राशिफल 01 March 2021 - देखि 1st April 2021 - सम्म

मेष : यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रित फलकारक हुने देखिन्छ. व्यापारी वर्गको लागि खातापत्र,रुपियाँ-पैसा लेनदेनमा होशीयारपूर्वक चल्नुपर्ने समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागि पनि होशीयारपूर्वक अगाड़ी बढ्‌नु पर्नेछ। घर-जग्गा जमिन, भूमी भवन यानवाहनमा होशीयार मुद्दा मामिला कानुनी दाउपेचले गर्दा समय चिन्ताजनक देखिन्छ। महिनाको उत्तरार्धमा मित्र मिलन चौराग्नी भय उदार नेत्रसम्बन्धी विमार, दुर्घटनाको योग भएको देखिन्छ। पूजापाठ ग्रहजाप, सर्वारिष्ट निवारण खण्डपाठ गराउन भएमा केही शान्ति मिल्ने देखिन्छ। सबै वर्गलाई समय सामान्य रहनेछ। होशीयार रहनुपर्ने यो महिनाका अशुभ ताः 2, 3, 8, 1, 15, 19, 23, 25, 29, 31, शुभरंग रातो सुन्तला, अशुभ-कालो। 

वृष : यो महिना तपार्इंको लागि आफ्नो आत्मा विश्वास लिएऱ अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने देखिन्छ। सामाजिक कार्यकर्ताको लागि मेहेनत अनुसार कार्वाही मिल्ने देखिन्छ। कुनै रोकिएको कार्य पनि अगाड़ी बढ्‌ने देखिन्छ। कार्यक्षेत्रमा लगानी गर्नुपर्ने हुनाले आर्थिक मन्दिले मनमा सामान्य चिन्ताले सताउने देखिन्छ। कलाकारी क्षेत्रमा काम गर्ने निर्देशक, प्रड्यूसर कलाकार चित्रकार लेखक पाठक परिदर्शक सबैलाई सामान्य लाभ मिल्ने देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, उद्योगी, लेखक, पाठक, साहित्यकार, शिक्षक-विद्यार्थी, आदि यानवाहन, भूमी भवन शेयरसट्टा चिट्टापट्टा आदि क्षेत्रमा काम गर्ने सबै वर्गका नारी-पुरुषहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 1, 3, 5, 9, 12, 14, 18, 22, 26, 29, 30, शुभरंग सेतो, छिर्केमिर्के, अशुुभ पहेंलो गेरुवा। 

मिथुन : यो महिना तपार्इंको लागि पहिला गरेको लगानीको प्रतिफल मिल्ने देखिन्छ साथै लाभकारी हुने योग परेको छ। होशीयार फेरि लगानी पनि गरेमा भविष्यमा पुनः लाभ मिल्ने समय देखिन्छ। मन मष्तिस्कमा कार्यक्षेत्रलाई ध्यानमा राख्दै अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्नेछ। रुपियाँ पैसाको लेनदेन गर्नेहरूको लागि पनि समय लाभकारी देखिन्छ। भूमी-भवन, यानवाहन  आदि क्षेत्रमा काम गर्नेहरूको लागि पनि समय लाभकारी हुने देखिन्छ। रोजी रोजगारी, उच्च मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, पत्रकार, कलाकार, चौकीदार, अन्न धन्न सागसब्जी आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 3, 6, 10, 14, 17, 19, 21, 25, 27, 30, शुभरंग हरियो गहूँ अशुभ सेतो। 

कर्कट : यो महिना तपार्इंको लागि शिक्षाको क्षेत्रमा काम गर्नेहरूको लागि केही अड्‌चनकारी योग परेको कारणले विद्यार्थीवर्गमा पढ़ाइको कमी शिक्षक वर्गमा रुपियाँ पैसाको कमि लेखकवर्गमा कामको कमी विक्रेतावर्गमा ग्राहकको कमी आउने देखिन्छ। भूमी भवन यानवाहन क्षेत्रमा काम गर्नेहरूको लागि लाभकारी हुने समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागि मानसम्मान पदप्रतिष्ठान बढ्‌नेछ। रोजी रोजगारी, मध्येव्यापारी, गृहस्थी ठेक्कापट्टा शेयरपट्टा आदिमा कामगर्नेहरूको लागि पनि समय सामान्य रहने देखिन्छ। होशीयार गर्नुपर्ने यो महिनाका अशुभ ताः 1, 5, 8, 11, 12, 16, 17, 20, 22, 26, 28, शुभरंग सेतो घीउ, अशुभ कालो। 

सिंह : यो महिना तापर्इंको लागि पुरानो काममा केही फेरबदल गरी अगाड़ी बढ्‌नु पर्ने समय देखिन्छ। कुनै क्षेत्रमा पनि काम गर्दा अरूको विश्वास गर्नु चैं हानीकारक हुने देखिन्छ। कामको बोझले गर्दा घर परिवार आफ्ना आफन्त पति-पत्नी आदिमा मनमुटावको समयले केही चिन्ताजनक समयको सम्भावना देखिन्छ। रचनात्मक कार्य क्षेत्रमा काम गर्नेहरूको लागि सफलता भय पनि रुपियाँ पैसाको खाँचो रहने देखिन्छ। इष्टमित्र आफ्ना आफन्तमा केही वादविवादले गर्दा रुपियाँ-पैसाको हानी हुने समय देखिन्छ। रोजीरोजगारी, मध्ये व्यापारी, गृहस्थी, भूमी भवन, यानवाहन, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, जलपान आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 3, 5, 7, 11, 13, 14, 19, 20, 24, 25, 28, 29, शुभ रंग रातो मेरून अशुभ कालो। 

कन्या : यो महिना तपार्इंको लागि सामान्य कार्यमा पनि अरूको सल्लाह नलिई कुनै पनि कार्य नगर्नु साथै सावधानीपूर्वक कार्यको निर्णय लिनुहोला नत्र हानी हुने प्रबल देखिन्छ। बुद्धि पूर्वक कार्य गरे दिर्घकालिन हुने नत्र अल्पकालीन हुने प्रकार समय आउने देखिन्छ। मेहेनतीहरूको लागि पहिलाको भन्दा धेरै समय कामको लागि दिनुपर्ने देखिन्छ। बुद्धिपूर्वक कार्य गरे दिर्घकालिन हुने नत्र अल्पकालीन हुनेप्रकार देखिन्छ। मेहेनतीहरूको लागि पहिलाको भन्दा धेरै समय कामको लागि दिनुपर्ने देखिन्छ। नोकरी गर्नेहरूको लागि कार्यक्षेत्रमा  काम भए पनि दाम नमिल्ने समय देखिन्छ। रोजी रोजगारी, उद्योगी, व्यापारी, लेखक, पाठक, साहित्यकार, वकिल, जज, पुलिस प्रशासन, उच्च अधिकारी शिक्षक, विद्यार्थी गृहस्थी भूमी भवन क्रेताविक्रेता जलपान मध्येपान आदि क्षेत्रमा काम गर्नेेहरूको लागि पनि समय सामान्य रहने देखिन्छ। होशीयार रहनुपर्ने यो महिनाका अशुभ ताः 2, 4, 6, 10, 12, 16, 17, 20, 22, 23, 26, 27, 30, 31, शुभरंग हरियो गहूँ, अशुभ सेतो। 

तुला : यो महिना तपार्इंको लागि सामान्य रूपमा तपार्इं आफूलाई महत्वपूर्ण भएको ठान्नु तपार्इंको लागि हानिकारक हुने समय देखिन्छ। अरूको दोष खोज्दा खोज्दै आफ्नो हानी भएको नबुझी समय अगाड़ी बढ्‌ने देखिन्छ। पहिला आफूलाई बद्‌लिएर कार्य अगाड़ी बढ़ाएमा अवश्य लाभ मिल्नेछ। व्यापारी वर्गको लागि समय सामान्य, लेखक, पाठक, साहित्यकार आदिको लागि चिन्ताजनक, कपड़ालत्ता, जलपान क्षेत्रमा काम ग्रनेहरूलाई लाभकारी, शिक्षक, शिक्षालयहरूको लागि रुपियाँ-पैसाको कमी आउनेछ। यानवाहन, भूमी-भवन, गर्नेहरूको लागी समय सामान्य छ। समग्रमा लेख्नुपर्दा समय सामान्य मात्रै हुने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 2, 5, 7, 11, 13, 15, 19, 22, 25, 27, 29, 31, शुभ रंग इन्द्रेणी सेतो, अशुभ गेरुवा पहेंलो। 


वृश्चिक : यो महिना तपार्इंको लागि आफ्नो आम्दानीमा केही वृद्धि हुनेछ। अल्पकालीन लाभ साथै साझेदारीको काममा पनि लाभ मिल्नेछ। कतिपय कार्यक्षेत्रमा साहसिक कदम उठाउनु पर्ने समय भएको कारण बुद्धिको साथसाथै विवेक पनि पुऱ्याएर काम गरे अवश्य लाभ मिल्नेछ। आर्थिक मन्दी भए पनि कार्यक्षेत्रमा लगानी गर्नुपर्ने समय देखिन्छ. इष्टमित्रसँग केही विवादले गर्दा केही चिन्ताले सताउनेछ। छरछिमेकीसँग सिमा विवादले गर्दा मनमुटावको स्थिति रहनेछ। घमण्डले गर्दा पनि केही हानी गराउनेछ। रोजी रोजगारी, मध्ये व्यापारी, नव युवा युवती, नयाँ दम्पती, नयाँ व्यापारी, नयाँ कर्मचारीहरूको लागि समय तनावपूर्ण भए पनि मनोरञ्जन नै रहने देखिन्छ। शुभकामको लागि यो महिनामा शुभ ताः 1, 5, 7, 9, 12, 13, 15, 19, 20, 24, 25, 28, 30, शुभ रंग रातो मेरून अशुभ पहेंलो कालो। 

 

धनु : यो महिना तपार्इंको लागि कुनै नयाँ परिवर्तनको लागि समय अग्रसर हुने समय देखिन्छ।  होशीयार कुनै एक  गलत कदमले गर्दा जिन्दगीभरी पछ्‌ताउनु पर्नेछ। सरकारी नोकरी गर्नेहरूकोलागि स्थान परिवर्तन हुने देखिन्छ। अरूको काम गर्ने नोकरचाकर सेवकहरूको लागि पनि काम भए पनि दाम नमिल्ने कारण चिन्ताग्रस्त समय छ। व्यापारी वर्गको लागि घीउ, तेल, रसिलो पदार्थको काम गर्नेहरूको लागि लाभकारी देखिन्छ। कपड़ालत्ता, खाना-खजाना, ठेक्का-पट्टा, शेयर सट्टा, यानवाहन, भूमी भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 2, 5, 9, 15, 16, 18, 20, 24, 25, 29, 30, शुभरंग पहेंलो, गेरूवा अशुभ कालो निलो। 

 

मकर : यो महिना तपार्इंको लागि धेरै परिश्रमले अल्प  लाभ मिल्नेछ। सन्तान पक्षबाट चिन्ता, व्यापारमा रुपियाँ पैसाको चिन्ता कार्यक्षेत्रमा विस्तारवादको लागि चिन्ताको कारणले मनमा धैर्यधारण गरी अगाड़ी बड़ेमा गुरु-वृहस्पतिको कृपाले केही असुविधा नहोला भन्ने ज्योतिष्य मतमा निर्भर रहेर कार्य गरे अवश्य लाभ मिल्नेछ।  सुन-चाँदी, कागजपत्र इत्यादि क्षेत्रमा काम गर्नेहरूको लागि केही सन्तोषजनक लाभ मिल्नेछ। आपसी मतभेदले गर्दा कार्यक्षेत्रमा सामान्य हानी हुनेछ। सामाजिक कायर्कर्ता , राजनेताहरूको लागि ठूल्ठूला समारोहमा जाने अवसर मिल्नेछ। रोजीरोजगारी, उच्च उद्योगी व्यापारी, यानवाहन, भूमी भवन, आदि  रुपियाँ पैसाको लेनदेन गर्नेहरूको साथै सबै क्षेत्रमा काम गर्ने नारीपुरुष सबैलाइ समय सामान्य रहने देखिन्छ। शुभकामको थालनी गर्नुपरेमा यो महिनाका शुभ ताः 2, 4, 6, 9, 13, 15, 17, 21, 22, 27, 28, 31, शुभ रंग निलो कालो मैले, अशुभ रातो पहेंलो। 

 

कुम्भ : यो महिना तपार्इंको लागि कुनै पनि नयाँ कामको थालनी नगरी अगाड़ी बढ़ेमा साथै पुरानो कामलाई निरन्तरता दिँदै अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्नेछ। सरकारी कुनै अर्काको नोकरीहरूको लागि ठूलाबड़ा अधिकारीहरूसँग सम्बन्ध  बिग्रने समय देखिन्छ। कुनै कार्य क्षेत्रमा साझेदारीमा गरेको काममा वादविवाद हुने समय देखिन्छ। व्यापारलाई नयाँ रूपदिनको लागि यात्रा पनि गर्नुपर्ने समय आउने देखिन्छ। रुपियाँ पैसा हुनेहरूको लागि भूमी भवन, यानवाहन, किनबेच गर्ने समय देखिन्छ। होशीयार दलालीबाट बचेर काम गर्नुहोला रुपियाँ पैसा जाने कार्यक्षेत्रमा वाधा आउनेछ। रोजीरोजगारी, मध्येव्यापारी, नव युवा-युवती, नयाँ दम्पती नयाँ खेलाड़ी, नयाँ व्यापारी कलाकार, चित्रकार साहित्यकार, नाटककार, रिपोर्टर आदि क्षेत्रमा काम गर्नेेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका ताः 1, 3, 5, 9, 12, 13, 17, 18, 20, 24, 26, 28, 30, शुभरंग निलो  आकाशे, अशुभ ताः रातो मेरून, पहेंलो। 

 

मिन : यो महिना तपार्इंको लागि कार्यक्षेत्रमा केही फेरवदल, यात्राकारी योग देखिन्छ। कुनै नयाँ मित्र मिलन रोकिएको काम फेरी सुचारू हुने समय देखिन्छ। धर्मकार्यमा खर्च हुने देखिन्छ। वादविवाद भए पनि कार्यक्षेत्रमा सफलता मिल्ने देखिन्छ। साधु-सन्तयोगी, महन्तहरूको लागि कार्यसिद्धि योग बनेको देखिन्छ। विरोधीबाट केही सावधान रहनु पर्नेछ। गुप्त शत्रुबाट पनि सावधान रहनुपर्ने देखिन्छ।  शेयरसट्टा, चिट्टापट्टा, भूमी भवन, यानवाहन क्षेत्रमा काम गर्नेहरूको लागि सामान्य रहने देखिन्छ। आफ्ना आफन्तमा मनमुटावको स्थिति रहने देखिन्छ। नयाँ दम्पतीलाई सन्तान सुख मिल्ने देखिन्छ। नारी-पुरुष सबै सबै वर्गलाई समय सामान्य रहनेछ। शुभकामको लागि यो महिनाका शुभ ताः 3, 7, 10, 11, 14, 16, 20 21, 26, 27, 30, 31, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो निलो।