राशिफल 01 Aug 2019 - देखि 1st September 2019 - सम्म

1 अगस्तदेखि 31 अगस्तसम्म

मेष : यो महिना तपार्इंको लागी सामाजिक, कार्य क्षेत्रमा वृद्धि साथै राजनितिज्ञहरूको लागी पनि समय आफ्नो वर्चसो कायम राख्नमा सफल हुने समय देखिन्छ साथै आर्थिक कमजोरीबाट केही राहत मिल्ने समय देखिन्छ। पूजापाठ शिव आराधनाले मन, मस्तिष्क, मजबुत हुने योग देखिन्छ। रोजीरोजगारी मध्ये व्यापारी, खेलाड़ी, कलाकार सुचिकार, डाक्टर, रोगी, वकिल, पुलिस निजामती कर्मचारी ठूलाबड़ा अधिकारी, गृहस्थी नवयुवा युवती, शिक्षक, विद्यार्थी लेखक-पाठक, साहित्यकार सबै नारीपुरुष वर्गलाई समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 3,5, 9, 13, 14, 19, 23, 25, 29, 30, शुभ रंग रातो, अशुभ कालो।

 

वृष : यो महिना तपार्इंको व्यापारी कार्यक्षेत्रमा पनि लाभ मिल्ने समय देखिन्छ। कमाईको केही हिस्सा, दान धर्म, परोपकारको लागी खर्च गर्नुपर्ने समय देखिन्छ। पारिवारिक यात्रा गर्दा केही खर्च हुने समय पनि देखिन्छ। कुनै पुरानो मित्रसँग भेट हुने योगकारी देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश हुने समय देखिन्छ। आफ्ना आफन्तले विरोध गरे पनि  जित तपार्इंको हुने देखिन्छ। होशीयार घर परिवारमा झगड़ा नगर्नु होला गरेमा हानी सम्भावना देखिन्छ। रोजी रोजगारी, उद्योगी, व्यापारी, शेयर सट्टा, चिट्टापट्टा, ठेकादारी, भूमी भवन, यानवाहन गर्नेहरूको लागी आर्थिक कारण केही कार्यमा विलम्ब हुने देखिन्छ। शुभकामको लागी यो महिनाको शुभ ताः 2, 3, 8, 9, 13, 14, 19, 20, 25, 26, 30, शुभ रंग सेतो इन्द्रेणी, अशुभ रातो-पहेंलो।

 

मिथुन : यो महिना तपार्इंको लागी कुनै पनि काम गर्दा दशपटक सोचेर सम्झेर गर्नुपर्ने योग देखिन्छ। नत्र भविष्यमा हानी हुने समय देखिन्छ। होशीयार मित्र, आफ्ना आफन्त सरकारी अधिकारीवाद सहयोग भन्दा, बिगार्ने प्रयास हुने समय  देखिन्छ। भूमी-भवन, यान-वाहन,रुपियाँ-पैसाको लेनदेन गर्नेहरूले होशीयरपूर्वक अगाड़ी बढ्‌नु होला नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। कुनै नयाँ कामको श्रीगणेश गर्न नखोजेको राम्रो होला नत्र हानी हुने प्रवल सम्भावना देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी लेखक-पाठक, साहित्यकार, डाक्टर, रोगी नोकर चाकर अर्काको काम गर्ने कामदार नारी-पुरुष सबै वर्गलाई समय सामान्य जाने देखिन्छ।  होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 4, 5, 8, 9, 15, 18, 22, 26, 28, 30, 31, शुभरंग हरियो, गहुँ, अशुभ सेतो।


कर्कट : यो महिना तपार्इंको लागी कुनै कामको लागी गर्दै गरेको प्रयास सफलता मिल्ने समय देखिन्छ। घरमा मांगलिक कार्यको श्री गणेश हुने समय देखिन्छ। महिनाको मध्ये उत्तरार्द्धमा कुनै मित्र सहयोगबाट कार्य रोकिएको भए पनि अगाड़ी बढ्‌ने देखिन्छ। नोकरीदारको लागी समय सफलतासहित लाभ मिल्ने देखिन्छ। मन, दयालु, सफा विचारले कुनै मित्रको भरपर्नु चै घातक हुने देखिन्छ। पक्का विचार कड़ा मिहिनेत गरे अवश्य लाभ मिल्ने देखिन्छ। रोजी,रोजगारी मध्य व्यापारी फोटो कागज, केमिकल ट्राभल्स्‌ आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 9,13, 17, 20, 23, 27, 28, 30, शुभरंग सेतो, अशुभ कालो।

 

सिंह : यो महिना महिलाहरूको लागी कार्य क्षेत्रमा केही शिथिलता आउने समय देखिन्छ। मनको कुरा अरूसँग भन्न पनि मुश्किल हुने देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी शतर्क रहनु पर्ने समय देखिन्छ। भूमी-भवन आदिको क्षेत्रमा काम गर्नेहरूको लागी वादविवादकारी योग परेको देखिन्छ। राजनैतिक क्षेत्रमा कार्यरतहरूको लागी समय लाभकारी हुने देखिन्छ। यानवाहनको क्षेत्रमा काम गर्नेहरूको लागी समय केही सामान्य हानी हुने समय देखिन्छ। आफ्ना आफन्तमा सामान्य विवादले धनमा हानी हुनेछ। रोजी रोजगारी,मध्यव्यापारी, अर्काको नोकरी गर्ने, नोकरचाकर, सेवादार, सरकारी अधिकारीहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 4, 8, 9, 13, 14, 19, 20, 24, 25, 30, 31, शुभरंग रातो अशुभ कालो।

 

कन्या : यो महिना तपार्इंको लागी अगाड़ीको भन्दा धेरै सुधारकारी हुने देखिन्छ। अगाड़ी बढ़ेर कार्यक्षेत्रलाई विस्तार गरे अवश्य लाभकारी हुने देखिन्छ। यदी सबै क्षेत्रमा ध्यानपूर्वक कार्यबाट अवश्य लाभ मिल्ने छ। छोरा-छोरीको भविष्यको लागी चिन्ताग्रस्त बनाउने समय देखिन्छ। तर कुनै कारणवश पति पत्नीमा केही भनावैरीले गर्दा दाम्पत्य जीवन केही वाद-विवादकारी हुने समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, शिक्षक, विद्यार्थी, लेखक, पाठक, साहित्यकार, निजामती कर्मचारी पण्डित, पुरोहित, साधु-सन्त, योगी महन्त, जलपान, अन्नधन्न आदिको क्षेत्रमा काम गर्ने सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 5, 7, 9, 13, 14, 16, 18, 22, 26, 28, शुभ रंग हरियो गहूँ, अशुभ सेतो गुरुवा।

 

तुला : यो महिना तपाईको लागी केही सुधार हुने समय देखिन्छ। जीवनसाथीको चैं स्वास्थ्यमा केही गड़बड़ी हुने देखिन्छ। घरमा कुनै शुभ समाचारले बिग्रिएको सम्बन्धमा कुनै कामको सिलसिलामा पारिवारिक यात्रा हुने यात्राकारी योग परेको देखिन्छ। विरोधी सिथिल हुने समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागी लाभ मिल्ने साथै रोकिएको पैसा मिल्ने समय देखिन्छ। छरछिमेकीसँग केही वादविवाद हुने समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी सबै वर्गका नारीपुरुषहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 5, 6, 10, 11, 15, 19, 21, 25, 26, 29, 31, शुभरंग सेतो इन्द्रेणी, अशुभ रातो-पहेंलो।

 

वृश्चिक : यो महिना तपार्इंको लागी बुद्धिमानी भइ परिश्रम गरे अवश्य लाभ मिल्नेछ। कुनै कर्मठ व्यक्तिसँग मिलेर काम गर्ने समय देखिन्छ। विनम्रता तपार्इंको एक महत्वपूर्ण लक्षण हुने समय देखिन्छ। सेवादारीमा कामगर्ने नोकर-चाकर, सामाजिक कार्यकर्ताहरूको लागि समय लाभकारी छ। अग्रगणी भई कार्य क्षेत्रलाई अगाड़ी बढ़ाएमा समयले साथ दिनेछ। रोजीरोजगारी, मध्यव्यापारी, गृहस्थी जलपान, अन्न धन्न, यानवाहन, भूमी-भवन, रुपियाँ-पैसाको लेनदेन गर्ने कागज पत्रको कारोबार, पेपर (पत्र) केमीकलको क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाको शुभ ताः 1, 5, 6, 9, 14, 17, 19, 22, 24, 28, 31, शुभरंग रातो-मेरून अशुभ गेरुवा/कालो।

 

धनु : यो महिना तपार्इंको लागी धेरै परिश्रमले मात्रै सफलता मिल्ने समय देखिन्छ। कुनै पुरानो रोकिएको कार्य अगाड़ी बढ्‌ने समय देखिन्छ। राजमिस्त्री काठ-फलाम मेकानीकल क्षेत्रमा काम गर्नेहरूको लागी लाभ मिल्ने समय देखिन्छ। घरपरिवार, पति पत्नी, इष्टमित्रसँग केही मनमुटावको स्थिति आउने देखिन्छ। नव युवायुवतीलाई, जीवनसाथी मिल्ने भए पनि खर्चको चिन्ताले सताउने देखिन्छ। रोजी रोजगारी,मध्यव्यापारी, सामाजिक कार्यकर्ता राजनेता, पत्रकार नाटककार, ठेकादार लेखक, पाठक, साहित्यकार, शिक्षक विद्यार्थी सबै नारी पुरुष सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 5, 8, 11, 27, 19, 24, 26, 28, 30, शुभरंग पहेंलो-गेरुवा, अशुभ कालो।

 

मकर : यो महिना तपार्इंको लागी आफ्नो कार्यलाई गोपनीयता राख्नुहोला नत्र कार्यक्षेत्रमा हानी हुने प्रवल सम्भावना देखिन्छ। आफ्ना आफन्त, दाजुभाईबाट गुप्त शत्रुबाट सावधान भएर अगाड़ी बढ़ेमा भविष्यमा लाभ मिल्ने समय देखिन्छ। यात्राकारी योग परेको देखिन्छ। व्यापारीवर्गको लागी लाभ, लेखकवर्गको लागी हानी समय देखिन्छ। कुनै रोकिएको रुपियाँ पैसा मिल्नेछ। कुनै सरकारी अधिकारीको सहयोगले आकस्मिक लाभ हुने र विदेशीहरूको लागी पनि आर्थिक लाभ मिल्नेछ। रोजी रोजगारी, मध्यव्यापारी, सरकारी कर्मचारी, गृहस्थी काठपात, जलपान, लोहालक्कर, कोईला आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय परिश्रम अनुसार सफलता मिल्नेछ। शुभकामको यो महिनाका शुभ ताः 1, 4, 5, 8, 10, 22, 16, 18, 22, 28, 30, शुभरंग कालो मैला,अशुभ रातो-पहेंलो।

 

कुम्भ : यो महिना तपार्इंको लागी आर्थिक कष्टबाट केहि राहत मिल्नेछ। राजनेताहरूको लागी राम्रो सफलता मिलनेछ। साथीसङ्गीहरूको भरमा काम छोड़े केही कार्य बिग्रने देखिन्छ। गृहस्थी जीवन सामान्य रहने देखिन्छ। गन्यमान्यजनहरूको काम नभए पनि केही सान्तवना मिल्नेछ। कुनै रोकिएको काम केही अगाड़ी बढ्‌ने समय देखिन्छ। कार्यक्षेत्रमा सामाजिक कार्यकर्ताहरूको मानसम्मान, पद प्रतिष्ठा बढ्‌नेसमय देखिन्छ। कुनै पुरानो मित्रसँग मेल हुने योग परेको देखिन्छ। आफूभन्दा ठूलाबड़ाहरूको सरसल्लाहसहित अगाड़ी बढ़े अवश्य लाभ मिल्ने समय देखिन्छ। सबै वर्गलाई समय सामान्य रहनेछ। होशीयार रहनुपर्ने यो महिनाको अशुभ ताः 3, 4, 10, 16, 19, 22, 24, 29, 30, शुभरंग कालो मैलो-निलो अशुभ रातो-पहेंलो, गेरुवा।

 

मिन : यो महिना तपार्इंको लागी आर्थिक दृष्टिले महत्वपूर्ण उपलब्धि मिल्ने समय देखिन्छ। कुनै नयाँ व्यक्तिको सम्पर्कले गर्दा यात्राकारी योग भएको कारण वैचारिक विचार विमर्शले गर्दा कुनै नयाँ काम हुने समय देखिन्छ। होशीयार पारिवारिकतर्फ निर्णायाक भूमिका गर्न नसक्ने कारण भविष्यमा घरपरिवारले केही हानी बेहोर्न पर्नेे समय देखिन्छ। नोकरी गर्नेहरूको आफ्नो कामको बोझले गर्दा साथीभाई, इष्टमित्रहरूसँग केही मनमुटावको समय देखिन्छ। वैदेशीक रोजगार साथै वैदेशीक व्यापार वाणिज्यमा पनि लाभ मिल्ने समय देखिन्छ। रोजीरोजगारी, मध्य व्यापारी, लेखक पाठक, साहित्यकार, यानवाहन, भूमी भवन, रुपियाँ पैसाको लेनदेन गर्नेहरूको समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 4, 6, 10, 12, 15, 20, 24, 25, 27, 29, शुभरंग पहेंलो गेरूवा, अशुभ कालो-निलो।