राशिफल 01 Jun 2022 - देखि 1st July 2022 - सम्म

मेष -  भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। दोस्रो सातासम्म स्थिति अलि प्रतिकूल रहनेछ। साझेदारीमा समस्या आउनेछ भने सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। नोकरी तथा व्यावसायिक काममा केही चुनौती भने देखापर्न सक्छन्‌। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। तेस्रो सातादेखि आर्थिक पक्षमा विशेष उन्नति हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। बीचमा काम रोकिने र अध्ययनमा बाधा हुने देखिन्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।

 

बृष - कृषि तथा व्यापार-व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्‌ । बिनाकारण आफन्तजन टाढिन सक्छन्‌। आमा, भूमि, घर र गाईको विषयले केही चिन्ता बढाउन सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग लिने चेष्टा गर्नुहोला। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुन सक्छ। घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने समय भएकाले सजग रहनुहोला। एकसाथ अनेक काम सुरु भए पनि परिवारिक असमझदारीले अप्ठ्यारोमा पुर्याउन सक्छ। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति पुऱ्याउन सक्छ । अध्ययनमा भने सामान्य प्रगति हुनेछ।

 

 कन्या - खर्च बढ्‌नाले आर्थिक अभाव देखा पर्न सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कंमजोरीको फाइदा उठाउन सक्छन्‌। अध्ययन र व्यवसायमा अलि बाधा हुनेछ। प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्‌। तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्‌नेछ । अरूका विषयमा धेरै चासो नलिनुहोला। चुनौती देखिए पनि महिनाभरको आयस्रोत भने बलियै रहनेछ।

 

कर्कट -  महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बनाउन सकिनेछ। तापनि प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्‌नुका साथै प्रतिभाको उचित कदर हुनेछ । प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेममा खटपटी देखापर्नेछ भने गृहस्थी केही अशान्त रहनेछ। समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ। व्यवसाय र उद्योग-धन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।


 

धनु- सरोकार नभएका विषयमा रुचि राख्नाले अनावश्यक दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्‌नेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। देशविदेशको यात्रा गर्ने अवसर जुट्‌न सक्छ। मेहनत गर्दा आम्दानीका विविध स्रोत फेला पार्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्‌नेछ। शुभचिन्तकको सहयोगले विशेष कामहरू बन्नेछन्‌ । साझेदारीका विषयमा भने वादविवाद हुन सक्छ।

 

सिंह -  राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दुःख पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। परिवारजनमा असमझदारी बढ्‌ने सम्भावना देखिन्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। स्वास्थ्य कमजोर रहे पनि प्रतिस्पर्धामा फाइदा उठाउन सकिनेछ। तापनि काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्‌। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्‌। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। प्रतिस्पर्धीहरूका माध्यमबाट बढ़ी लाभ हुनेछ। अध्ययनमा समय दिन नसक्नाले पछि परिने सम्भावना छ।

 

बृश्चिक -  विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्‌न सक्छ। मनग्गे लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्‌नेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ। मनग्गे अर्थ उपार्जन गर्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी मनग्गे फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ। खर्च लागे पनि विशेष काम वा व्यवसायको जग बसाउने समय छ। बिग्रिएको सम्बन्ध पुन: स्थापित हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउनेछ।

 

तुला -  विभिन्न अवसरले पछ्‌याउनेछन्‌। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। आयआर्जनका स्रोतसमेत बढ्‌नेछन्‌। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्‌। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्‌। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। भोगविलासका सामानहरू समेत प्राप्त हुनेछन्‌। दोस्रो सातादेखि पहिलेको व्यवहारले आम्दानी बढाउनेछ। विशिष्ट व्यक्तिहरूसँग नियमित भेटघाट हुनुका साथै प्रतिष्ठित कार्य गर्ने वातावरण तयार हुनेछ। परिवारमा भने केही असमझदारी बढ्‌नेछ ।

 

कुम्भ- अरूको भरपर्दा काम रोकिन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले पनि काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्‌ने देखिन्छ। जीवनसाथीलाई समेत केही पीडा हुने ग्रहयोग छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन्‌। आस मारेको काम बन्नाले केही उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बिस्तारै नयाँ काम सुरु हुनेछन्‌। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्‌नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ।

 

मकर- काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड-कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। केही जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलाई पछ्‌याउन नसक्दा महत्वपूर्ण वस्तु गुम्न सक्छ। तापनि जुझारु कार्यशैलीले केही काम सम्पादन हुनेछन्‌। बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ।

 

मीन- रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ  वर्गीय हक-हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झनेछ भने सुखद समाचारले आनन्द प्राप्त हुनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीहरूले साथ दिनेछन्‌। विभिन्न अवसरले पछ्‌याउने समय छ। मुद्दा र कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार व्यवसाय विस्तार हुनेछ। बिग्रिएको प्रेमसम्बन्ध पुनःस्थापित हुनेछ भने दाम्पत्य सम्बन्ध पनि सुमधुर बन्नेछ।