मेष : यो महिना तपार्इंको लागी सामाजिक, राजनैतिक क्षेत्रमा काम गर्नेहरूको लागी लाभकारी हुने समय देखिन्छ। आर्थिक मन्दीबाट केही राहत मिल्ने समय आउने देखिन्छ। धार्मिक क्षेत्रमा काम गर्नेहरूको लागी पनि लाभकारी समय छ। रोजी रोजगारी, मध्ये व्यापारी, भूमी-भवन, यानवाहन आदि क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय सामान्य लाभकारी देखिन्छ। सुरा सुन्दरीको तर्फ मन लाग्ने कारण केही सावधानी अप्नाउनु पर्ने देखिन्छ नत्र अर्थ हानी हुनसक्ने देखिन्छ। पुजापाठ मन्त्र आदि गरे अरू शुभकारक हुनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 3, 5, 8, 9, 13, 16, 19, 23, 26, 29, शुभरंग रातो मेरून, अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागी व्यापारी वर्गको लागी सामान्य लाभ देखिन्छ। शेयर सट्टा, चिट्टापट्टा, रुपियाँ-पैसाको काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। होशीयर रुपियाँ-पैसाको लागी घरपरिवार, पति-पत्नीमा केही मन मुटाव आउने देखिन्छ। पुरानो मित्र भेटसहित रोकिएको काम पनि केही अगाड़ी बढ्ने समय देखिन्छ। स्त्री-पुरुष, पुत्र-सन्तानबाट पनि केही सहयोगको आशा राख्न सकिन्छ। घर खर्च बढ्ने रोग, शत्रु भय, नेत्र उदारपिड़ाले दुःख दिने समय देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 3, 8, 9, 14, 15, 19, 20, 23, 26, 28, 30, शुभरंग सेतो छिर्के-मिर्के, अशुभ पहेंलो।
मिथुन : यो महिना तपार्इंको लागी कुनै पनि कामको लागी राम्ररी हेरविचारी मात्रै अगाड़ी बढ्नुपर्नेछ। योग विलासिताले गर्दा मित्रबाट पनि नामको मात्रै सहयोग मिल्ने देखिन्छ। अधिकारीहरूको सहयोगले कुनै मुद्दा मामिलामा विजय हुने तर धन खर्च हुने योग देखिन्छ। शेयरसट्टा, चिट्ठापट्टा, रुपियाँ पैसाको लेनदेनबाट टाढ़ा रहनु नै राम्रो होला। कुनै नयाँ कार्य श्रीगणेश गर्ने चेष्टा गरेमा पनि पूर्ण वाधा आउने समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, लेखक-पाठक, शिक्षक, विद्यार्थी कुनै पनि क्षेत्रमा काम गर्ने कामदार नारी-पुरुष सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 2, 4, 5, 10, 11, 15, 16, 20, 23, 27, 31, शुभरंग हरियो गहूँ, अशुभ सेतो।
कर्कट : यो महिना तपार्इंको लागी एउटा निश्चित स्थितिसम्म पुग्नको लागी आफ्नो क्षमता देखाउनको लागी पक्का इरादा कड़ा मिहिनेत गरी अगाड़ी बढ़ेमा सामान्य लाभ मिल्ने देखिन्छ। वरिष्ट अधिकारीहरूसंगको सम्पर्क मान सम्मान बढ़ाउने छ। खेलाड़ी प्रतियोगी कलाकार वर्गको लागी समयमा केही सुधार आउने समय देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, शिक्षक विद्यार्थी, लेखक, पाठक, साहित्यकार दवाई पानी, यानवाहन, भूमीभवन, शेयर सट्टा, चिट्ठापट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। होशियार रहनुपर्ने यो महिनाका अशुभ ताः 3, 4, 5, 11, 12, 15, 17, 19, 20, 24, 26, 28, 30 शुभ रंग सेतो घिउ, अशुभ कालो।
सिंह : यो महिना तपार्इंको लागी भविष्यको लागी चिन्तित रहने देखिन्छ। नोकरी गर्नेहरूको लागी सतर्क रहनुहोला आफ्ना-आफन्तमा सानो कुरामा ठूलो वादविवादले धन खर्च हुने अर्थ हानी योग परेको देखिन्छ। जग्गा, भूमी भवन, विषय लिएर केही वाद विवाद आफन्तजनहरूसँग मनमुटाव मुद्दा मामिला आदिले गर्दा मानसिक चिन्ता, रोग भय हुने समय भएको कारण घरमा ग्रहजप सर्वारिष्ट निवारण स्रोत पाठ गर्नुपर्ने समय देखिन्छ। राजनैतिक व्यक्तिहरूसँग सम्पर्कमा हुनेहरूको लागि समय लाभकारी देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, उद्योगी अर्काको नोकरी गर्ने नोकर-चाकर, चौकीदार, ड्राईवर, डाक्टर विमारी, औषधी आदिमा काम गर्ने नारी-पुरुषवर्गलाई समय सामान्य रहने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ताः 2, 3, 5, 10, 11, 14, 17, 22, 23, 27, 31, शुभरंग रातो, अशुभ कालो।
कन्या : यो महिना तपार्इंको लागी आर्थिक स्थिति सुदृढ़ हने समय देखिन्छ। कार्य क्षेत्रमा गुप्तशत्रुबाट होशीयार रहने समय छ। कुनै पनि काममा सुदृढ़ भएर लागेमा अवश्य काम बन्ने, कार्य सिद्धियोग परेको देखिन्छ। भोगविलासिताको तर्फमा मन जाने कारण केही होशीयारपूर्वक अगाड़ी बढ्नु समयको माग छ। महिनाको मध्यव्यापारी, गृहस्थी नव युवा-युवती नयाँ दम्पती लेखक, पाठक, साहित्यकार, शिक्षक विद्यार्थी डाक्टर बिमारी, अन्न-धन्न जलपान, औषधी,यानवाहन, भूमीभवन, शेयरसट्टा, चिट्ठापट्टा, रुपियाँ पैसाको लेनदेन गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 9, 12, 18, 20, 24, 28, 30, 31, शुभ रंग हरियो गहुँ, अशुभ सेतो।
तुला : यो महिना तपार्इंको लागी रोगीहरूको लागी सामान्य शान्ति रहने समय देखिन्छ। पति पत्नीमा कुनै स्वास्थ्यको कारण चिन्ता ग्रस्त समय देखिन्छ। आमोद-प्रमोद कलाकार पत्रकारहरूको लागी केही सुधारको समय देखिन्छ। महिनाको मध्यउत्तरार्धमा यात्राकारी योग पनि आउने देखिन्छ। कुनै मित्रको आगमन शुभ समाचारले गर्दा मनमा केही शान्ति मिल्ने समय देखिन्छ। पारिवारिक मतभेद भए पनि केही सुधार आउने समय देखिन्छ। विद्यार्थीवर्गलाई दौड़धुप, घुमफिरले चिन्ताग्रस्त रहनुपर्नेछ। रोजी रोजगारी, मध्यव्यापारी सबैवर्गका नारी-पुरुषहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभ कामको लागी अशुभ ताः 1, 5, 7, 11, 14, 19, 23,28, 30, शुभ रंग इन्द्रेनी सेतो, अशुभ पहेंलो रातो।
वृश्चिक : यो महिना तपार्इंको लागी परिश्रम गरे अवश्य लाभ मिल्ने समय देखिन्छ। स्वभावमा नम्रता, बुद्धि कला, कौशल्या तीव्रता गरि काम गरे भविष्यको लागी नयाँ योजना बनाउने भविष्य उन्नतिकारक योग परेको देखिन्छ। कुनै नयाँ जिम्मेवारी थपिने कारण केहि मनमा भित्री अशान्ति आउने देखिन्छ। व्यापारी वर्गको लागी सामान्य लाभ, दोकानदारको लागी पनि लाभकारी समय आउने देखिन्छ। सरकारी नोकरी गर्ने राजनीतिज्ञ सामाजिक कार्यकर्ताहरूको लागी मानसम्मान, पद प्रतिष्ठा बढ्ने साथै जिम्मेवारी पनि बढ्नेछ। अरू सबै वर्गको लागी समय सामान्य रहने जानकारी सहित शुभकामको श्रीगणेश गर्नुपरमा यो महिनाका शुभ ताः 3, 7, 12, 15, 18, 20, 26, 27, 30 31, शुभ रंग रातो मेरून, अशुभ पहेंलो, कालो।
धनु : यो महिना तपार्इंको लागी पुरानो परिश्रमको फल अवश्य मिल्नेछ। खर्च बढ्ने कारण खर्चमा केही कमी ल्याउनु पर्ने समय देखिन्छ। साझैदारीमा गरेको कामले गर्दा आपसमा केही वादविवाद हुने देखिन्छ। नव युवा युवतीहरूको लागी जीवनसाथी मिल्ने योग छ। नव दम्तीहरूको लागी सन्तान सुखको योग देखिन्छ। परदेशीहरूको लागी स्वदेश आउने योग देखिन्छ। अर्काको नोकरी गर्नेहरूलाई केही शान्ति मिल्ने देखिन्छ। धर्म कर्ममा मन लाग्ने समय भए पनि मनस्थितिको कारण समयको अभाव नहुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 4, 7, 10, 15, 18, 19, 25, 26, 29, 31 शुभरंग पहेंलो गेरुवा, अशुभ कालो निलो।
मकर : यो महिना तपार्इंको लागी कार्य क्षेत्रमा असमञ्जसको स्थिति गोपनीयको भङ्ग भएर केहि वाधा हुने समय देखिन्छ। आफ्ना भाइ-वन्धु, इष्टमित्रको कुनै सहयोगको आशा नराखे राम्रो होला, व्यापारी वर्गको लागी श्रम संघर्ष गरि कार्य क्षेत्रमा लागी परे अवश्य लाभ मिल्ने समय देखिन्छ। कुनै पुरानो रोकिएको काम द्रव्य आउने देखिन्छ यात्राकारी योग परेको कारण होशीयार पूर्वक यात्रा गर्नुपर्ने समय देखिन्छ। सरकारी अधिकारीबाट सहयोग पाउने योग देखिन्छ। धन-सम्पत्तिमा वृद्धिकार्यसिद्धि, बौद्धिक क्षमता बढ्ने तर कुनै आफूभन्दा ठूलाबड़ाको सल्लाह लिएर कार्य गरे अवश्य लाभ मिल्ने लाभकारी योग आउने देखिन्छ। रोजी रोजगारी मध्यव्यापारी, नारी-पुरुष सबै वर्गलाई सामान्य रहने साथै होशीयार रहनपर्ने यो महिनाका अशुभ ताः 3, 5, 9, 11, 17, 20, 25, 27, 31, शुभ रंग निलो कालो मैलो, अशुभ रातो-पहेंलो।
कुम्भ : यो महिना तपार्इंको लागी आर्थिक कष्टमा केही राहत मिल्नेछ. राजनेता अधिकारी पक्षको सहयोगबाट रोकिएको कार्य सुचारू हुने साथै लाभ पनि मिल्नेछ। घर-गृहस्थी जीवनयापन गर्नेहरूको लागी पनि समय सामान्य लाभ मिल्नेछ। सन्तोषपूर्वक काम गरेमा अवस्य लाभ मिल्नेछ। कुनै दुःखद घटनाको खबरले मन विचलित हुनेछ। शोक-सन्तप्तकारी योग पनि परेको देखिन्छ। बहुुमूल्य भूमीभवन, यानवाहन, सुन-चाँदी लगानी गर्नेहरूको लागी पनि समय लाभकारी हुनेछ। रोजी रोजगारी, मध्यव्यापारी गृहस्थी, लेखक-पाठक, शिक्षक-विद्यार्थी यानवाहन आदि क्षेत्रमा कामगर्ने सबै वर्गका नारी-पुरुषहरूको लागी पनि समय सामान्य रहनेछ। होशीयार रहने यो महिनाका अशुभ ताः 3, 4, 10, 11, 16, 19, 22, 25, 28, 30 शुभ रंग निलो कालो, अशुभ पहेंलो रातो।
मिन : यो महिना तपार्इंको लागी आर्थिक दृष्टिले महत्वपूर्ण लाभ मिल्नेछ। आयको नयाँ स्रोत नयाँ जनसम्पर्कले कार्य क्षेत्रमा व्यस्तता हुने कारण घर परिवारमा केही शंका-उपशंकाले मनमा खिन्नता ल्याउनेछ। विदेशीहरूको लागी यात्राकारी योग छ। आफ्नो काम धन्धामा साझेदारी, वाद-विवाद बन्ने समय देखिन्छ। नोकरी गर्नेहरूको लागी ठूलाबड़ा अधिकारीबाट केही दवाउ सहन गरी काम गर्नुपर्ने योग परेको देखिन्छ। महिनाको मध्यउत्तरार्धमा आयात निर्यात क्षेत्रमा आफ्नो ढिलोपनले गर्दा असफलता मिल्नेछ। अर्काको नोकरी गर्ने सबैवर्गलाई समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाको अशुभ ताः 1, 2, 6, 7, 11, 13, 18, 20, 23, 28, 30 शुभरंग पहेंलो-गेरुवा, अशुभ कालो मैलो।
