मेष : यो महिना तपार्इंको लागि घरमा कुनै मांगलिक कार्यको श्रीगणेश हुनेकारण मन प्रसन्न रहने समय देखिन्छ। आफ्नो जिम्मेवारी केही बढ्ने कारण कतिपय कुरामा समयको अभाव रहने देखिन्छ। होशीयार आफ्नो विश्वासीपनले गर्दा कुनै नराम्रो मानिसको शिकार हुने समय देखिन्छ। राजनितिज्ञ, साथै सामाजिक कार्यकर्ताहरूको लागि मानसम्मान, पद प्रतिष्ठा बढ्ने साथै लाभकारी हुने देखिन्छ। रोजीरोजगारी, मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, नव युवा-युवती, तैलिय पदार्थका व्यापारी, जल-जीव, सुरा सुन्दरी आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभकामको लागि यो महिनाको शुभ ताः 2, 7, 8, 11, 15, 21, 23, 26, 28, 30, शुभरंग रातो मेरूण, अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागि आफ्नो कार्यक्षेत्रमा आफूमा विश्वास राखि अगाड़ी बढ्न सकेमा कुनै रोकिएको कार्य अवश्य सफल हुने देखिन्छ। आर्थिक पक्ष मजबुती गरी अगाड़ी बढ़ेमा भाग्यले अवश्य साथदिने समय देखिन्छ। रोजी रोजगारी, निजामती, कर्मचारी, सरकारी नोकरी गरने कलाकार पत्रकार, रिपोर्टर कागज पत्रको काम गर्ने लेखक, पाठक, साहित्यका सबै प्रकारका काम गर्ने नारी-पुरुषहरूको लागि समय सामान्य देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ता. 3, 6, 9, 12, 15, 18, 21, 24, 27, 29, शुभरंग सेतो छिर्केमिर्के, अशुभ पहेंलो।
मिथुन : यो महिना तपार्इंको लागि होशीयार आफ्नो जिद्दिपनाले गर्दा आफ्नो आफन्तमा मिचो हुनुपर्ने समय देखिन्छ। व्यापारी वर्गको लागि हानी लाभ मिश्रित फलकारक हुने देखिन्छ। कुनै सल्लाहकारसँग बसी अनुभवीको सल्लाह लिएर अगाड़ी बढ़ेमा, लाभकारी हुने ज्योतिषिय सल्लाह साथै कार्य सिद्धि हुने देखिन्छ। मन खुशी भय पनि कुनै एक चिजको उल्झन हुने समय देखिन्छ। रोजी रोजगारी, उच्च मध्य व्यापारी उद्योगी, निर्माण रंग, सजीसजावटको काम गर्ने मूर्तिकार लुगा-कपड़ाका व्यापारी, ठेकादार, यान-वाहन, भूमि भवन इलेक्ट्रोनिक सामानका गर्नेहरूको लागि समय लाभकारी हुने देखिन्छ। शुभकामको श्रीगणेश गर्नुपरेमा यो महिनाका शुभ ताः 1, 2, 6, 8, 14, 15, 19, 25, 27, 30 शुभरंग हरियो गहुँ, अशुभ पहेंलो।
कर्कट : यो महिना तपार्इंको लागि घरमा राम्रो कार्यको रूपरेखा बन्ने कारण मनमा शान्ति मिल्ने समय देखिन्छ। सरकारी नोकरी गर्नेहरूको लागि लाभकारी समय आउने देखिन्छ। होशीयार कुनै फटाहाहरूको संगतले बदनाम हुने समय देखिन्छ। आफ्नो आफन्तमा विश्वास गरी काम दाम आदि दिएको खण्डमा विश्वासघात हुने समय देखिनछ। महिनाको मध्य उत्तरार्धमा आफ्ना साथीसंगी, इष्टमित्रबाट पनि अपहेलित हुने समय देखिन्छ। कुनै नयाँ काम भविष्यको लागि लाभकारी हुने पनि समय देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी कृषक जलपत्र, मदीरा, यानवाहन, भूमि भवन, रंगपचेरा, केमिकल, लुगा कपड़ा आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय लाभकारी नै हुने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ताः 3, 5, 7, 9, 11, 15, 19, 24, 26, 28, 30 शुभरंग सेतो घीउ, अशुभ कालो।
सिंह : यो महिना तपार्इंको लागि व्यापारी क्षेत्र र आर्थिक क्षेत्रमा आफ्नो वर्चस्वको लागी संघर्षसहित अगाड़ी बढ्नुपर्ने संघर्षकारी योग बनेको देखिन्छ। भविष्यको लागि लगानी गर्ने पनि त्यति राम्रो समय देखिएको छैन। कुनै पनि काम गर्नुपरेमा, अरूको साथ सलसल्लाह लिएर मात्रै अगाड़ी बढ्नुपर्ने समय देखिन्छ। घर परिवार आफ्ना आफन्तहरूमा भूमि भवन, धन सम्पतिको ममिला लिएर वादविवाद हुने विवादकारी योग आउने देखिन्छ। रोजीरोजगारी, मध्ये व्यापारी, लेखक, पाठक, साहित्यकार, भूमिभवन, यान-वाहन, शेयरसट्टा, चिट्टापट्टा, रुपियाँ-पैसाको लेनदेन गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको श्रीगणेश गर्नुपरेमा यो महिनाको शुभ ताः 2, 5, 7, 9, 12, 15, 17, 19, 22, 26, 28, शुभरंग रातो मेरून, अशुभ कालो निलो।
कन्या : यो महिना तपार्इंको लागि आफ्नो अधिकारको लागि जित भइ अगाड़ी बढ्ने समय देखिन्छ। अहिले अरूको सल्लाह भन्दा आफू खुशी अगाड़ी बढ्ने समय देखिन्छ। शत्रु समन कारी योग परेको देखिन्छ। कुनै पुरानो रोकिएको कार्य अगाड़ी बढ्ने समय आउने देखिन्छ। ठूलाबड़ा, राजनेता, उद्योगी, सरकारी, अधिकारीहरूको लागि सोचेभन्दा धेर आय आर्जन हुने समय देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, शिक्षक, विद्यार्थी, लेखक पाठक, साहित्यकार, नोकर-चाकर, पण्डित, पुरोहित, साधु सन्त योगी महन्त युवा-युवती, गृहस्थी, कागज पत्रआदि क्षेत्रमा काम गर्नेहरूको लागि पनि समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 3, 4, 5, 11, 12, 16, 18, 20, 24, 27, 29, शुभरंग हरियो गहूँ, अशुभ सेतो।
तुला : यो महिना तपार्इंको लागि प्रतिभाशाली, कुलिन, स्वभाव बनाउने समय देखिन्छ। रिपोर्टर क्षेत्रमा, पत्रकार, कलाकार, रिपोर्टर, अडिटर, लेखक, पाठक साहित्यकार क्षेत्रमा काम गर्नेहरूको लागि समय लाभकारी हुने देखिन्छ। नवयुवा युवतीहरूको लागि जीवनसाथी मिल्ने समय देखिन्छ। नवदम्पतीको लागि सन्तान सुख मिल्ने समय देखिन्छ। कामदारको लागि काम मिल्ने समय देखिन्छ रोगी रोजगारी उद्योगी, व्यापारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरूको लागि मानसम्मान बढ्ने समय देखिन्छ। अरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 4, 6, 8, 12, 16, 20, 24, 27, 30 शुभरंग इन्द्रेणी सेतो अशुभ रातो पहेंलो।
वृश्चिक : यो महिना तपार्इंको लागि घरमा शुभकार्यको श्रीगणेश श्रम र संघर्षमा वृद्धि दैनिक कार्यमा वाधा हुने संघर्षकारी योग परेको देखिन्छ। आफूभन्दा ठूलाबड़ाको सहयोगले अन्न वस्त्रादिको लाभ मिल्ने योग परेको देखिन्छ। महिनाको मध्ये उत्तरार्धमा ग्रहको शुभफलले गर्दा व्यापारमा लाभ धनधान्यमा वृद्धि, इच्छित कार्यपूर्ति आर्थिक योजनामा वृद्धि, ठूला अधिकारीसँग सम्पर्कले कुनै रोकिएको कार्यपनि अगाड़ी बढ्ने समय देखिन्छ। रोजी रोजगारी उच्च उद्योगी मध्ये व्यापारी लेखक, पाठक, साहित्यकार, सरकारी-नोकरी गर्ने साथै अरूको नोकरी गर्ने नोकर चाकर, डाक्टर, विमारी, नारी-पुरुष सबैवर्गको लागि समय सामान्य भन्दा लाभकारी हुने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 3, 4, 10, 13, 15, 19, 23, 24, 26, 30, शुभरंग रातो मेरून, अशुभ पहेलो सेतो।
धनु : यो महिना तपार्इंको लागि धार्मिक क्षेत्रमा काम गर्नेहरूको लागि लाभकारी हुने देखिन्छ। कानुनी क्षेत्र, राजनीतिज्ञ साथै सामाजिक क्षेत्रमा काम गर्नेहरूको लागि मान-सम्मान, पदप्रतिष्ठा साथै अर्थलाभको समय आउने देखिन्छ। सरकारी अधिकारी प्रशासकीय क्षेत्रमा काम गर्नेहरूको समय लाभकारी देखिन्छ। खेलाड़ी वर्गको लागि देश-विदेश घुम्ने यात्राकारी योग देखिन्छ। सावधान भोगविलासिता तर्फ मन जाने हुँदा धन खर्च साथै बद्नाम हुने योग परेको देखिनछ। गाना बजाना, भजन-किर्तन संगीत क्षेत्रमा काम गर्नेहरूको लागि पनि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर मिल्ने समय देखिन्छ। अरू सबै नारी-पुरुष वर्गको लागि समय सामान्य जाने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 1, 4, 6, 9, 15, 16, 22, 27, 28, शुभरंग पहेंलो गेरूवा, अशुभ कालो मैलो।
मकर : यो महिना तपार्इंको लागि परिवारमा शुभकार्यको आयोजना हुने साथै मित्र भेटको समय आउने देखिन्छ। विभिन्न क्षेत्रबाट धन आउने तर खर्च पनि हुने समय देखिन्छ। वौद्धिक चिन्तनमा व्यवधान आउने कारण मन सामान्य चिन्ताग्रस्त रहने देखिन्छ। टाढ़ा वा नजिकको यात्रा हुने समय यात्राकारी योग देखिन्छ। श्रेष्ठ मानिसहरूको सहयोगले रोकिएको कार्य पनि अगाड़ि बढ्ने साथै रूपिया-पैसाको कमि आउने समय देखिन्छ। रोजी रोजगारी मध्य, व्यापारी, लेखक पाठक, साहित्यकार, कागजपत्रको कामगर्ने ठेकादार, चिट्टा-पट्टा, रुपियाँ-पैसा को लेनदेन गर्ने साधु-सन्त, योगी महन्त, पण्डित-पुरोहित, यान-वाहन, ट्रावल्स, डाक्टर, दवाईपानी आदि क्षेत्रमा काम गर्ने सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 4, 5, 9, 10, 14, 18, 22, 23, 29, 30, शुभरंग निलो अकाशे, अशुभ रातो पहेंलो।
कुम्भ : यो महिना तपार्इंको लागि रुपियाँ पैसाको कमीको कारण ऋण लिनुपर्ने ऋृणकारी योग परेको देखिन्छ। विद्यार्थीवर्गको लागि केहि मेहेनत गर्नुपर्ने मिलाप सहयोग मिल्ने समय देखिन्छ। घरेलु कार्यमा व्यवधान साथै कुनै रोकिएको कामले गर्दा पनि सामान्य तनाउग्रस्त हुने समय देखिन्छ। आफ्नो कार्य प्रणालीमा केही बदलाउ गर्नुपर्ने समय देखिन्छ। आफ्ना आफन्तबाट सहयोगभन्दा असहयोग मिल्ने देखिन्छ। घर परिवार, इष्टमित्रमा पनि केही वादविवादले गर्दा मनमा अशान्ति रहने समय देखिन्छ। रोजी रोजगारी उद्योगी व्यापारी अर्काको नोकरी गर्ने नोकर, चाकर, कामदार, चौकीदार, रुपियाँ-पैसाको लेनदेन गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 2, 3, 5, 10, 13, 15, 21, 24, 28, शुभरंग निलो कालो, अशुभ पहेंलो रातो।
मिन : यो महिना तपार्इंको लागी राजनीतिज्ञहरूको लागि विरोधी कमजोरी हुने शत्रुसमन योग परेको देखिन्छ।आफ्नो मान मर्यादामा रहेर काम गरे राम्रो होला, नत्र अपमानको सहन गर्नुपर्ने अपमानकारी योग परेको देखिन्छ। मिथ्या अपवादबाट बाँच्ने प्रयत्न गर्नुपर्ने समय देखिन्छ। दिलको धड़कन, विचैनी, नेत्रपिड़ा, स्वास्थ्य पीड़ा, मधुमेह, मूत्राशय आदिका विमारीलाई सावधान रहनु राम्रो नत्र रुपियाँ-पैसाको खर्च हुने समय देखिन्छ। श्रमजीविहरूले पनि केही धैर्यतासहित काम लिनु समयको माग रहेको देखिन्छ। पुरानो मित्रको सहयोगले कुनै रोकिएको काम सूचारू रूपले अगाड़ी बढ्ने समय देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, नव युवा-युवती, नारी-पुरुष सबै वर्गको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 2, 4, 6, 10, 11, 16, 18, 20, 23, 25, 30, शुभरंग पहेंलो गेरुवा, अशुभ कालो, सेतो।
