानी पूर्वक अगाड़ी बढ्‌नुहोला नत्र दुर्घटना हुने योग छ। कुनै नयाँ कामको श्रीगणेश हुने समय देखिन्छ। अरू सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 6, 7, 10, 14, 15, 20, 21, 25, 26, शुभरंग रातो मेरून, अशुभ कालो। 

कन्या : यो महिना तपार्इंको लागी शिक्षा क्षेत्रमा काम गर्नेहरूको लागी धेरै परिश्रमले मात्रै सफलता मिल्नेछ। पारिवारिक समस्यामा केही कमि आउने देखिन्छ। व्यापारिक क्षेत्रमा मित्र सहयोगको समय छ। होशियार धेरै अरूको विश्वास गर्नु चै हानीकारक हुनेछ। नोकरी गर्नेहरूको लागी समय सामान्य भन्दा लाभकारी देखिन्छ। पूजापाठ, अर्चना वन्दना आदिको सहयोग लिएर अगाड़ी बढ़े अवश्य लाभ मिल्नेछ। रोजी रोजगारी, शिक्षक-विद्यार्थी, लेखक-पाठक, साहित्यकार नोकरी क्षेत्रमा काम गर्नेे सबै नारी-पुरुषहरूको लागी पनि समय सामान्य रहनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 3, 8, 9, 12, 15, 18, 19, 23, 24, 29, शुभ रंग हरियो गहूँ, अशुभ पहेंलो। 

तुला : यो महिना तपार्इंको लागी नपत्याउने काम हुनेछ। टाढ़ा या नजिकको यात्रा गर्नुपर्ने समय देखिन्छ। राजनेता, सामाजिक, कार्यकर्ताहरूको लागी समय सामान्य रहने देखिन्छ। घरमा मांगलीक कार्यको श्रीगणेश हुनेछ। व्यापारीवर्गको लागी समय लाभकारी हुनेछ। धर्मकर्ममा मन लाग्ने समय देखिन्छ। भूमीभवन, यानवाहन, मित्र आगामनको साथै लाभकारी समय देखिन्छ। रोजीरोजगारी, मध्य व्यापारी, गृहस्थी नोकरी गर्नेहरूको  पत्रकार,  नारी-पुरुषहरूको लागी समय सामान्य रहनेछ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 3, 4, 8,9, 15, 16, 20, 24, 28, 29, शुभरंग सेतो छिर्के-मिर्के, अशुभ पहेंलो। 

वृश्चिक : यो महिना तपार्इंको लागी सामाजिक कार्यकर्ताहरूको लागी मानसम्मान परिश्रम अनुसार लाभ नहुने  समय देखिन्छ। इच्छा भएकोहरूको लागी साना तिना काम इच्छा पुरा हुने समय देखिन्छ। कुनै धार्मिक कार्यमा अग्रसर भइ अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्नेछ। होशीयार कुनै आफ्नै भूलको कारण कुनै अर्थ हानी हुने प्रवल सम्भावना देखिन्छ। घरमा पुजापाठ, हनुमानको पाठ गर्नु राम्रो हुनेछ। साथै आफ्ना आफन्त इष्टमित्र, छर छिमेकीहरूसँग वादविवाद हुने समय देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 4,6, 12, 17, 29, 23, 25, 27, 29, शुभ रंग रातो मेरून, अशुभ पहेंलो। 

धनु : यो महिना तपार्इंको लागी व्यापारीवर्गको लागी उच्च अधिकारीको सहयोगबाट आर्थिक लाभ हुने समय देखिन्छ। घर परिवारमा हाँसी खुशीको समय आउने देखिन्छ। विद्यार्थी वर्गको लागी शिक्षा परीक्षामा व्यस्त बन्नेछ। कार्य क्षेत्रमा केही ध्यान दिनुपर्नेछ। रोगीहरूको लागी स्वास्थ्यमा केही कष्टकारी समय देखिन्छ। खर्चलाई केही सोचीसम्झी गर्नुपर्नेछ नत्र ऋृण रोग भय हुने समय देखिन्छ। ठेक्कापट्टा गर्नेहरूको लागी समय सामान्य रहनेछ। शिक्षाको क्षेत्रमा काम गर्नेहरूको लागी लाभकारी समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी सबै नारी-पुरुषहरूको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 5, 6, 8, 12, 14, 18, 21, 25, 27, शुभ रंग पहेंलो-गेरूवा, अशुभ कालो।

मकर : यो महिना तपार्इंको लागी पुरानो इच्छापूर्ति हुने समय देखिन्छ। काम धन्धा, पाहुनाहरूले गर्दा समय व्यस्तताले  बित्नेछ। नानी, केटा-केटीहरूको भविष्यको लागी केही नयाँ योजनाको श्रीगणेश गर्ने समय देखिन्छ। विद्यार्थीवर्गको लागी केही ध्यान दिने समय छ, नत्र असफलता हात लाग्नेछ। कुनै अन्जान मानिससँग भेटघाट, बातचित हुनेछ। रोजीरोजगारी, उच्च उद्योगी, व्यापारी, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, अन्न वस्त्र यान वाहन, कागज पत्र, सरकारी नोकरी गर्ने कर्मचारी सबै वर्गको लागी समय सामान्य लाभकारी हुनेछ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 3, 7, 9, 14, 18, 22, 26, 28, शुभरंग निलो कालो, अशुभ रातो गेरुवा। 

कुम्भ : यो महिना तपार्इंको लागी विमारीबाट होशीयार। दमको रोगीहरूको लागी कष्टकारी समय देखिन्छ। पारिवारिक माहोल राम्रो भए पनि रुपियाँ-पैसाको चिन्ताले सताउने देखिन्छ। मन चञ्चल रहने, भोग विलासीता तर्फ मन जाने कारण घरमा केही वादविवाद हुने कष्टकारी योग देखिन्छ। पत्नी-पुत्रबाट सामान्य सहयोगको समय देखिन्छ। आफूभन्दा ठूलाबड़ाले दिएको सल्लाह अनुसार अगाड़ी बढ़े अवश्य लाभ मिल्नेछ। आफ्ना आफन्तमा पनि वादविवाद हुने समय देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, लेख, पाठक, साहित्यकार, डाक्टर, विमारी, युवा-युवती सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 10, 12, 18, 20, 24, 28, शुभ रंग निलो मैला, अशुभ रातो-पहेंलो। 


 


मिन : यो महिना तपार्इंको लागी भाग्यं भवती सवत्रः न विद्या न चपौरुषम्‌ भने जस्तै यदी तपार्इंको गृहदशा ठिक भएमा कुनै पनि क्षेत्रमा काम गर्नेहरूको लागी, शुभ लाभकारी हुने समय देखिन्छ। तर तातो खाउँ जली मरौं भनेजस्तो गरी काम गरेमा हानी पनि हुने सम्भावना भएको देखिन्छ। केही राम्रो सोचेर अघाड़ी बड़े ठूलो काम बन्ने साथै भविष्यमा लाभ हुने समय देखिन्छ। धर्म-कर्म, पूजापाठ आदिमा मन लगाए साथै साधु सन्त, योगी महन्त, पण्डीत, पुरोहित आदिको सेवा गरे अझ लाभकारी समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, कृषक, सरकारी नोकरी गर्ने उच्च अधिकारी प्रशासकहरूको लागी मिथ्याको दवाब भए पनि लाभकारी हुनेछ। शुभ कामको लागी यो महिनाका शुभ ताः 1, 5, 7, 9, 13, 15, 19, 23, 27, 29, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो।