राशिफल 01 Feb 2019 - देखि 1st March 2019 - सम्म

Ariesमेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : यो महिना तपार्इंको लागी कार्यक्षेत्रमा पुरूषार्थअनुसार धन वृद्धि पारिवारिक सुख, मनोरञ्जनमय साधन सुलभ, शनि नवम भएको कारण केही कार्यमा रूकावट आउने देखिन्छ। महीनाको मध्य उत्तरार्धमा नोकरी गर्ने वर्गले सचेत रहनु पर्ने समय देखिन्छ। नत्रमान सम्मान, पद-प्रतिष्ठामा बिघ्न आउने देखिन्छ। स्वास्थ्य कष्ट, आफ्ना-आफन्तमा विवाद परेको देखिन्छ। घरमा पुजापाठ, यज्ञ-हवन, गृहशान्ति गर्नु समयको माग देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, उद्योगी, निजामती कर्मचारी अरूको काम गर्ने नोकर चाकर कुल्ली, कवाड़ी, ड्राइवर, खलासी, नारी-पुरुष सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 3, 8, 11, 18, 19, 26, 27, 28, शुभरंग रातो-सुन्तला, अशुभ कालो।

Taurusवृष -  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यो महिना तपार्इंको लागी स्वदेश विदेश वरपर भ्रमण गर्ने भ्रमणकारी योग देखिन्छ। शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक, विद्यार्थी, लेखक पाठक, साहित्यकार, वकील, जज, मिडिया क्षेत्रमा काम गर्ने एडिटर, रिपोर्टर, कपीराईटर आ-आफ्नो क्षेत्रमा सिद्धिपद लाभकारी समय देखिन्छ। उच्च वर्गहरूको लागी पनि परिश्रमअनुसार सफलता मिल्ने देखिन्छ। तर महिनाको उत्तरार्धमा प्रत्येक कार्यको लागी धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। रोजी रोजगारी, व्यापारी, खेती-किसान, मजदुर, कुल्ली-कवाड़ी, अर्काको नोकर-चाकर-चौकीदार, चप्रासी साथै युवा-युवती नयाँ दम्पती सबैवर्गको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 5, 6,8, 11, 14, 20, 24, 26, 28, शुभ रंग सोते-इन्द्रेणी, अशुभ रातो-पहेंलो।

मिथुन : यो महिना तपार्इंको लागी योग विलासिताको लागी अनावश्यक खर्च गर्नुपर्ने खर्चकारी योग परेको देखिन्छ। नयाँ कार्यबाट भविष्यमा लाभ मिल्ने लाभकारी समय आउने देखिन्छ। सामाजिक कार्यकर्ता राजनेताहरूको लागी आर्थिक, सामाजिक कार्य प्रणालीको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने सर्वकार्य सफलकारी योग परेको देखिन्छ | रोगीहरूको लागी स्वास्थ्य लाभ, शत्रुसमन, कार्य क्षेत्रमा विजय मिल्ने योग देखिन्छ। रोजी रोजगारी उच्च मध्य निम्न स्तरका व्यापारी सबैवर्गको लागी समय सामान्य रहने देखिन्छ। नारी-पुरुष, सरकारी नोकरी, शेयरसट्टा, चिट्टापट्टा रुपियाँ-पैसाको लेनदेन गर्ने ठेक्का पट्टा सबै वर्गको लागी पनि समय सामान्य लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 7, 8, 11, 15, 19, 23, 27, 28, शुभ रंग हरियो-गहुँ, अशुभ सेतो। 

कर्कट : यो महिना तपार्इंकोलागी सामाजिक, राजनैतिक प्रभाव अवश्य मिल्नेछ साथै दैविय क्षमताले गर्दा कुनै पनि काममा बढ़त मिल्ने समय आउने देखिन्छ। व्यापारी वर्गको लागी पुरानो मित्रबाट सहयोग मिल्नेछ। नवदम्पतीको लागी सन्तान सुख, आत्मबलमा वृद्धि, जनसम्पर्क बढ्‌ने समय देखिन्छ। नेत्र, उदरपिड़ाले केही सताउने समय देखिन्छ। रोजी रोजगारी मध्यव्यापारी, ठेक्कापट्टा, शेयरसट्टा, भूमि भवन यानवाहन, कपड़ा-लत्ता, अन्न-धन्न, आरामदायी लजीङ्ग, होटल आदि क्षेत्रमा कार्यरतहरूको लागी लगानी गरेमा अवश्य लाभ मिल्ने देखिन्छ। अरू सबै वर्गको लागि सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 3, 6, 17, 21, 27, शुभरंग सेतो घिउ, अशुभ कालो। 

सिंह : यो महिना तपार्इंको लागी कुनै महत्वपूर्ण कार्यको अविभारा उठाउन पर्ने समय देखिन्छ। निजी क्षेत्रमा साथै व्यापारी क्षेत्रमा लगानी गरेमा अवश्य व्यापार विस्तार योग परेको देखिन्छ। पहिलाको भन्दा यो महिनामा सामान्य सुधार हुने सुधारकारी योग देखिन्छ। पहिला रोकिएको केही काम विस्तार अगाड़ी बढ्‌नेछ। जनसम्पर्क क्षेेत्रमा कार्य गर्नेहरूको लागी सामान्य भन्दा लाभ मिल्ने समय देखिन्छ। रोजी-रोजगारी मध्य व्यापारी, गृहस्थी, सरकारी नोकरी, शिक्षक, विद्यार्थी, लेखक, पाठक, पत्रकार, रिपोर्टर, मिडिया क्षेत्रमा काम गर्ने युवा-युवती नव-दम्पती, नारी-पुरुष सबै वर्गको लागी समय सामान्य देखिन्छ। शुभकामको लागी यो महिनाका शुभा ताः 4, 8, 12, 18, 22, 26, 28 शुभ रंग रातो-र्इंटा, अशुभ कालो। 

कन्या : यो महिना तपार्इंको लागि धेरै होशियार पूर्वक अगाड़ि बढ्‌नु पर्ने देखिन्छ। अरूलाई दिएको रुपियाँ-पैसा लेनदेन लिनुदिनु  भविष्यको लागि हानीकारण हुने समय देखिन्छ। धनको कमी, अनेकन बाधाले गर्दा आत्माबल मनोबल, धनबल जनबल सबैतिरको चिन्ताले गर्दा केही सताउने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा आफ्नो चातुर्य वाकपटुताले कार्य सम्पादन निर्णायक शक्ति, कर्तव्यनिष्ट, जीवनयापन गर्नपर्ने समय देखिन्छ। रोजीरोजगारी मध्यव्यापारी, नारी-पुरुष सबै वर्गको लागी सामान्य रहने समय देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 3, 4,8, 13, 15, 22, 24, 26, 28, शुभ रंग हरियो-गहुँ, अशुभ सेतो।

तुला : यो महिना तपार्इंको लागी काममा लागी पर्नेहरूको लागी सफलता मिल्ने, राम्रो व्यक्तित्व प्रभाव, रोगीको लागी स्वास्थ्य सुधार, दुःखीको लागी केही सुख, मानसिक शान्ति, साहस उत्साहमा वृद्धि हुने वृद्धिकारी योग बनेको देखिन्छ। सतकर्मको लाभ मिल्ने देखिन्छ। नव युवा-युवतीको लागी जीवनसाथी मिल्ने योग देखिन्छ। रोजीरोजगारी, मध्यव्यापारी उद्योगी निजामती कर्मचारी, पण्डित पुरोहित, साधु-सन्त, योगी-महन्त, शिक्षक-विद्यार्थी, लेखक, पाठक,साहित्यकार, डाक्टर कुनै पनि क्षेत्रमा काम गर्ने कामदार, गृहस्थी, नारी-पुरुष सबैवर्गलाई धर्म-कर्ममा आस्था राखी पुजापाठ, ग्रहजाप सल्लाहकार लिएर अगाड़ि बढ़ेमा अवस्य लाभ मिल्ने समय देखिन्छ। होशीयार रहने यो महिनाका शुब ताः 3, 5, 9, 11, 15, 19, 23, 27, शुभ रंग सेतो-इन्द्रेणी, अशुभ पहेंलो।

वृश्चिक : यो महिना तपार्इंको लागि श्रम र संघर्ष चिन्तनशिल भई कार्य क्षेत्रलाई अगाड़ि बढ़ाउन पर्ने समय देखिन्छ। पराधिनको कार्यमा वाद-विवादले गर्दा केही कार्य रोकिने समय देखिन्छ। अव्यवस्थित दिनचर्याले गर्दा घरपरिवार आफ्ना आफन्तमा वादविवाद हुने समय देखिन्छ। राजनेता, सामाजिक कार्यकर्ता साथै सरकारी नोकरी गर्नेहरूको लागि मानसम्मान, पद-प्रतिष्ठा आदिमा वृद्धि हुने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा समय सामान्य रहने देखिन्छ। घरमा पुजापाठ ग्रहशान्ति हनुमान स्तुती पाठ गरे राम्रो हुने देखिन्छ। सबैवर्गको लागि समय सामान्य लाभकारी हुने देखिन्छ। शुभकामको श्रीगणेश गर्नुपरेमा यो महिनाको शुभ ताः 4, 6, 8, 12, 16, 20, 24, 28, शुभरंग रातो-मेरून, अशुभ पहेंलो।

धनु : यो महिना तपार्इंको लागी विद्यार्थी वर्गको लागि विद्याबुद्धि कला-कौशलमा केही अगाड़ी बढ्‌ने देखिन्छ। कलाकार, संचार, रिपोर्टर क्षेत्रमा काम गर्नेहरूको लागि समय लाभकारी देखिन्छ। आर्थिक योजनामा कठिन परिश्रम गरे पनि सामान्य मात्रै लाभ मिल्ने अल्पलाभकारी समय देखिन्छ। चिनाजाना नभएका मानिस साथै साथमा काम गर्ने साथी भाइ, इष्टमित्रबाट होशीयार। आर्थिक लेनदेन गरेमा अवस्य घाटासहन गर्नुपर्ने योग देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 1, 3, 6, 10, 14, 20, 24, 27, 28, शुभरंग पहेंलो-गेरूवा, अशुभ कालो।

मकर : यो महिना तपार्इंको लागी विनाकारणको दौड़धुपले गर्दा मानसिक चिन्ता, अर्थ हानी हुने समय आउने देखिन्छ। सानोतिनो कुरामा घरपरिवार पतिपत्नी, आफ्ना आफन्तसँग धन सम्पत्तिको विषय लिएर केही वादविवाद मनमुटाव हुने वादविवादकारी योग परेको देखिन्छ। विद्यार्थी वर्गको लागि आलस्यको कारण अध्ययनमा बाधा आउने देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, वकील, जज, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार, सरकारी नोकरी गर्ने नोकरीदार सामाजिक कार्यकर्ता, राजनेता, ठुलाबड़ा अधिकारी, अन्नधन्न, खाना खजानामा काम गर्ने साथै चित्रकार, पत्रकार, सुचिकार, रिपोर्टर, कलाकार नारी-पुरुष सबैवर्गले आफ्नो वाणीमा होशियार पूर्वक अगाड़ि बढ़ेमा अवश्य लाभ मिल्ने समय देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 2, 4, 10, 12, 17, 21, 23, 25, 27, शुभरंग मैला कालो-निलो, अशुभ रातो-पहेंलो।


कुम्भ : यो महिना तपार्इंको लागि रोगी वर्गको स्वास्थ्य सुधार, दुःख-कष्टमा पनि सुधार हुने समय देखिन्छ। कर्तव्यनिष्ट भएमा जीवनको लागि केही नवीन कार्य अगाड़ि बढ्‌ने प्रयत्न नै परिवर्तन हुने आफ्नो भाग्यपूर्व नियोजित कार्य अगाड़ि बढ्‌ने लाभकारी योग पनि देखिन्छ। शेयरसट्टा चिट्टापट्टा, रुपियाँ-पैसा, भूमि-भवन, यानवाहन क्षेत्रमा काम गर्नेहरूको लागि सामान्य प्रकारले  मात्रै अगाड़ि बढ्‌ने समय आउने देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, नोकर चाकर, कुल्ली-कवाड़ी, तैलीय पदार्थका व्यापारी, आरामदायी  सजी सजावट श्रृंगार क्षेत्रमा  काम गर्नेहरूको लागि पनि समय सामान्य रहन देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ताः 2, 3, 6, 11, 15, 19, 23, 25, 27, शुभ रंग निलो-आकाशे, अशुभ पहेंलो-रातो।

मिन : यो महिना तपार्इंको लागि जीविकोपार्जनको लागि सामान्य रहने देखिन्छ। प्रयत्न गरे परिश्रम गरे मिहिनेत गरे अवश्य लाभ मिल्ने छ। उच्चवर्गको लागि आर्थिक लाभ, अधिकारीहरूको सहयोगले कतिपय रोकिएको काम अगाड़ी बढ्‌ने समय देखिन्छ। आफ्ना आफन्त स्त्री पुत्र, दिदी-बहिनी, चेलीबेटीबाट सामान्य सहयोगले केही अधुरो काम बन्ने समय देखिन्छ। रोजीरोजगारी, मध्ये व्यापारी, कागज-पत्रको काम गर्ने केमिकल फोटो, भिडियो, क्यामेरा, शिक्षक, विद्यार्थी, लेखक पाठक, रुपियाँ-पैसाको लेनदेन गर्ने यानवाहन, भूमि-भवन सम्बन्धित सामानको ठेक्कापट्टा, शेयरसट्टा, नारी-पुरुष सबै वर्गको लागि समय सामान्य रहनेछ। शुभ कामको लागि यो महिना शुभ ताः 2, 3, 6, 11, 15, 19, 23, 25,27, 28, शुभ रंग पहेंलो-गेरुवा, अशुभ कालो-निलो।