राशिफल 01 Oct 2020 - देखि 1st November 2020 - सम्म

मेष : यो महिना तपार्इंको लागी विरोधीहरूको कारण मानसिक चिन्ता अरूहरूको विश्वास गर्नु कार्य क्षेत्रमा हानी हुने समय आउने देखिन्छ। यात्रा गर्नुमा होशीयार, रोगभय, दुःखद यात्रा हुने समय देखिन्छ। यानवाहन, भूमी भवनमा लगानी गर्नेहरूको लागी पनि केही जानीबुझी लगानी गरे राम्रो छ। तर अरूको विश्वासमा होइन आफूले सोचीसम्झी लगानी गरेमा अवश्य लाभ मिल्नेछ। रोगीहरूको लागी चिन्ताको समय खेलाड़ीहरूको लागी पनि समय सामान्य देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी लेखक-पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, नवयुवा युवती, दम्पती, औषधीमूलो कागजपत्र, सागसब्जी, खेतीपाती सबै नारी पुरुष वर्गलाई सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 8, 12,16, 20, 25, 27, 30, शुभरंग रातो, अशुभ कालो। 

 

वृष : यो महिना तपार्इंको लागी साझेदारीमा काम गर्नेहरूको लागी वादविवाद आपसी तालमेलको कमीले गर्दा केही हानी हुनेछ। व्यापारी वर्गको लागी लाभकारी साझेदारीमा काम गर्नेहरूको लागी वादविवाद आपसी तालमेलको कमीले गर्दा केही हानी हुनेछ। व्यापारी वर्गको लागी लाभकारी समय देखिन्छ। यात्राकारी योग साथै लाभकारी पनि देखिन्छ। स्त्री, पुत्र-सन्तानसँग तालमेल नमिल्ने पनि देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, कृषी खेतीपाती, अन्नधन्न, जलपान, कागज पत्र, भूमी भवन, रुपियाँ-पैसाको लेनदेन गर्नेहरूको लागी पनि समय सामान्य लाभ मिल्नेछ। मित्र मिलन हुने समय देखिन्छ। कुनै कामको लागी यो महिनाको शुभ ताः 1, 3, 5,9, 15, 19, 22, 24, 28, 30, शुभरंग सेतो इन्द्रेणी, अशुभ रातो, पहेंलो।

 

मिथुन : यो महिना तपार्इंको लागी व्यापारीवर्ग रुपियाँ-पैसाको लेनदेन गर्नेहरूले होशीयार पूर्वक अगाड़ी बढ्‌नु पर्ने देखिन्छ। आफ्ना आफन्तमा वादविवाद कानुनी झगड़ा, मुद्दा मामिलामा पर्ने समय देखिन्छ। कुनै पनि कार्य गर्नु अगाड़ी त्यसको परिणाम सोचेर गर्नुहोला। समय परिवर्तन हुने कारण चौराग्नी भय हुने देखिन्छ। लेखक, पाठकहरूको लागी खर्चालु समय देखिन्छ। जीवजन्तुबाट केही होशीयार रहनुपर्ने योग देखिन्छ। विमार भएमा छिटो उपचार गर्नु राम्रो होला। नवयुवा युवतीहरूको लागी जीवनसाथी मिल्ने योग छ। नया दम्पतीको लागी सन्तान सुख हुने देखिन्छ। शुभकामको लागी यो महिनाको शुभ ताः 3, 6, 8, 12, 17, 20, 25, 27, 31, शुभरंग हरियो गहूँ अशुभ सेतो। 

 

कर्कट : यो महिना तपार्इंको लागी कार्य क्षेत्रमा कुनै रोेकिएको कार्य अगाड़ी बढ्‌ने देखिन्छ। कार्यको अगाड़ी परिणामको चिन्ता अवश्य गर्नुहोला लाभ मिल्ने देखिन्छ। भूमी भवन, यान-वाहनमा लगानी गर्ने योग देखिन्छ। घर-परिवारमा मांगलिक कार्यको सन्देशले मेलमिलाप आफ्ना आफन्तको आगमनले समय हाँसीखुशी भए पनि अर्थको कमीले केही खिन्नता अवश्य आउने देखिन्छ। कार्यक्षेत्रमा अगाड़ी बढ्‌नको लागी पनि अर्थको कमी हुने छ। रोजी रोजगारी, मध्येव्यापारी, लेखक पाठक, साहित्यकार, वकिल, डाक्टर, विमारी, कलाकार, पत्रकार, युवा-युवती, बुढ़ापाका, नारी-पुरुष सबै वर्गमा समय सामान्य रहने देखिन्छ। यो महिनाका शुभ ताः 1, 2, 6, 7, 10, 13, 18, 22, 23, 27, 29, शुभरंग सेतो, अशुभ कालो। 

 

सिंह : यो महिना तपार्इंको लागी पुरानो मित्रबाट सहयोगको कारण कुनै रोकिएको काम अगाड़ी बढ्‌ने समय देखिन्छ। गुप्त शत्रुबाट होशीयार रहनुहोला नत्र कार्य क्षेत्रमा हानी हुने प्रवल सम्भावना देखिन्छ।नोकरी गर्ने वर्गको आफूभन्दा ठूला बड़ा अधिकारीबाट दमनको सहन गर्नुपर्ने देखिन्छ। अरूको नोकर चाकरहरूले कामको बोझ पैसाको कमीले घर परिवारमा आपसी मतभेद हुनेछ। खेलाड़ी वर्गको लागी खेल प्रतियोगिता सफलता मिल्ने देखिन्छ। कलाकार, रिपोर्टरहरूको लागी समय केही लाभकारी देखिन्छ। रोजी रोजगारी, उद्योगी व्यापारी, शिक्षक, विद्यार्थी सबै सामान्य वर्गको लागी समय सामान्य रहने देखिन्छ। 

 

कन्या : यो महिना तपार्इंको लागि साझेदारीको काममा लाभ, भूमी भवनमा लगानी यानवाहनको आगमनले मनमा शान्ति भए पनि रुपियाँ पैसाको कमीले चिन्ताग्रस्त समय व्यतित हुने देखिन्छ। ऋृण धनले गर्दा आफ्ना आफन्तमा केही मनमुटाव आउने देखिन्छ। कपड़ा-लत्ता, यान वाहनको काम गर्नेहरूको लागी समय लाभकारी देखिन्छ। डाक्टरहरूको लागी लाभकारी, पण्डित, पूरोहित, साधु सन्त योगी महन्तहरूको लागी पनि गाई बस्तु, पशुधनको काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, लेखक पाठक, साहित्यकार, पत्रकार, रिपोर्टर आदि क्षेत्रमा काम गर्ने सबै नारी-पुरुषहरूको लागी पनि समय सामान्य रहनेछ। यो महिनाका शुभ ताः 2, 5, 6, 9, 10, 15, 16, 20, 21, 27, 30, शुभरंग हरियो गहुँ अशुभ सेतो। 


तुला : यो महिना तपार्इंको लागी नयाँ दम्पती गृहस्थीहरूको लागी दाम्पत्य सुखको अनुभूति हुने समय देखिन्छ। कुनै रोकिएको धन आगमन हुने समय देखिन्छ। आमदानी भन्दा खर्च धेरै हुने कारण मनमा चिन्ताले सताउने देखिन्छ। धर्मकर्ममा मन लगाउनु आफूभन्दा ठूलाबड़ाको सल्लाह लिएर अगाड़ी बढ़े अवश्य लाभ मिल्ने समय देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, कलाकार, कलमकार, पत्रकार, राजनीतिज्ञ, सानो ठूलो  काम गर्ने कामदार सबैको लागी समय सामान्य रहनेछ। यो महिनाका शुभ ताः 1, 4, 8, 12, 16, 20, 24, 27, 29, शुभ रंग इन्द्रेनी छिर्केमिर्के, अशुभ रातो पहेंलो।

 

वृश्चिक : यो महिना तपार्इंको लागी चाहेको पाउने रोकिएको आउने यान वाहन, भूमी भवन मिल्ने समय देखिन्छ। कार्य क्षेत्रमा हार नमानी अगाड़ी बढ़े अवश्य लाभ मिल्ने देखिन्छ। होशीयार अहंकार गर्नु, आफूभन्दा ठूलाबड़ासँग झगड़ा गर्नु बिना सोची कुरा गर्नु आफू खुशी काम गर्नु, यो तपार्इंको लागी हानी हुनेछ। रोगीहरूको लागी आहार भोजन, पानी समयमा खानु, विमार भएको डाक्टरको सल्लाह अनुसासार अगाड़ी बढ्‌नु पर्नेछ। रोजी रोजगारी, मध्येव्यापारी, युवा-युवती सरकारी कर्मचारी अरूको काम गर्ने नोकर चाकर सबै वर्गलाई समय पहिलाको भन्दा लाभकारी हुने देखिन्छ। शुभ ताः 2, 3, 4, 10, 11, 18, 20, 26, 28, 30, शुभ रंग रातो मेरून, अशुभ पहेंलो। 

 

धनु : यो महिना तपार्इंको लागी प्रतिक्षारत कार्यको श्रीगणेश हुने नयाँ काम, नयाँ घर, नयाँ परिवार, धर्मकर्म आदि क्षेत्रमा लगानी गर्नेे समय देखिन्छ। खेलाड़ी प्रतियोगी विद्यार्थीवर्गको लागी आफ्नो प्रदर्शन राम्रो हुने समय देखिन्छ। राजनेता सरकारी कर्मचारीहरूको लागी लाभकारी समय छ। शिक्षाको क्षेत्रमा काम गर्नेहरूको लागी केही चिन्ताकारी समय देखिन्छ। छाती दुख्ने रोगले केही सताउने देखिन्छ। नजिक टाढ़ा यात्रा गर्नुपर्ने यात्राकारी योग पनि देखिन्छ। आफ्ना आफन्तमा मेलमिलाप भइ केही पुरानो कुराको चिन्तन मनन गर्नुपर्ने समय देखिन्छ। इमानदारीको लागी रुपियाँ पैसा, मान-सम्मान, पदप्रतिष्ठा बढ्‌ने समय देखिन्छ। भूमी-भवन, यान वाहनको क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय लाभकारी हुने देखिन्छ। यो महिनाका शुभ ताः 4, 5, 6, 10, 13, 16, 19, 22, 25, 27, 29, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो, निलो। विजया दशमीको शुभकामना। 

 

मकर : यो महिना तपार्इंको लागी शुभाशुभ फलकारक छ कामको कमी, खर्च बढ़ी, चिन्ताले सताउने समय देखिन्छ। घर-परिवारमा साधारण कुरामा वादविवाद हुने देखिन्छ। विवाहीत जीवनमा केही असमञ्जसको स्थिति आउनेछ। व्यापारी वर्गको लागी लाभ-हानी दुवैको सहन गर्नुपर्ने देखिन्छ। लोहा-लक्कर, काठ, केमिकल कागज-पत्रको काम गर्नेहरूको लागी समय लाभकारी छ। कपड़ा, सजी सजावट आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी समय देखिन्छ। परदेशी वर्गको लागी स्वदेश आगमनको योग देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी सबै वर्गका नारी पुरुषहरूको लागी समय सामान्य रहने देखिन्छ। यो महिनाको शुभ ताः 3, 6, 9, 11, 15, 18, 23, 26, 30, शुभ रंग निलो कालो अशुभ रातो पहेंलो। 

 

कुम्भ : यो महिना तपार्इंको लागी घर परिवारमा अशान्तिले गर्दा कार्यक्षेत्रमा वाधा आफ्ना आफन्तमा दुःखद खबरले पनि चिन्ता रहनेछ। सामाजिक कार्य क्षेत्रमा काम गर्नेहरूको लागी मान सम्मानमा धक्का लाग्ने  समय देखिन्छ। महत्वपूर्ण कार्यमा केही अड़चनले गर्दा मनमा चिन्ताले सताउने चिन्ताकारी योग परेको देखिन्छ। लेखक, साहित्यकारहरूको लागी कुनै कार्यमा सहभागी हुने समय देखिन्छ। रोजी रोजगारी उद्यद्योगी व्यापारी, ठेकादार, शेयर सट्टा, चिट्टापट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। यो महिनाका शुभ ताः 1, 2, 4, 10, 12, 16, 20, 21, 25, 27, 30, शुभ रंग कालो मैले, अशुभ पहेंलो, रातो।

 

मिन : यो महिना तपार्इंको लागी जीवनसाथीको पूर्ण सहयोग मिल्ने साथै सम्बन्धमा पनि सुधार आउने सुधारकारी योग परेको देखिन्छ। आफ्नो वर्चस्व कायम राख्नको लागी बानी बेहोरामा सुधार ल्याउनु पर्ने समय देखिन्छ। अर्काको नोकरी गर्ने नोकरचारकहरूको लागी ठूला बड़ा अधिकारीहरूको थिचोमिचोको सहन गर्नुपर्ने समय देखिन्छ। व्यापारी वगको लागी लाभकारी समय देखिन्छ। विद्यार्थीवर्गको लागी चिन्ता गर्नुपर्नेछ। घरका ठूला बड़ाहरूको लागी खर्चको चिन्ताले सताउने देखिन्छ। अरू सबै वर्गको लागी समय सामान्य देखिन्छ। यो महिनाका अशुभ ताः 3, 5, 9 11, 15, 19, 21, 23, 27, 28, 30, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो निलो।