मेष : यो महिना तपाईको लागी नोकरी पेसामा संलग्नहरूको लागी अधिकारीहरूको थिचोमिचो सहन गर्नु पर्ने समय आउने देखिन्छ। व्यापारी वर्गको लागी सरकारी कर्मचारीहरूको शिकार बन्न पर्ने देखिन्छ। राजनेता, सामाजिक, कार्यकर्ताहरूको लागी मान-सम्मान, पद प्रतिष्ठा बढ्ने समय देखिन्छ। विद्यार्थी वर्गको लागी निर्णय गर्न केही समय लाग्ने समय देखिन्छ। शेयरसट्टा, चिट्टा, रुपियाँ, पैसाको लेनदेन गर्नेहरूको लागी तनाउपूर्ण समय व्यतित हुने देखिन्छ। रोजीरोजगारी मध्य व्यापारी गृहस्थी, शिक्षक, विद्यार्थी, युवा-युवती, नयाँ दम्पती लेखक, पाठक, साहित्यकार सबैवर्गलाई सामान्य रहने देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 3, 5, 9, 13, 17, 22, 26, 28, 30। शुभ रंग रातो अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागी आफ्नो कार्यशैलीमा समानता बनाइ राख्न पर्ने समय देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश हुने समय पनि देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश हुने समय पनि देखिन्छ। आमदानी भन्दा खर्च बढ़ी हुने समय देखिन्छ। पति-पत्नीमा केही मन मुटाव हुने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा कुनै अधिकारीको सहयोगले रोकिएको काम पनि सुचारू हुने समय देखिन्छ। कर्मचारी वर्गको लागी समय लाभकारी हुने देखिन्छ। छर-छिमेकी सँगको वाद-विवाद हानी हुने समय देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, गृृहस्थी, निजामती कर्मचारी ठेकादार, डाक्टर, विमारी, नारी-पुरुष सबै वर्गको लागी समय सामान्य देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 1, 4, 8, 12, 16, 20, 24, 28, 30, 31, शुभ रंग सेतो छिर्के मिर्के, अशुभ पहेंलो-रातो।
मिथुन : यो महिना तपाईको लागी पारिवारिक व्यक्तिहरूको लागी आफ्नो दायित्वको निर्वाह गर्नको लागी केही खर्च हुने साथै जसभन्दा अपजस मिल्ने समय देखिन्छ। विद्यार्थीवर्गको लागी शिक्षा-परीक्षा, दौड़-धुप गर्नुपर्ने समय देखिन्छ। सठीक निर्णय लिएर अगाड़ी बढ़ेमा अवश्य भविष्यमा लाभ मिल्ने समय देखिन्छ। यानवाहन, भूमी भवन ठेक्का पट्टा शेयर सट्टामा काम गर्नेहरूको समय लाभकारी हुने देखिन्छ। कुनै पहिला फसेको रुपियाँ-पैसा आउने समय देखिन्छ। अरूको काम गर्ने कामदारहरूको लागी कामको बोझले गर्दा घर परिवारसँग मनमुटावको स्थिति आउने देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, कुनै पनि क्षेत्रमा काम गर्ने कादार नारी-पुरुष सबैवर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 6, 9, 15, 16, 21, 22, 27, 30, 31, शुभ रंग हरियो गहूँ, अशुभ सेतो।
कर्कट : यो महिना तपाईको लागी गएको महिनाको क्षति पूर्ती हुने लाभकारी योग बनेको देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश हुने समय देखिन्छ। रोगीहरूको लागी चैं केही रोगले सताउने समय देखिन्छ। परिश्रम गरे अवश्य लाभ मिल्ने देखिन्छ। कुनै धार्मिक कार्यक्रममा भाग लिनुपर्ने देखिन्छ। व्यक्तिगत जीवनशैलीमा अरूको हस्तक्षेप सहन गर्नुपर्ने देखिन्छ। कुनै पुरानो मित्रसँग मेलजोल हुने समय देखिन्छ। रोजीरोजगारी, मध्यव्यापारी, वकिल, जज, लेखक, पाठक, कागजपत्रको व्यापार गर्नेहरूको लागी समय लाभकारी देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 4, 8, 12, 15, 16, 21, 23, 26, 27, 31, शुभरंग सेतो, अशुभ कालो।
सिंह : यो महिना तपाईको लागी कामदारी क्षेत्रमा अरूको सहायताले गर्दा गर्दै गरेको कार्य सार्थक हुने समय देखिन्छ। पारिवारिक कार्यमा सफलता मिल्ने, कार्यक्षेत्रमा कामको व्यस्तताले गर्दा स्वास्थ्यमा केही गड़बड़ी हुने समय देखिन्छ। आफ्नो आफन्त, घरपरिवारमा केही वादविवाद हुने देखिन्छ। होशीयार सुरा सुन्दरीबाट धन-मानलाई नोक्सानी हुने देखिन्छ। टाढ़ा या नजिकको यात्रा हुने प्रवल समय देखिन्छ। राजनेताहरूको लागी वाद-विवाद, मानसम्मान, पद प्रतिष्ठामा केही आघात हुने देखिन्छ। रोजीरोजगारी, मध्ये व्यापारी, कृषक जलपान, तैलिय पदार्थका व्यापारीहरूको लागी समय शुभकारक देखिन्छ। शुभकार्यको लागी यो महिनाका शुभ ता : 2, 8, 9, 13, 15, 19, 23, 25, 30, शुभरंग रातो, अशुभ कालो।
कन्या : यो महिना तपाईको लागी व्यापारीवर्गको लागी गतिरोध पुंजीपतीहरूको लागी पनि लगानी गर्नमा होशीयार गर्नुपर्ने नत्र हानी हुने प्रवल समय आउने देखिन्छ। जोश र क्रोधमा केही संयम राख्नु पर्ने नत्र त्यसमा पनि हानी हुने समय देखिन्छ। भविष्यको लागी गम्भीर भएर अगाडी बढ्नु समयको माग जस्तो देखिन्छ। कारोबारी क्षेत्रमा तलमाथि भइनै रहने समय देखिन्छ। घरपरिवार आफ्ना-आफन्तमा वादविवाद हुने देखिन्छ। सानो लगानीवाट ठूलो कर्म गर्ने समय छैन। त्यसकारण आम्दानी विचार गरी खर्च गर्नु पर्ने देखिन्छ। आर्थिक योजनाको लागी संघर्षपूर्ण स्थिति रहने देखिन्छ। सबैवर्गको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 12, 13, 15, 19, 24, 30, 31, शुभरंग हरियो गहुँ, अशुभ सेतो।
तुला : यो महिना तपाईको लागी प्रभावशाली व्यक्तिहरूसँगको मेलमिलापले शत्रु डराउने साथै केही रोकिएको काम अगाड़ी बढ्ने पनि सामान्य रहने देखिन्छ। पक्का इरादा कड़ा मेहेनत गरी अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने देखिन्छ. राजनैतिक क्षेत्रमा विरोधीहरू पछाड़ी परि गुप्त तरिकाले हानी पुऱ्याउने षड़यन्त्र गर्ने देखिन्छ। तर सामान्य केही गर्ने नसक्ने देखिन्छ। नोकरी गर्नेहरूको लागी मान सम्मान पद प्रतिष्ठा साथ संगत बढ्ने समय देखिन्छ। रोजी रोजगारी मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, शिक्षक-विद्यार्थी, वकिल, कुल्ली कवाड़ी नोकर चाकर, ड्राइवर, खलासी, ट्रावल, होटल लज, यान-वाहन, भूमी भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 4, 6, , 8, 12, 16, 20, 22, 28, 31, शुभरंग इन्द्रेणी सेतो, अशुभ रातो।
वृश्चिक : यो महिना तपाईको लागी गुरु वृहस्पतिको कारण मानसम्मान, पद प्रतिष्ठामा वृद्धि हुने समय देखिन्छ। व्यापार, व्यवसाय क्षेत्रमा उन्नति, प्रगति मिल्ने देखिन्छ। बौद्धिक क्षेत्रमा वृद्धि विवादमा विजय मिल्ने समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी लाभकारी समय देखिन्छ। होशीयार सन्तान पत्नी घरपरिवारमा चै कहि मनमुटावको स्थिति हुने समय देखिन्छ। सामाजिक प्रतिष्ठामा वृद्धि पुरानो मित्रसँग भेट। टाढ़ा या नजिकको भ्रमण गर्नु पर्ने समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, जलपान, औषधी रसिलो पदार्थहरूको बिक्री गर्ने राजनेता, सामाजिक, कार्यकर्ताहरूको लागी समय सामान्य रहने देखिन्छ। होशीयार रहनपर्ने यो महिनाका अशुभ ताः 5, 6,9, 13, 18, 23, 24, 29, 31, शुभरंग रातो अशुभ पहेंलो।
धनु : यो महिना तपाईको लागी शारीरिक सुख मानिसहरूसँग मेलमिलाप हुने साथै कार्य क्षेत्रमा सुविधा हुने समय देखिन्छ। दैनिक कार्यक्षेत्रमा यदाकदा, वादविवाद हुने योग परेको देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी स्थान परिवर्तन हुने समय देखिन्छ। कुनै पनि प्रकारको लेनदेनबाट होशीयार गर्नुपर्ने देखिन्छ सामाजिक कार्यकर्ताहरूको लागी मानमर्यादा राखेर हिँड्नु समयको माग रहेको देखिन्छ। रोजी रोजगारी मध्यव्यापारी नारी-पुरुष, युवा-युवती, लेखक, पाठक, साहित्यकार, कलाकार, रिपोर्टर, वकिल, इञ्जिनियर साथै ठेकादार, कुल्ली-कवाड़ी, ड्राइवर, खलासी, कृषक, डाक्टर, विमारी, सबैप्रकारका मानिसहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकार्यको लागी 1, 5, 9, 15, 16, 20, 22, 27, 29, शुभरंग पहेंलो गेरुवा, अशुभ कालो।
मकर : यो महिना तपाईको लागी सुख शान्ति साथै कार्यक्षेत्रमा गर्दै गरेको प्रयत्न अवश्य सफल हुने समय देखिन्छ। रोगीहरूको लागी स्वास्थ्यमा सुधार हुने देखिन्छ। घरपरिवारमा कुनै शुभ कार्यको आयोजना हुने समय देखिन्छ। कुनै पुरानो मित्रको सहयोगले पनि केही कार्य अगाड़ी बढ्ने समय देखिन्छ। व्यापारी कार्यक्षेत्र विस्तारको लागी केही दौड़धुप गर्नुपर्ने समय देखिन्छ। नोकरी गर्नेहरूको लागी कामको व्यस्तता भए पनि लाभ मिल्ने समय देखिन्छ। आफ्ना आफन्तसँग केही मन मुटाव आउने देखिन्छ। रोजी-रोजगारी उद्योगी व्यापारी खेती किसान लेखक, पाठक, साहित्यकार, सबै वर्गलाई समय लाभकारी हुने देखिन्छ। होशीयार रहनुपर्ने यो महिनाका अशुभ ताः 4, 6, 12, 20, 24, 28, 30, शुभरंग निलो कालो, अशुभ रातो-पहेंलो।
कुम्भ : यो महिना तपाईको लागी देश विदेश भ्रमण हुने भ्रमणकारी योग परेको देखिन्छ। कार्य क्षेत्रमा सामान्य गल्तीले गर्दा केही हानी हुने समय देखिन्छ। व्यापारी क्षेत्रमा पनि विघ्न वाधाहरूले दुःख दिने समय देखिन्छ। ठूलाबड़ाको सहयोग र ससुराली, इष्टमित्रको सहयोगले कार्यक्षेत्रमा सामान्य सुधार हुने देखिन्छ। विद्यार्थीहरूको लागी कार्यमा बिना कारण यात्रा गराउने समय देखिन्छ। स्वास्थ्यमा सुधार हुने योग देखिन्छ। कार्य सम्पादनको लागी कठोर परिश्रमले अगाड़ी बढ्नु पर्ने योग परेको देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 5,7, 11, 15, 19, 23, 27, 29, शुभरंग कालो मैला, अशुभ रातो-पहेंलो।
मिन : यो महिना तपाईको लागी अध्ययन अध्यापनको क्षेत्रमा काम गर्नेहरूको लागी लाभकारी हुने देखिन्छ। आफ्ना आफ्न्तबाट सहयोग भन्दा बाधा धेर हुने समय देखिन्छ। साझेदारीमा गरेको काममा वादविवाद हुने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा रोकिएको काम अगाड़ी बढ्ने समयदेखिन्छ। जीवीकोपार्जनको लागी सामान्य रहने देखिन्छ। रुपियाँ-पैसाको लेनदेन गर्दा होशीयार पूर्वक कार्य गर्नुहोला नत्र हानी हुने समय देखिन्छ। शेयरसट्टा चिट्टापट्टा ठेकादारहरूको लागी पनि सोचेर अगाड़ी बढ्नु पर्ने समय देखिन्छ। राजनेताहरूको लागी समय मान-सम्मान पदप्रतिष्ठा बढ्ने समय देखिन्छ। अरू सबै वर्गलाई सामान्य देखिन्छ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 5, 9, 11, 14, 19, 24, 26, 28, 30, शुभरंग पहेंलो गेरुवा, अशुभ कालो-निलो।
