राशिफल 01 April 2019 - देखि 1st May 2019 - सम्म

मेष : यो महिना तपार्इंको लागी शारीरिक सुख, नयाँ मित्रहरूसँग मिलजोलले गर्दा कार्य क्षेत्रमा लाभ मिल्ने समय देखिन्छ। दैनिक कार्यशैलीमा केही विघ्न-बाधाहरूको सामना गर्दै अगाड़ी बढ़न पर्ने समय देखिन्छ। दाम्पतीय जीवनको नयाँ उपलब्धि भनेको सन्तान सुख मिल्ने देखिन्छ। रुपियाँ-पैसाको लेनदेन गर्नेहरूको लागी होशीयार गरी कारोबार गर्नुपर्ने समय देखिन्छ। रोजी-रोजगारी, मध्ये व्यापारी गृहस्थी, जल, फल, तैलिय पदार्थको व्यपारी भूमि-भवन, यान, वाहन, शेयर, सट्टा-चिट्टा-पट्टा, ठेकादारीहरूको लागी सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभ कामको लागी यो महिनाका शुभ ताः 3, 5, 7, 9, 11, 18, 20, 22, 26, 28, 30, शुभ रंग रातो, अशुभ कालो। 

वृष : यो महिना तपार्इंको लागी सुख शान्ति साथै कार्यक्षेत्रमा गर्दै गरेको प्रयास सफल हुने समय देखिन्छ। रोगीहरूको लागी स्वास्थ्यमा सुधार। आत्मिक शान्ति, व्यापारी गतिरोधमा केही कमी आउने समय छ। आफ्ना आफन्तभन्दा बाहिरी सहयोगले आर्थिक सुधार कार्य सिद्ध, शत्रु पराजय हुने योग परेको देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, राजनेता, सरकारी नोकर गर्ने नोकरीदार, डाक्टर ादि क्षेत्रमा कार्य गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। होशीयार रहनेपर्ने यो महिनाका अशुभ ताः 4, 5, 6, 10, 12, 18, 20, 22, 25, 27, 29, शुभरंग सेतो इन्द्रेणी अशुभ रातो-पहेंलो।
मिथुन : यो महिना तपाईको लागी पूर्व नियोजित कार्यको लागी अघि बढ़ाउन तर्फ मन जाने कारण घर-परिवार आफ्ना आफन्तहरूमा केही मन मुटावको स्थिति देखिन्छ। रोगीहरूको लागी सामान्य शान्ति मिल्ने देखिन्छ | मानसिक चिन्ता, शत्रुभयकारी योग आउने देखिन्छ। साहस लिएर अगाड़ी बढ़ेमा रोकिएको कार्य अगाड़ी बढ्‌ने समय देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, नव युव युवती, नयाँ दम्पती दवाई पानी लेखक, पाठक, साहित्यकार, रिपोर्टर, कलाकार, शेयरसट्टा, चिट्टापट्टा, रुपियाँ-पैसाको लेनदेन गर्ने भूमी भवन, यान-वाहन, दैनिक कुल्ली-कवाड़ी, ड्राइवर खलासी आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। राजमिस्त्री, सिकर्मीहरूको  लागी समय लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 4, 6, 8, 12, 16, 20, 24, 28, 30, शुभरंग हरियो-गहुँ, अशुभ सेतो।

कर्कट : यो महिना तपाईको लागी धेरै परिश्रम गरे पनि आम्दानी साधारण नै रहने समय देखिन्छ। वकिल, जज, कानुनी अधिकारीहरूको लागी कानुनी अड़चनले गर्दा केही मानसिक चिन्ता, नेत्र, शारीरिक कष्ट हुने समय देखिन्छ। साझेदारीमा काम गर्नेहरूको लागी विशेष सतर्क रहनुपर्ने समय देखिन्छ। साथै महिनाको मध्य उत्तरार्धमा कुनै रोकिएको महत्वपूर्ण कार्यको श्रीगणेश हुने समय देखिन्छ। घर परिवार, सर-सल्लाह गरी अगाड़ी बढ़ेमा लाभ मिल्ने देखिन्छ। रोजी रोजगारी, उच्च मध्य निम्न प्रकारका उद्योगी, व्यापारी लेखाजोखा हरहिसाब क्षेत्रमा काम गर्नेहरूको लागी केही लाभकारी समय देखिन्छ। शुभकार्यको लागी यो महिनाका शुभ ताः 2, 5, 7, 13, 15, 15, 19, 23, 27, 29 शुभरंग सेतो, अशुभ कालो। 

सिंह : यो महिना तपाईको लागी आय-व्याय बराबरी रहने समय देखिन्छ। कठिन परिश्रमले घर गृहस्थी साथीसङ्गी सबै वर्गमा केही होशीयार पूर्वक अगाड़ी बढ्‌ने समय देखिन्छ। मनोबल अगाड़ी बढ़ाई कार्य गरेमा अवश्य लाभ मिल्ने देखिन्छ। कारोबारी क्षेत्रमा गर्दै गरेको कार्य सहयोगीको कृपाले सजिलोसँग अगाड़ी बढ्‌ने देखिन्छ। आफ्नो आचरणमा केही बदलाव हुनुपर्ने समय देखिन्छ। नव युवा युवतीहरूको लागी जीवनसाथी मिल्ने दम्पतीहरूको लागी सन्तान सुख मिल्ने देखिन्छ। कतिको भाग्योनती हुने समय देखिन्छ। अरू सबै वर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभा ताः 1, 4, 8, 12, 16, 20, 24, 28, 31, शुभ रंग रातो, सुन्तला अशुभ कालो। 

कन्या : यो महिना तपाईको लागी रिस, आरीस, दुश्मनी यो बाट हानी हुने प्रवल सम्भावना देखिन्छ। शत्रु पक्षबाट सतर्क रहनु पर्ने समय आउने देखिन्छ। होशीयार छर-छिमेकी, आफ्ना आफन्त, इष्टमित्रहरूमा वाद-विवादले गर्दा बन्दै गरेको काम बिग्रन सक्ने समय देखिन्छ। राजनैतिक क्षेत्रमा केही अपयसको सम्भावना हुने अपयसकारी योग परेको देखिन्छ। रुपियाँ पैसाको लेनदेन गर्नेहरूले सोची सम्झी मात्रै कारोबार गर्नु होला नत्र हानी बेहोर्नु पर्ने समय देखिन्छ। रोजी-रोजगारी मध्ये व्यापारी, सरकारी नोकरी गर्नेको लागी लाभ मानसम्मान, पदप्रतिष्ठा मिल्ने समय देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 4, 6, 10, 14, 17, 21, 26, 27, 30, शुभरंग रहरियो, अशुभ पहेंलो। 

तुला : यो महिना तपाईको लागी अल्प लाभ भए पनि  ठूलो काम मिल्ने समय देखिन्छ। व्यापारी वर्गको लागी हानी लाभ बराबरी मिल्ने योग देखिन्छ। कुनै पुरानो चल्दै गरेको वादविवाद समस्याको समाधान हुने समय देखिन्छ। पुरानो मित्र मिलन, प्रियजनहरूसँग वार्तालापबाट कुनै कार्य राम्रोसँग अगाड़ी बढ्‌ने समय देखिन्छ। सन्तान पक्षबाट सामान्य सहयोग मिल्ने समय देखिन्छ। भूमी भवनको काम गर्नेहरूको लागी अर्थलाभ मिल्ने समय देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी, लेखक, पाठक, शिक्षक विद्यार्थी, साहित्यकार कलाकार राजनेता, ड्राइवर, निजामती कर्मचारी अर्काको नोकर चाकर सबै वर्गलाई समय सामान्य रहने समय देखिन्छ। होशीयार रहने यस महिनाका अशुभ ताः 1, 5, 7, 11, 15, 18, 20, 22, 26, 28, 30, शुभरंग इन्द्रेणी सेतो,  अशुभ पहेंलो। 

वृश्चिक : यो महिना तपाईको लागी ठूलाबड़ा अधिकारीहरूको कुरा मानी अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने देखिन्छ। सामाजिक कार्यकर्ता राजनेताहरूको लागी आफ्नो मान-सम्मान,पद-प्रतिष्ठाको लागी धेरै मेहेनत गर्नुपर्ने देखिन्छ। कुनै पनि क्षेत्रमा लेनदेनको कारोबार गर्नेहरूले सोची सम्झी गर्नुपर्ने समय देखिन्छ। नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। पारिवारिक जीवनमा सामान्य वाद-विवाद भए पनि, आर्थिक सहयोग अवश्य मिल्ने देखिन्छ। कार्य क्षेत्रमा धेरै दौड़धुप गर्नुपर्ने साथै लाभ सामान्य मिल्ने समय देखिन्छ। रोजीरोजगारी, उद्योग-व्यापारी, नारी-पुरुष, शेयरसट्टा, चिट्टापट्टा, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी सबै वर्गलाई समय सामान्य  रहने साथै शुभकामको लागी यो महिनाका शुभ ताः 2, 4, 6, 8,11, 16, 19, 22, 26, 28, शुभरंग रातो-मेरून, अशुभ पहेंलो। 

धनु : यो महिना तपाईको लागी आफूभन्दा ठूलाबड़ाबाट अपहेल्ना सहनु पर्ने या मित्र विछोड़ हुने समय देखिन्छ। राजनेताहरूको लागी वादविवादको समय देखिन्छ। अरूको आश्वासनभन्दा आफ्नो बल बुद्धिमा कार्य गरे अगाड़ी बढ्‌ने समय देखिन्छ। दाम्पत्य जीवनमा शंका प्रसंकाले गर्दा वाद-विवाद हुने समय देखिन्छ। होशीयार झुटो आरोप, गुप्त शत्रुले गर्दा बन्दै गरेको काम पनि रोकिने समय देखिन्छ। सानो लगानीबाट आफ्नो जीविका चलाउनेहरूको लागी आम्दानी भन्दा खऱ्च धेरै हुने समय देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी, गृहस्थी लेखक, पाठक कागज पत्रको क्षेत्रमा काम गर्ने औषधी, जलपान, यान-वाहन, भूमी भवन, रुपियाँ-पैसाको लेनदेन गर्नेहरूोक लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी शुभ ताः 3, 5,9, 12, 13, 18, 21, 25, 27, 29, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो। 


मकर : यो महिना तपाईको लागी केही शुभ कारक फल हुने देखिन्छ। रोकिएको काम अगाड़ी बढ्‌ने कुनै ठाउँबाट केही अचानक अर्थलाभ हुने समय देखिन्छ। घर परिवारमा सामान्य खुशीको महल बन्ने आपसी मेलजोलले गर्दा केही खुशीको महसुस गर्ने समय देखिन्छ। कार्य क्षेत्रमा लगानी गरेमा अवश्य लाभ मिल्ने समय देखिन्छ। सरकारी जालसाझीबाट केही होशियार रहनुपर्ने समय देखिन्छ। आकास्मिक अर्थलाभ, मित्र सहयोग पाए पनि केही गुप्त शत्रुले गर्दा केही समयको लागी कुनै काम रोकिने समय देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, उद्योगी, साधु-सन्त, योगी, महन्त, पण्डित-पुरोहित, शिक्षक, विद्यार्थी, लेख, पाठक, साहित्यकार, राजनेता, सामाजिक कार्यकर्ता सबै वर्गलाई समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 2, 3, 7, 9, 11, 16, 19, 23, 26, 30, शुभरंग निलो-कालो, अशुभ रातो-पहेंलो।

कुम्भ : यो महिना तपाईको लागी आफ्नो घमण्डीपनले गर्दा आफ्ना आफन्तमा नै शिर झुकाएर हिँड्‌न पर्ने समय देखिन्छ। विद्यार्थीवर्गको लागी शिक्षा-दिक्षाको क्षेत्रमा आफूले चाहे जस्तो नहुने समय देखिन्छ। व्यापारीवर्गको लागी कारोबारी स्थिति सामान्य रहने देखिन्छ। तपाईले कुनै पनि कार्यको लागी एउटा सल्लाहकार राखि अगाड़ी बढ़ेमा केही सामान्य लाभ मिल्ने समय देखिन्छ। विनम्र भएर अगाड़ीको अवश्य लाभ मिल्ने समय देखिन्छ। रोजी रोजगार, व्यापारी, खेती किसान,नोकर-चाकर,  सामान्य देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 4, 5, 13, 15, 19, 20, 24, 25, 29, 30, शुभरंग कालो-निलो, अशुभ रातो-गेरुवा।

मीन : यो महिना तपार्इंको लागि व्यापारी वर्गको लागि लाभ वारिवारिक वर्गको लागि सहयोग नोकरी गर्नेवर्गको लागि मान-सम्मान पद-प्रतिष्ठामा वृद्धि, सामाजिक कार्यकर्ताहरूलाई दौड़धुप  हुने समय देखिन्छ। अर्काको नोकरी गर्ने वर्गको लागि कामको  सोची-सम्झी लेनदेन गर्ने सल्लाह छ।  इञ्जिनियर फिटर, टेक्निकल क्षेत्रमा काम गर्नेहरूको  लागी समय लाभकारी हुने देखिन्छ। भूमि-भवन, यान-वाहन,होटल लज, खाना-खाजाना, यानवाहनमा काम गर्नेहरूको लागि समय लाभकारी हुने देखिन्छ। इष्टमित्रहरूसँग सम्पर्क बनाइ राखेमा अवश्य लाभ मिल्ने देखिन्छ। होशीयार गर्नुपर्ने यो महिनाका अशुभ ताः 2, 6, 8, 11, 15, 19, 23, 26, 29, 30, शुभरंग पहेंलो-गेरुवा, अशुभ कालो-निलो।