मेष : यो महिना तपार्इंको लागि विभिन्न सुख सुविधाका साधनहरू मिल्ने समय देखिन्छ। राजनेताहरूको लागि राजकीय न्यायालयमा भएको दुवै जग्गामा सफलता मिल्ने समय देखिन्छ।कुनै विपरित समय आउँदा हनुमानजीको दर्शन पूजा, संकट मोचन स्रोत पाठ गरेमा अवश्य सफलता मिल्ने देखिन्छ। स्वास्थ्य सम्बन्धित केही होशियार गर्नुपर्ने समय देखिन्छ। व्यापारी वर्गको लागि पहिलाभन्दा सुधार आउने समय देखिन्छ। रोजीरोजगारी उच्च मध्ये व्यापारी, राजनेता, सामाजिक, कार्यकर्ता साथै कुनै पनि क्षेत्रमा काम गर्नेहरूको लागि पनि समय सामान्य देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 1, 3, 6, 10, 14, 18, 19, 26, 27, 30 शुभ रंग रातो अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागि व्यापारी वर्गको लागि उन्नति हुने समय देखिन्छ. ठूलाबड़ाहरूको सरसल्लाह लिएर अगाड़ी बड़े अवश्य लाब मिल्ने देखिन्छ. घरपरिवार आफ्ना आफन्तबाट केही अशान्ति, वादविवादकारी योग परेको देखिन्छ। विद्यार्थीवर्गहरूको लागि दौड़धुप, तलमाथि गर्दा नै समय व्यतित हुने समय देखिन्छ। महिनाको मध्यउत्तरार्ध कुनै नयाँ कामको श्रीगणेश हुने समय देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी लेखक, पाठक, साहित्यकार, सरकारी नोकरी गर्ने, डाक्टर, विमारी, नवदम्पती, युवा-युवती, शिक्षक विद्यार्थी, गृहस्थी, जलपान होटेल, यात्रा वाहक क्षेत्रमा काम गर्ने सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 3, 5,9, 15,16, 20, 24, 27, 29, शुभरंग इन्द्रेणी सेतो, अशुभ पहेंलो।
मिथुन : यो महिना तपार्इंको लागि जीविकोपार्जन कार्य राम्रै चल्ने देखिन्छ। ग्रह राम्रो हुनेहरूको लागि मित्र सहयोगद्वारा नयाँ काम बन्ने देखिन्छ। स्वास्थ्य सामान्य रहने देखिन्छ। अध्ययन अध्यापनको क्षेत्रमा चै विद्यार्थीवर्गलाई केही भने जस्तो स्थान नमिल्ने समय देखिन्छ। सामाजिक कार्यकर्ताहरूको लागि पनि समय सामान्य देखिन्छ। सबैवर्गले मेहेनत गरेमा अवस्य लाभ मिल्ने समय देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, खेती, किसान, अन्न, धन्न जलपान, कागजपत्र, लेखापढ़ी राजनेता, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार सबै वर्गलाई सामान्य रहने देखिन्छ। यो महिनाका शुभ ताः 1, 3,5, 9,13, 17, 21, 25, 28, 29, शुभरंग हरियो गहूँ, अशुभ सेतो-पहेंलो।
कर्कट : यो महिना तपार्इंको लागि आफ्ना आफन्त इष्टमित्रबाट सहयोगको आशा नराखे राम्रो होला। किनकि सहयोगभन्दा असहयोग बढ्ने देखिन्छ। राजनेताहरूको लागि कार्यक्षेत्रमा बनिरहन मुश्किल हुने समय देखिन्छ। अध्ययन कार्यमा सफलता मिल्ने देखिन्छ। दयालु साथै सिधापनले अरूलाई फाइदा हुने समय देखिन्छ। परिश्रमबाट लाभ तर चाप्लुसीहरूबाट सावधान हुनुपर्ने समय देखिन्छ। तीर्थयात्रा साथै कार्य क्षेत्रले यात्रा गर्नुपर्ने समय देखिन्छ। घरपरिवारमा कुनै दुःखद घटनाले चिन्तामग्न हुने समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी कुनै पनि क्षेत्रमा काम गर्ने कामदार साथै नारी-पुरुष सबैवर्गलाई समय सामान्य रहने देखिन्छ। शुभ ताः 4, 5, 8, 10, 14, 24, 25, 29, 30, शुभरंग सेतो, अशुभ पहेंलो।
सिंह : यो महिना तपार्इंको लागि विनाकारण खर्च बढ्ने देखिन्छ। कुनै कामको लागि ऋृण लिनुपर्ने समय देखिन्छ। चिन्ताले गर्दा मानसिक विमारी, ग्रह-कलहले गर्दा अझ चिन्तामग्न रहनुपर्ने समय देखिन्छ। घरमा पूजापाठ, गृहजाप, सर्वादिष्ट शान्तिपाठ, हनुमान, उपासना, वज्रङ्गवाण पाठ गर्नु केही सामान्य शान्ति मिल्ने देखिन्छ। सरकारी नोकर, राजनेता, सामाजिक कार्यकर्ताहरूलाई आफ्नो मान सम्मान पद, प्रतिष्ठा बचाइ राख्न नै मुस्किल हुने देखिन्छ महिनाको मध्य उत्तरार्धमा सामान्य सुधारको समय आउने देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, स-साना काम गर्ने कामदारहरू सबै वर्गलाई सामान्य रहने देखिन्छ। यो महिना अशुभ ताः 2, 3,8, 11, 13, 16, 19, 24, 28, 30, शुभ रंग रातो अशुभ कालो।
कन्या : यो महिना तपार्इंको लागि कुनै व्यक्तिविशेषले गर्दा कुनै रोकिएको काम सुचारू रूपले अगाड़ी बढ्ने समय देखिन्छ। लगनशिल बुद्धिमताले अगाड़ी बढ़े अवश्य लाभ मिल्ने समय देखिन्छ। यशमान सम्मानमा केही वृद्धि हुने बृद्धिकारक योग बनेको देखिन्छ। कार्य प्रतियोगितामा सफलताको लागि कड़ा मेहेनतले मात्रै सफलता मिल्ने देखिन्छ। गुप्त शत्रुबाट होशियार नत्र पछाड़ी पछताउनु पर्ने देखिन्छ। शेयर सट्टा, चिट्टापट्टा, रुपियाँ पैसाको लेनदेन गर्नेहरूको होशियार पूर्वक लगानी गर्नुहोला नत्र हानी हुने समय देखिन्छ। रोजी रोजगारी,मध्ये व्यापारी, वकिल, जज, पण्डित, पुरोहित, होटल, खानपान, जलपान, आदन-प्रदान लेखक, पाठक, पत्रकार, रिपोर्टर, कलाकार, सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। होशियार गर्नुपर्ने यो महिनाका अशुभ ताः 2, 4, 6, 12, 14, 19, 20, 23, 27, 29, शुभरंग हरियो गहूँ, अशुभ पहेंलो।
तुला : यो महिना तपार्इंको लागि मानसिक तनाव आर्थिक कमी घर-परिवारमा कलहले गर्दा केही चिन्तित हुनुपर्ने समय देखिन्छ। अरूको थिचोमिचो सहन गर्नुपर्ने समय देखिन्छ। व्यापारिक वर्गको लागि सरसल्लाहले कार्य अगाड़ी बढ्दै जाने समय देखिन्छ। धेरै व्यस्ताले गर्दा कार्य क्षेत्रमा हानी हुने समय देखिन्छ। ऋृण लिनबाट केही सावधानी गर्नुपर्ने देखिन्च। कुनै पुरानो समस्याको निदान हुने समय देखिन्छ। रोजी रोजगारी उच्च उद्योगी व्यापारी कुनै क्षेत्रमा काम गर्ने कामदार, चौकीदार, ठेकादार, सरकारी अधिकारी निजामति कर्मचारी क्षेत्रका चित्रकार, पत्रकार, रिपोर्टर, कलाकार सबै वर्गलाई सामान्य भन्दा लाभकारी हुने समय देखिन्छ। यानवाहन, भूमी, भवन, सुख सुविधा मिल्ने समय देखिन्छ। होशियार ज्याद लोभ गर्नु भविष्यको लागि हानी हुने समय देखिन्छ। स्वार्थी मित्रहरूबाट पनि काम बिग्रिने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा स्त्री-पुत्र, सन्तानहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ। सामान्य यात्राकारी योग पनि देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी, सरकारी कर्मचारी, राजनीतिज्ञ साथै सामाजिक कार्यकर्ताहरूको लागि सामान्य रहने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ताः 4, 5,6, 11, 12, 18, 19, 23, 25, 28,30, शुभरंग रातो मेरून, अशुभ पहेंलो।
धनु : यो महिना तपार्इंको लागि आकास्मिक धन लाभ साथै हानी हुने शुभाशुभ मिश्रित फलकारक हुने
देखिन्छ। कारोबारी क्षेत्रमा दौड़धुप, वादविवादलेे गर्दा अर्थ हानी हुने समय देखिन्छ। मित्र सहयोगले राजकीय क्षेत्रमा लाभ, शत्रु पराजय हुने देखिन्छ। विद्यार्थीवर्गलाई शिक्षाको लागि आकस्मिक यात्रा गर्नुपर्ने देखिन्छ। कार्यको व्यवस्तााले गर्दा धेरै ठाउँहरूमा विनाकारण खर्च हुने समय देखिन्छ। स्वास्थ्य लाभ घरपरिवार, आफ्ना आफन्तमा केही मतभेद हुने समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी मानसम्मान, पदप्रतिष्ठा मिल्ने समय समय देखिन्छ। रोजी रोजगारी उच्च उद्योगी मध्य व्यापारी नव युवा युवती, खआनपिन, शेयर सट्टा, चिट्टापट्टा, रुपियाँ-पैसाको लेनदेन गर्ने भूमि भवन, यानवाहन, क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 5, 8, 9, 13, 14, 19, 20, 24, 25, 29, शुभ रंग पहेंलो गेरूवा, अशुभ कालो।
मकर : यो महिना तपार्इंको लागि पहिलाको तुलनामा लाभकारी हुने देखिन्छ। कुनै मित्रको आगमन या मनले चाहेको वस्तुको आगमनले मन प्रशन्न रहने देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश हुने साथै आफ्ना आफन्तमा दुःखद घटनाले गर्दा मनमा केही खिन्नता आउने देखिन्छ। विद्यार्थी वर्गको लागि शैक्षिक क्षेत्रमा व्यवधान हुने समय देखिन्छ। अन्न वस्त्र, द्रव्यको लाभ मिल्ने समय देखिन्छ। कुनै नयाँ मानिससँग सम्पर्क हुने साथै भविष्यमा कुनै कार्यले गर्दा लाभ मिल्ने समय देखिन्छ। व्यापारमा रोजी रोजगारीमा अवश्य वृद्धि हुने योग परेको देखिन्छ। गुप्त शत्रुबाट होशियार रहनु पर्ने समय देखिन्छ। अरू सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 2, 3, 4, 9, 10, 15, 16, 20, 22, 26, 29, 30, शुभरंग निलो कालो, अशुभ रातो-पहेंलो।
कुम्भ : यो महिना तपार्इंको लागि अपकृर्ती अपव्यय अनुदारहरूको संगतले गर्दा मान सम्मान, पदप्रतिष्ठामा आघात पुग्ने समय देखिन्छ। आफ्ना आफन्त विश्वासीहरूबाट धोका हुने साथै घर परिवारमा अशान्ति हुने समय देखिन्छ। खर्चको अधिकले साथै मोसमी विमारीले गर्दा केही चिन्ता ग्रस्त बन्नु पर्ने समय देखिन्छ। स्त्री-पुत्रमा आपसी मदभेद हुने समय देखिन्छ। व्यवसायिक क्षेत्रमा पनि केही कमी आउने देखिन्छ।
महिनाको मध्य उत्तरार्धमा कुनै रोकिएको रकम मिल्ने समय देखिन्छ। नोकरी गर्नेहरूको लागि कामको बोझ रहने समय देखिन्छ। रोजी रोजगारी,मध्य व्यापारी, नोकर चाकर, कुल्ली कवाड़ी, ड्राइवर खलासी, शिक्षक विद्यार्थी, लेखक, पाठक, साहित्यकार सबैप्रकारको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 5, 10, 12, 18, 19, 24, 25, 27, 30, शुभ रंग कालो मैला, अशुभ रातो-पहेंलो |
मिन : यो महिना तपार्इंको लागि मान सम्मान पद प्रतिष्ठाको लागि चिन्ता ग्रस्त समय देखिन्छ। रोगीहरूको लागी स्वास्थ्य सम्बन्धित केही सचेत रहनु पर्ने समय देखिन्छ। व्यापारी वर्गको लागि पनि बिना सोची सम्झी गरेको काममा अवश्य घाटा हुने समय देखिन्छ। मनोविकार, रोग ऋृण चिन्ता लिनुपर्ने समय देखिन्छ। मित्र असहयोग देवकोप, गुप्त शत्रुले गर्दा गरिरहेको काममा वाधा सरकारी कार्यले अड़चन आउने समय देखिन्छ। छर-छिमेकीसँग मित्रता राख्नुहोला नत्र केही हानी हुने समय देखिन्छ। आफू भन्दा ठूला बड़ाहरूसँग सरसल्लाह गरी अगाड़ी बढ्नु पर्ने समय देखिन्छ। रोजी रोजगारी मध्य व्यापारी सरकारी कर्मचारी तैलिय पदार्थका व्यापारी कानुनी सल्लाहकार, डाक्टर विमारी सबैवर्गलाई समय सामान्य रहने देखिन्छ। शुभ ताः 1, 4,6, 8,12, 16, 20, 21, 25, 27, शुभ रंग पहेंलो गेरूवा, अशुभ कालो-मैलो।
