राशिफल 01 Sep 2020 - देखि 1st October 2020 - सम्म

मेष : यो महिना तपार्इंको लागी घरमा मांगलिक कार्यको रूपरेखा बनाउने समय देखिन्छ। आफ्नो जिम्मेवारी कुनै विश्वास पात्रलाई सुम्पने साथै मित्र सहयोगले कार्यशैली अगाड़ी बढ्‌ने समय देखिन्छ। आफ्नो दयालुपनको कारण विश्वास गरेको व्यक्तिले केही समयको फाइदा अवश्य उठाउने देखिन्छ। राजनेता, सरकारी अफिसरहरूबाट लाभ मिल्ने समय देखिन्छ। रोजी रोजगारीमध्ये व्यापारी, गृहस्थी, लेखक, पाठक, साहित्यकार, शिक्षक,विद्यार्थी, नव युवा-युवती अर्काको नोकरी गर्ने नोकरचाकर, नारी-पुरुष सबै वर्गलाई समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 7, 8,10, 13, 14, 17, 20, 23, 25, 27, 30, शुभ रंग रातो अशुभ कालो। 

 

वृष : यो महिना तपार्इंको लागी पक्का इरादा कड़ा मिहिनेत गर्ने हो भने कार्यक्षेत्रमा परिवर्तन आर्थिक लाभ, शुभ पराजय हुने समय देखिन्छ। पहिला रोकिएको कार्य पनि मित्र सहयोगले अगाड़ी बढ्‌ने छ। कपड़ा, अन्न, जलपान, कागजपत्रको  काम गर्नेहरूको लागी समय सामान्य देखिन्छ। रोज रोजगारी, मध्यव्यापारी, शिक्षक विद्यार्थी, कागजपत्रको काम गर्ने, कलाकार, सूचीकार, चित्रकार, रिपोर्टर लेखकहरूको लागी समय सामान्य रहने देखिन्छ। शेयरसट्टा, चिट्टापट्टा, रुपियाँ-पैसा लेनदेन गर्नेहरूको लागी पनि सामान्य लाभ हुनेछ। होशीयार रहनुपर्ने यो महिनाका अशुभ ताः 3, 6, 9, 12, 15, 18, 21, 24, 28, 30, शुभ रंग इन्द्रेणी सेतो, अशुभ रातो, पहेंलो।

 

मिथुन : यो महिना तपाईँको लागी आफ्नो तानाशाही स्वभावमा सफल घर झगड़ाले गर्दा मन अशान्ति, कुनै सल्लाहकार राखी कार्य गरेकामा केही आत्मिक शान्ति हुने देखिन्छ। घरमा पूजापाठ, ग्रहजाप गरी बच्चालाई दुध दान गर्नु ज्योतिषीय सल्लाह साथै नयाँ काम गर्नमा विलम्ब हुनेछ।  रोजी रोजगारी मध्यव्यापारी डाक्टर विमारी जलपान औषधिमूलो जड़ीबुट्टी आदिको काम गर्नेहरूको लागी समय  राम्रो छ। खातापत्र, भूमी-भवन, यानवाहनमा काम गर्नेहरूको लागी पनि समय चिन्ताजनक रहने देखिन्छ। शुभ कामको लागी यो महिनाका शुभ ताः 1, 4, 6, 8, 10, 14, 18, 20, 23, 27, 29, शुभरंग हरियो गहूँ, अशुभ सेतो। 

कर्कट : यो महिना तपाईँको लागी घरमा शुभकार्यको श्रीगणेश हुने समय देखिन्छ। आफ्नो जिम्मेवारी बढ्‌ने कारण अर्थको कमी, आफन्तमा मतभेद हुने स्त्री पुत्रादिबाट पनि वाद-विवाद हुने, राजनीतिज्ञको लागी होशियार आफ्नो सत्ताजाने समय देखिन्छ। भूमी भवन, यान वाहन आदि क्षेत्रमा काम गर्नेहरूको लागी सामान्य भन्दा लाभ मिल्नेछ। रोगी-रोजगारी, मध्यव्यापारी, उद्योगी, खेती किसान आदिका लागि पनि समय सामान्य लाभ मिल्नेछ। होशियार रहनुपर्ने यो महिनाका अशुभ ताः 5, 9, 11, 15, 19, 23, 27, 30, शुभरंग सेतो अशुभ कालो।


सिंह : यो महिना तपाईँको लागी व्यापारी वर्गको लागी लाभ कार्य क्षेत्रमा आर्थिकको कमीले चिन्ता ग्रस्त समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी मानसम्मान, पदप्रतिष्ठा बढ्‌ने छ। सामाजिक कार्य राजनैतिज्ञहरूको लागी पनि समय सामान्य देखिन्छ। लगानीकर्ताहरूको लागी पनि लगानी अनुसार लाभ मिल्नेछैन, काम गर्नुभन्दा अगाड़ी धेरै सोचविचार गरी कार्य गरेको राम्रो होला। रोजी रोजगारी, मध्यव्यापारी, गृहस्थी, नव युवा-युवती, नयाँ दम्पती, नयाँ जग्गामा आर्जन गर्ने व्यापारी खेती गर्ने किसान, मजदुर, मिस्त्री, कागजपत्रको काम गर्ने आदि क्षेत्रमा समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 4, 6, 8, 9, 16, 19, 24, 28, 30, शुभरंग रातो मेरून, अशुभ कालो निलो। 

कन्या : यो महिना तपाईँको लागी आफ्नो अधिकारको लागी आफ्ना आफन्तसँग वादविवादले गर्दा रुपियाँ-पैसा खर्च हुनेछ तर विजय अवश्य मिल्नेछ। स्त्री पुत्र सन्तानबाट सामान्य सहयोग मिल्ने छ। कार्य क्षेत्रमा केही ध्यान दिएको खण्डमा महिनाको मध्यउत्तरार्धमा केही लाभ मिल्ने समय देखिन्छ। कोही आफूभन्दा ठूलाबड़ाहरूसँग सल्लाह गरी अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने देखिन्छ। रोजी रोजगारी उच्च मध्य व्यापारी, उद्योगी, लेखक, पाठक, साहित्यकार किसान मजदुर, शिक्षक विद्यार्थी, शेयर सट्टा, चिट्टापट्टा यानवाहन, भूमी भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहनेछ। होशीयार रहनपर्ने यो महिनाका अशुभ ताः 2, 3, 6, 7, 12, 13, 18, 19, 23, 24,  28, 30, शुभरंग हरियो गहूँ, अशुभ सेतो।

तुला : यो महिना तपार्इंको लागी धेरै सोच भए पनि कार्यक्षेत्रमा आर्थिक मन्दीले गर्दा केही व्यवधान हुनेछ। आफ्ना आफन्त, इष्टमित्र, छर-छिमेकीसँग केही वादविवाद हुने समय देखिन्छ। नरम भाव राख्नु, बोलीमा सधैँ खुशी रहनु  पर्ने देखिन्छ। नव युवा-युवतीलाई जीवनसाथी मिल्ने सन्तान सुख मिल्नेछ। प्रतिभाशीलहरूको लागी रोजी रोजगारीहरूको लागि रोजगार मिल्ने विदेशीहरूको लागी आगमनको समय देखिन्छ। विमारीको लागी केही शान्ति मिल्नेछ। कामभन्दा बात बढ़ी गर्नाले पनि कार्य क्षेत्रमा हानी हुने देखिन्छ। गृहस्थीहरूको लागी सामान्य लुगाफाटा, जलजीव, औषधिमूलो आदि क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय सामान्य रहनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 5, 9, 14, 18, 22, 26, 29, शुभ रंग सेतो इन्द्रेणी, अशुभ पहेंलो रातो।

वृश्चिक : यो महिना तपार्इंको लागी शुभकार्यको सम्पादनको लागी प्रायः संघर्ष अधिको कारण नित्य कर्ममा वाधा, आर्थिक क्षति हुने समय देखिन्छ। महिनाको मध्यउत्तरार्धमा श्रेष्ठजनको मार्गदर्शनले गर्दा रोकिएको काम अगाड़ी बढ़ने समय देखिन्छ। अन्न, द्रव्य, वस्त्रादि लाभ साथै केही क्षेत्रमा काम गर्नेहरूको लागी पनि लाभ मिल्नेछ। ग्रहस्थिति राम्रो हुनेहरूको लागी व्यापारमा लाभ, भूमीभवन, यानवाहनको लाभ मिल्नेछ। रोजी रोजगारी, उद्योगी, व्यापारी, गृहस्थी, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, कानूनी क्षेत्रमा काम गर्ने वकिल, जज, प्रशासक अधिकारी सरकारी नोकरी गर्नेहरूको लागी अर्थ लाभ भइ इच्छापूर्ति हुनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 7, 10, 12, 16, 20, 22, 24, 27, 30, शुभ रंग रातो मेरून, अशुभ पहेंलो। 

धनु : यो महिना तपाईँको लागी शिक्षक, धार्मिक, कानून, राजनेता, प्रशासकहरूको लागी लाभकारी समय देखिन्छ। भोग विलासीले गर्दा घर परिवार आफ्ना आफन्तमा वाद विवाद हुनेछ। व्यापारिक कार्यको लागी यात्रा गर्नुपर्ने यात्राकारी योग पनि देखिन्छ। ठूलाबड़ाको सहयोगले कुनै पुरानो रोकिएको काम भइ अर्थलाभ हुने समय देखिन्छ। खेलाड़ीहरूको लागी पनि केही लाभदायी समय देखिन्छ। रोजी-रोजगारी मध्यव्यापारी, शिक्षक, विद्यार्थी, भूमी भवन, रुपियाँ पैसाको लेनदेन गर्नेहरूको लागी पनि समय सामान्य रहने देखिन्छ। शुभ कामको लागी यो महिनाका  शुभ ताः 4, 5, 6, 10, 11, 15, 16, 20, 21, 27, 28, 30, शुभ रंग पहेंलो गेरूवा, अशुभ कालो। 

मकर : यो महिना तपाईँको लागी परिवारमा पहिलाको भन्दा केही शान्ति कार्य क्षेत्रमा आर्थिक मन्दीको कारण मनमा चिन्ता गर्नुपर्ने आर्थिक मन्दी परेको देखिन्छ। महिनाको उत्तरार्धमा श्रम संघर्ष प्रयत्न गरी अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने समय देखिन्छ। नजिक टाढ़ा यात्रा गर्नु पर्ने समय देखिन्छ। कुनै गुप्त शत्रुको कारण आफ्नो काम रोकिने समय देखिन्छ। केही कार्य क्षेत्रमा सामान्य बदलावको स्थिति देखिन्छ। काम गर्दा धनको कमीको कारण केही काम रोकिने मनमा चिन्ता, इष्टमित्र, स्टाप कर्मचारीहरूसँग पनि सामान्य वादविवाद हुने देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, कागज पत्र केमिकलको काम गर्ने रंग, यान-वाहन मिसिनरीको काम गर्ने, नोकरी गर्ने  सबै वर्गको लागी समय सामान्य रहनेछ। शुभ कामको लागी यो महिनाका शुभ ताः 1, 4, 8, 12, 16, 20, 24, 28, 30, शुभ रंग निलो कालो, अशुभ रातो।

कुम्भ : यो महिना तपार्इंको लागी रुपियाँ पैसाको अधिक खर्चले ऋृण गर्नुपर्ने समय देखिन्छ। राम्रो ग्रह हुनेहरूको लागी अर्थलाभ मिल्नेछ। मित्रमिलाप, प्रशासनको सहयोगले रोकिएको काम अगाड़ी बढ्‌ने कुनै नयाँ कामको श्री गणेश हुने देखिन्छ।  दाजु-भाई, इष्टमित्र, आफ्ना आफन्तहरूमा वाद-विवादले पनि मनमा केही अशान्ति हुने समय देखिन्छ। रोजी रोजगारीमध्ये कागज पत्रका व्यापारीहरूलाई आयको कमी, जलपान, औषधिमुलको काम गर्नेहरूको लागी सामान्य भन्दा लाभ हुनेछ। लुगाफाटा, अन्नधन्न आदि क्षेत्रमा  काम गर्नेहरूको लागी लगानी भन्दा कमी आउने देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी लाभकारी समय देखिन्छ। सामाजिक, कार्यकर्ताहरूको लागी मान सम्मान, पद-प्रतिष्ठा, लाभकारी समय देखिन्छ साथै कामको बोझ पनि बढ्‌ने छ।  होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 4, 6, 10, 13, 17, 19, 23, 25, 30, शुभ रंग निलो कालो, अशुभ रातो।

मिन : यो महिनाको लागी क्रोधमा कमी ल्याउनु पर्नेछ। राजनीतिज्ञहरूको लागी विरोधीबाट केही सावधान रहनुपर्ने समय देखिन्छ।  गल्ती गर्नेहरूको लागी अवश्य सजा भोग्नु पर्नेछ। कार्य क्षेत्रमा आफ्नो ढिटपनलाई छाड्‌नुपर्नेछ। नत्र ठूलो हानी नोक्सानी हुने प्रवल सम्भावना देखिन्छ। रोगीहरूको लागी शरीरमा दुर्बलता बढ्‌नेछ। आफूभन्दा माथिका ठूलाबड़ाको सेवा गरी सल्लाह लिएर कार्य गरे अवश्य लाभ मिल्नेछ। कार्य क्षेत्रमा अगाड़ बढ्‌नको लागी घरमा पूजापाठ, हनुमान स्त्रोत सर्वारिष्ट निवारण खण्ड पाठ गरी साधु, सन्त, योगी महन्तहरूलाई भोजन गराए केही आत्मिक शान्ति मिल्नेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 5, 10, 12, 14, 17, 22, 23, 27, 30, शुभरंग पहेंलो गेरुवा, अशुभ कालो।