राशिफल 01 March 2020 - देखि 1st April 2020 - सम्म

मेष : यो महिना तपार्इंको लागि सरकारी नोकरी हुनेहरूको लागि सतर्क भइ अगाड़ि बढ्‌नु पर्ने समय देखिन्छ। धनसम्पति जग्गा जमिन सम्बधि वाद-विवादको स्थिति देखिन्छ। कानूनी सम्बन्धि काम गर्नेहरूको लागि समय दुःख खर्चीलो साथै विवादित समय देखिन्छ। राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरूको लागि समय सुखमय बित्ने देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी यान-वाहन, भूमि-भवन, रुपियाँ-पैसाको लेनदेन गर्नेहरूलाई पनि समय सोचेर अगाड़ि बढ्‌नुपर्ने देखिन्छ। होशियार रहनुपर्ने यो महिनाका अशुभ ताः 2, 3, 8, 9, 15, 17, 22, 24, 30, शुभरंग रातो, अशुभ कालो।
वृषः यो महिना तपार्इंको लागि कार्य क्षेत्रमा व्यस्ततापूर्ण रहने समय देखिन्छ। मेहेनत भए पनि आमदानीको कमिनै हुने समय देखिन्छ। मानसिक चिन्ता शारीरिक थकानले गर्दा अझ तनाउपूर्णस्थिति देखिन्छ। नोकरी गर्नेहरूले आफूभन्दा ठूलाबड़ा अधिकारीहरूको दबाउ सहनुपर्ने समय देखिन्छ। व्यापार क्षेत्रमा काम गर्नेहरूको लागि सरकारी अधिकारीहरूको सेवामा समय बित्ने देखिन्छ। घर परिवार आफ्ना आफन्तमा सामान्य वाद-विवादले दुःख दिने समय देखिन्छ। रोजी रोजगारी मध्यव्यापारी यानवाहन, लेखापढ़ी क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य देखिन्छ। होशियर रहनपर्ने यो महिनाका अशुभ ताः 2, 6, 8, 10, 13, 14, 20, 21, 25, 27, 31, शुभ रंग सेतो इन्द्रेणी, अशुभ पहेंलो। 
मिथुन : यो महिना तपार्इंको लागि आफ्नो ढिटपनले गर्दा आफ्ना आफन्त, इष्टमित्रहरूमा वादविवादले दुःख दिने समय देखिन्छ। व्यापारीवर्गको लागि स्थिति सामान्य रहने देखिन्छ। आफूभन्दा ठूलाबड़ाहरूको सल्लाह लिएर अगाड़ि बढ्‌नुपर्ने ठाउँमा केहि होशीयारपूर्वक कार्य गर्नुपर्ने समय देखिन्छ। वाद-विवादमा अगाड़ि बड़े हानी हुने प्रवल समय देखिन्छ। घर परिवार आफ्ना आफन्तमा केहि सम्मानसहित व्यवहार तपार्इंको लागि हितकार हुने देखिन्छ। घरमा पूजापाठ, ग्रहजाप गर्नुपर्ने समय छ। होशियार रहनुपर्ने यो महिनाका अशुभ ताः 3, 5, 8, 13, 14, 20, 27, 28, 31, शुभरंग हरियो गहूँ, अशुभ सेतो। 
कर्कट : यो महिना तपार्इंको लागि कुनै पनि क्षेत्रमा काम गर्नेहरूको लागि कार्य गर्दा कड़ा मेहेनत पक्का इरादा राखि अगाड़ि बढ़ेको राम्रो होला नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। हनुमान स्रोतपाठ गर्नु राम्रो होला, घर परिवारमा कसैको दुखद घटनाले पनि चिन्ताग्रस्त समय देखिन्छ। महिनाको मध्यउत्तरार्धमा महत्वपूर्ण कार्य हुने देखिन्छ। नोकरी क्षेत्रमा काम गर्ने ठूलाबड़ा प्रशासक अधिकारीहरूको लागि पनि समय सामान्य रहने देखिन्छ। युवा-युवतीहरूको लागि जीवनसाथिको मिलनको योग देखिन्छ. विद्यार्थी वर्गको लागि कड़ा मेहेनत गरेमात्रै सफल हुने देखिन्छ। रोजी-रोजगारी मध्यव्यापारी, नारी-पुरुष सबै वर्गको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 1, 4, 5, 9, 14, 19, 23, 25, 29, 31 शुभ रंग सेतो, अशुभ कालो।
सिंह : यो महिना तपार्इंको लागि राजनीतिज्ञ साथै सामाजिक क्षेत्रमा काम गर्नेहरूको लागि लाभकारी मान सम्मान पद प्रतिष्ठामा वृद्धि हुने समय देखिन्छ। आर्थिक सुधार, मानसिक शान्ति मित्र मिलन योग पनि परेको देखिन्छ। तर  परिवार आफ्ना आफन्तमा चै सामान्य वादविवादले पति-पत्नी, पुत्र भाई वन्धुमा केही नोकझोंक हुने योग देखिन्छ। भविष्यको लागि वचन भूमी-भवन, सुन-चाँदी आदि क्षेत्रमा लगानी गरे अवश्य लाभ मिल्ने देखिन्छ। रोजी-रोजगारी, मध्ये व्यापारी शिक्षक, विद्यार्थी, लेखक-पाठक, साहित्यकार, सेवक, नारी-पुरुष साथै सबैवर्गलाई समय सामान्य रहने देखिन्छ। होशियार रहने यो महिनाका अशुभ ताः 4, 5, 9, 10, 15, 18, 22, 26, 29, 30, शुभ रंग रातो, अशुभ कालो।
कन्या : यो महिना तपार्इंको लागि व्यापारी वर्गको लागि व्यापार विस्तार गर्नुपर्ने समय देखिन्छ। उत्साहमा वृद्धि हुने समय देखिन्छ। नवयुवा युवतीलाई जीवनसाथी मिल्ने पत्नी सुख नव दम्पतीको लागि सन्तान सुख, दैनिक खटिखानेहरूको लागि कार्यक्षेत्रमा लाभ, मित्र सहयोग मिल्ने सर्वकार्य सिद्धि योग परेको देखिन्छ। नोकरी गर्नेहरूको लागि पनि सुख-शान्ति अर्थ लाभ मिल्ने योग छ। कृषि, पशुधन रुपियाँ पैसाको लेनदेन गर्नेहरूको लागि पनि समय लाभकारी हुनेछ। यान-वाहन, भूमि भवनको काम गर्नेहरूको लागि पनि समय लाभकारी देखिन्छ। सबै वर्गको लागि समय लाभकारी हुने साथै यो महिनाका शुभ ताः 1, 2, 7, 9, 11, 15, 18, 21, 25, 26, शुभरंग हरियो-गहूँ, अशुभ पहेंलो-सेतो। 
तुला : यो महिना तपार्इंको लागि कड़ा मेहेनतले गर्दा मात्रै फल मिल्ने देखिन्छ। आमदानी भन्दा खर्च धेर हुने कारण पनि चिन्ताले सताउने समय देखिन्छ। घर परिवारमा आफ्ना आफन्तमा मांगलिक कार्यले गर्दा कतिपय मित्रभेट, आर्थिक हानी हुने समय देखिन्छ। सरकारी कर्मचारीहरूको लागि लाभकारी सामान्य देखिन्छ। डाक्टरहरूको लागि पनि समय लाभकारी हुने समय देखिन्छ। विद्यार्थी वर्गको लागि समय सामान्य देखिन्छ। रोजी-रोजगारी, मध्यव्यापारी, जलपान, अन्न धन्न आदिको कार्य गर्नेहरूको लागि समय सामान्य लाभकारी हुने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ताः 1, 3, 5, 9, 11, 12, 18, 19, 23, 27, 29, शुभरंग सेतो छिर्केमिर्के, अशुभ रातो-पहेंलो।

 


वृश्चिक : यो महिना तपार्इंको लागि आफ्नो आफूमा विश्वास राखि कार्य क्षेत्रमा अगाड़ि बढ़ेमा अवश्य लाभ मिल्नेछ। पहिला रोकिएको कार्य अगाड़ि बढ्‌ने देखिन्छ। आर्थिक पक्ष सामान्य रहने देखिन्छ। भाग्यले पनि अवश्य साथ दिनेछ। रोजी रोजगारी, मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, डाक्टर, खाता-पत्र आदि काम गर्ने वकिल, अडिट सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। भूमि-भवन, यान-वाहन ट्रावल्सको क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनका शुभ ताः 3, 5, 8, 11, 20, 22, 26, 28, 30, शुभ रंग रातो, अशुभ पहेंलो। 
धनु : यो महिना तपार्इंको लागि आर्थिक कमजोर भए पनि कार्य क्षेत्रमा सफलता मिल्ने समय आउने देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागि मान-सम्मान पद प्रतिष्ठा साथै आय पनि बढ़नेछ। तर घर परिवार आफ्ना-आफन्तमा वादविवाद हुने चैं तपार्इंको लागि हानी हुने देखिन्छ। धार्मिक कार्यमा मन हुनेछ। भूमि भवनमा लगानी गर्ने समय आउने देखिन्छ। छाती, दाँत घाँटी सम्बन्धि पीड़ाले सताउने देखिन्छ। साधु, सन्तयोगी महन्त, पण्डित, पुरोहितहरूको लागि समय लाभकारी देखिन्छ। होशियार रहन पर्ने यो महिनाका अशुभ ताः 1, 3, 6, 10, 12, 16, 20, 21, 28, 31 शुभरंग पहेंलो गेरुवा, अशुभ कालो-निलो। 
मकर : यो महिना तपाईंको लागि अरूबाट ऋण लिनुदिनु दुःखदायी हुने देखिन्छ। आफ्ना आफन्तमा सामान्य कुरामा मन मुटाव हुनेछ। धार्मिक कार्यमा रूची आउने साथै खर्च हुने दुवै प्रकारको समय देखिन्छ। कुनै नयाँ योजनाको श्रीगणेश अगाड़ि बढ्‌ने साथै रोकिएको काम पनि हुनेछ। राजनेताहरूको लागि शासनसत्ताको सहयोग मिल्ने देखिन्छ। कुनै नयाँ साथि मिल्ने साथै त्यसबाट लाभ मिल्ने साथी लाभकारी योग परेको देखिन्छ. महत्वपूर्ण कार्य अगाड़ि बढ्‌ने देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी सबै वर्गको  लागि समय सामान्य रहने साथै होशियार रहने यो महिनाका अशुभ ताः 2, 3, 5, 8, 12, 16, 20, 24, 28, 30, शुभ रंग निलो मैलो अशुभ सेतो।
कुम्भ : यो महिना तपार्इंको लागि अरूको पछाड़ि लाग्ने तपार्इंको आदत कुनै नराम्रो ठाउँमा फस्न पर्ने योग परेको देखिन्छ। खाली बसेको बेलामा पनि काम गर्ने बानी गरे अवश्य लाभ मिल्नेछ। नोकरी गर्नेहरूको लागि ठूलाबड़ा अधिकारीको सहयोगले लाभ मिल्ने देखिन्छ। आफ्ना आफन्त इष्टमित्रहरूबाट सहयोगको झिनो आशा राख्न सकिन्छ। पति-पत्नी पुत्र-सन्तानबाट मन प्रसन्न रहने देखिन्छ। फलाम, काठ, सिमेन्ट, गिटी बालुवा खनिज क्षेत्रमा काम गर्नेहरूको लागि पनि समय लाभकारी देखिन्छ. सबै वर्गको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 5, 8, 12, 14, 18, 20, 22, 27, 28, शुभरंग निलो कालो, अशुभ रातो। 
मिन : यो महिना तपार्इंको लागि साझेदारीमा काम गर्नेहरूको लागि हिसाब किताब लिएर वादविवाद शुरू हुने समय देखिन्छ। पूर्व निर्धारित कार्यमा रूकावट आउने मन अशान्ति हुने समय देखिन्छ। ज्ञान-बुद्धि धर्म, कर्म आदिमा मन लगाउनु राम्रो होला। सामाजिक राजनैतिक आदि क्षेत्रमा काम गर्नेहरूको लागि कुनै व्यक्तिको कारण असमाञ्जसको स्थिति हुने समय देखिन्छ। रोजी रोजगारी उद्योगी व्यापारी जलपान, यानवाहनको क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। साधु-सन्त, योगी, महन्त, पण्डित, पुरोहित, शिक्षक विद्यार्थी लेखक, पाठक, साहित्यकार, कागज-पत्र आदि क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः  2, 3, 5, 8, 11, 13, 16, 19, 23, 26, 30, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो।