1 अगस्तदेखि 31 सम्म
मेषः यो महिना तपार्इंको लागी शुभ फलकारक हुने देखिन्छ, फलामको चिजबाट गुरुको आगमन भएको कारण रोजी रोजगार, व्यापारमा उन्नतिकारक हुने देखिन्छ। मिहिनेत गर्नेहरूको लागी गरेका कार्यमा सफलता मिल्ने देखिन्छ। दाम्पत्य जीवनमा पनि मधुरतापूर्वक अगाड़ी बढ्ने समय देखिन्छ। सन्तानको सुख, यानवाहन, भूमीभवन आदि क्षेत्रमा पनि लाभ मिल्ने देखिन्छ। रोजी रोजगार मध्ये व्यापारीलाई लाभ मिल्नेछ। खेलाड़ी, पत्रकार, छायाँकार, नाटककार आदि क्षेत्रमा काम गर्नेहरू सबैलाई लाभ मिल्नेछ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 5, 9, 11, 15, 19, 23, 25, 29, 30, शुभ रंग रातो अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागी सुख-शान्ति भए पनि रुपियाँ पैसाको कमी रहने समय आउने देखिन्छ। खानपिनको समय नमिल्ने भएको कारण शारीरिक थकावट रहनेछ। आफ्ना आफन्तमा वाद-विवाद कुनै पनि समय हुनेछ। महिनाको मध्येउत्तरार्धमा, भूमी भवन, यानवाहन, शेयर सट्टा, चिट्टापट्टा, रुपियाँ-पैसाको लेनदेन गर्नेहरूको लागी पनि सामान्य भन्दा केही लाभ मिल्नेछ। रोजी रोजगारी मध्ये व्यापारी शिक्षक, लेखक, पाठक, साहित्यकार, विद्यार्थी, नव दम्पती, नव युवा-युवती सबै वर्गका नारी-पुरुष सबैको लागी शुभकामको लागि यो महिनाका शुभ ताः 2, 5, 8, 9, 12, 15, 22, 23, 28, 30, शुभ रंग सेतो इन्द्रेणी, अशुभ गेरूवा।
मिथुन : यो महिना तपार्इंको लागी कठोर परिश्रमले जीवनयापन गर्नुपर्ने समय देखिन्छ। व्यापारी वर्गको लागी रूपिया पैसाको लागी चिन्ता रहनेछ। सरकारी नोकरी गर्नेहरूको लागि स्थान परिवर्तन हुने समय देखिन्छ। कलाकारको लागी कामको कमी आउनेछ। सामाजिक कार्यकर्ता राजनेताहरूको लागी मान-सम्मान, पद प्रतिष्ठा मिल्नेछ। घर परिवार, पत्नी पुत्रादिहरूको सहयोग मिल्नेछ। रोजी रोजगारी, मध्येव्यापारी, समाजिक, राजनैतिज्ञ, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार, आदि प्रशासन अधिकारी, कर्मचारी सबैप्रकारका नारी पुरुषलाई समय सामान्य रहनेछ। शुभ कार्यको लागी यो महिनाका शुभ ताः 3, 4, 7, 9, 13, 14, 19, 20, 24, 25, 28, 29, शुभ रंग हरियो गहूँ, अशुभ सेतो छिर्के-मिर्के।
कर्कट : यो महिना तपार्इंको लागी शुभाशुभ मिश्रित फलकारक हुने समय देखिन्छ। घर-परिवार, पति-पत्नी सन्तानमा शारीरिक कष्टले गर्दा ऋृण लिनुपर्ने ऋृणकारीयोग छ। महिनाका मध्ये उत्तरार्धमा आंसिकसफलता, शत्रु पराजय हुने देखिन्छ। विनाकारण यात्रा गर्नुपर्ने योग छ। रोजी रोजगारीमध्ये व्यापारी गृहस्थी कामदार पत्रकार, रिपोर्टर आदि अन्न जलपान, औषधीमुलो परोपकार गाई वस्तु पाल्नेहरूको लागी समय शुभ नै हुनेछ। शुभ कामको लागी यो महिनाका शुभ ताः 1, 4, 6, 10, 12, 14, 20, 22, 25, 27, 31, शुभरंग सेतो घीऊ, अशुभ कालो निलो।
सिंह : यो महिना तपार्इंको ललागी शुभाशुभ मिश्रित फलकारक हुने समय छ। परिस्थिति डामाडोल भए पनि दुःखसुख अगाड़ी बढ्नको लागी कमी हुने छैन। कुनै पुरानो मित्रको सहयोगले रोकिएको काम अगाड़ी बढ्ने साथै लाभ पनि मिल्नेछ। रोजी रोजगारीको तर्फ पनि कार्य अनुसार लाभ अवश्य मिल्नेछ। यान वाहन, भूमी भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय लाभकारी नै छ। मध्यवर्गका व्यापारीहरूको लागी धेरै परिश्रमले मात्रै लाभ मिल्नेछ। नव युवा-युवतीको लागी जीवनसाथी मिल्नेछ। नव दम्पतीको लागि सन्तान सुख मिल्नेछ। गाई वस्तुको पालन गर्नेहरूको लागी सामान्य हानीको सामना गर्नुपर्ने समय छ। होशीयार रहन पर्ने यो महिनाको अशुभ ताः 1, 4, 8, 12, 16, 20, 24, 28, 31, शुभ रंग रातो मेरून, अशुभ कालो।
कन्या : यो महिना तपार्इंको लागी शुभाशुभ मिश्रित फलकारक हुनेछ। कार्यक्षेत्रमा साहस गरी अगाड़ी बढ़े अवश्य लाभ मिल्नेछ। आमा पक्षबाट सहयोगले अर्थ लाभ हुनेछ। तर विनाकारण धनको खर्चले ऋृण चिन्ता अशान्ति पनि साथमा मिल्नेछ। रोजी रोजगारी मध्येव्यापारी सरकारी कर्मचारी डाक्टर विमारी जलपान औषधिमूलो जड़ीबुटी साग-सब्जी खानपान आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 3, 7, 11, 16, 17, 21, 22, 26, 28, 30, शुभ रंग हरियो गहूँ, अशुभ सेतो।
तुला : यो महिना तपार्इंको लागी रोजी रोजगारमा पहिले सफलता मिल्नेछ। धार्मिक कार्यमा लगानी गर्नेहरूको लागि सफलता मिल्नेछ। रोगी वर्गको लागी केही कष्टकारी समय देखिन्छ। राजनेता समाजिक कार्यकर्ताहरूको लागी समय मानसम्मान पदप्रतिष्ठा मिल्नेछ। होशीयार गलत कार्यमा रूची बढ्ने घरपरिवार पति पत्नीमा मदभेदले मनमा केही अशान्ति बनाउने समय देखिन्छ। विनाकारण झगड़ाबाट बाच्ने शत्रुको सँग केही सावधानी पूर्वक अगाड़ी बढ्ने समय देखिन्छ। अरू सबै वर्ग क्षेत्रमा काम गर्ने नारी पुरुषलाई समय सामान्य देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 2, 5, 7, 11, 15, 16, 19, 20, 24, 26, 28, 30, शुभ रंग इन्द्रेणी सेतो, अशुभ गेरूवा।
वृश्चिक : यो महिना तपार्इंको लागी मानसिक चिन्ता भए पनि जग्गा-जमीन, यान वाहनबाट रुपियाँ-पैसाको आम्दानी हुने समय देखिन्छ। तर वाद-विवादबाट पनि केही सावधानी रहनुपर्नेछ। आमदानी भन्दा खर्च बढ्ने कारण मनस्थिति केही विचलित हुनेछ। तर पनि महिनाको मध्ये उत्तरार्धमा स्थितिमा केही सुधार हुनेछ। अभिष्ट सिद्धिको लागी धेरै परिश्रमले मात्रै सफलता मिल्नेछ। रोजी-रोजगारी मध्ये व्यापारी, साग-सब्जी, फलफूल, अन्नधन्न, जलपान, वाहन, भूमी भवन, शेयर सट्टा चिट्टापटट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामनाको लागि यो महिनाका शुभ ताः 4, 6, 8, 10, 11, 15, 17, 20, 22, 25, 27, 30, शुभ रंग रातो मेरून, अशुभ पहेंलो।
धनु : यो महिना तपार्इंको लागी शुभ फलकारक हुनेछ। विद्या आर्जनमा परिश्रमअनुसार सफलता मिल्नेछ। दिनचर्या कार्यको क्षेत्रमा व्यस्तताले गर्दा समय व्यतित भएको थाहा नै नपाई समय जानेछ। भोजन सयन पनि समयमा नहुँदा शारीरिक थकावट महसुस हुनेछ कलाकार वर्गको लागी रचनात्मक कार्यमा सफलता मिल्नेछ। रोजी रोजागरी, मध्येव्यापारी, लेखक-पाठक, साहित्यकार कार्य सञ्चालन सबै क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 4, 5, 9, 11, 15, 16, 19, 20, 23, 26, 27, 29, 31, शुभ रंग पहेंलो-गेरूवा, अशुभ कालो।
मकर : यो महिनाको तपार्इंको लागी आफूभन्दा ठूलाबड़ा माता-पिता आदिको सहयोगले मिल्नेछ। व्यापारी वर्गको लागि सामान्य लाभ मात्रै मिल्नेछ। गृहस्थीजीवन सुख-दुःख सामान्यसँग अगाड़ी बढ्ने समय देखिन्छ। छर-छिमेकीसँग राम्रो सन्बन्ध राखे त्यसबाट पनि सामान्य लाभ मिल्नेछ। रोजीरोटीको कार्य क्षेत्रमा केही रोकिएको काम पनि विस्तारै अगाड़ी बढ्नेछ। खर्च बढ़ने कारण मनमा अशान्त रहनेछ। रोजी रोजगारी मध्यव्यापारी लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी आदिमा कार्य गर्नेहरूको लागी समय सामान्य रहनेछ। होशीयार रहने यो महिनाका अशुभ ताः 1, 4, 6, 8, 12, 14, 17, 20, 24, 25, 28, 30, शुभ रंग कालो मैला-अशुभ-रातो गेरूवा।
कुम्भ : यो महिना तपार्इंको लागी मनमा केही शान्ति मिल्नेछ। काम गर्नुभन्दा अगाड़ी सोच-विचार गरी काम गरेमा अवश्य लाभ मिल्नेछ। कतिलाई देशविदेश वरपर यात्रा मिल्ने यात्राकारी योग परेको छ। पत्नी पुत्रको चिन्ताले केही सताउने समय देखिन्छ। रोजी वर्गको लागी उदर, नेत्र पीड़ा कुनै दुःखद खबरले मन केही अशान्ति मिल्नेछ। ड्राइवर ट्राभल्स यात्रा गर्नेहरूले आकास्मिक दुर्घटनाको शिकार हुनुपर्ने योग भएको कारण केही सावधानी पूर्वक अगाड़ी बढ़नु पर्नेछ। रोजी रोजगारी, मध्येव्यापारी, पण्डित पुरोहित, साधु सन्तयोगी, जलपान औषधिमूलो आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहनेछ। शुभ कामको लागी यो महिनाका शुभ ताः 1, 4, 9, 11, 15, 16, 19, 20, 23, 25, 27, शुभ रंग निलो आकाशे, अशुभ रातो पहेंलो।
मिन : यो महिना तपार्इंको लागी अष्ठम राहु अशुभ फलकारक देखिन्छ। बुद्धिभ्रष्ट गराइ लागानी डुबाउने समय देखिन्छ। खर्च पनि बढ्ने समय छ। आफ्नो आफन्त इष्टमित्रबाट सामान्य सहयोग मिल्नेछ। धार्मिक भावनाको उदय अभिरूचीले गर्दा समय बिताउन चिन्ता लिनुपर्ने छैन। तर अरूसँग वादविवादले चाहीँ रुपियाँ पैसाको हानी गराउने समय देखिन्छ। कार्यशैलीमा केही बदलाव हुने जरूरी देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, गृहस्थी, स्वदेशी-विदेशी, युवा-युवती दम्पती, विद्यार्थी सबै वर्गाका नारी-पुरुषलाई सामान्य रहनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः1, 3, 6, 9, 10, 19, 20, 22, 24, 26, 30, शुभ रंग पहेंलो, कालो, गेरूवा अशुभ कालो।
